सुजीतकुमार झा,
वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,
जहाँ धेरैले श्रीमति वा प्रेमिकासंगको फोटो राखेर यसपाली भ्यालेण्टाइन डे मनाए भने एकजना पर्यावरण अभियन्ताले रुखसंग फोटो खिचाएर आफनो प्रेम प्रदर्शन गरेका छन। प्रदेश २ को उद्योग वन पर्यटन निर्देशनालयमा अधिकृत रहेका सुरेश शर्माको यो फोटो समाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। वृक्षामानवका रुपमा चर्चित शर्माले आफनो फोटो राख्दै लेखेका छन जसले प्रकृतिसंग प्रेम गर्दैन उसले कसैसँग प्रेम गर्दैन। प्रकृती संग प्रेम र मित्रता गरौं। प्रदेश २ वनको हिसावले उजाड भइरहेको छ।
नेपालमा रहेका वन क्षेत्रमध्ये मध्यतराई अर्थात् प्रदेश २ मा सबैभन्दा न्यून वन क्षेत्र रहेको छ। यो प्रदेशमा जम्मा ३.९९ प्रतिशत मात्रै वन छ भने जबकि प्रदेश १, ३, ४, ५, ६ र ७ मा क्रमशः १७.१६, १६.५, १२.३६, १४.७४, १७.९० र १७.३४ प्रतिशत वन क्षेत्र रहेको छ (एफआरए २०१५)। उक्त तथ्यांकले के भन्छ भने यो प्रदेशमा पूर्वाधार विकास गर्दा निजी जग्गा खरिद गरी मात्र गर्नुपर्छ, वन क्षेत्र फडानी गर्नु स्थानीय वातावरणसमेतमा घातक हुन्छ। शर्मा वृक्षारोपनका ठूलो अभियानी रहेका छन। २०६६ सालदेखि निरन्तर प्रत्येक वर्ष आफ्नै हातले दूई–दूई हजारभन्दा बढी वृक्षारोपण गर्नु भएको छ। कार्यालयको समय बाहेक वृक्षारोपण नै उहाँको दिनचर्या बनेको छ।
कहिले त्यो गाउँमा, कहिले त्यो वडामा वृक्षारोपण अभियान संचालन गर्दै आउनु भएको छ। वृक्षारोपण अभियानमा प्रदेश २का सांसद रामअशिष यादव, समाजसेवी अमरचन्द्र अनिल, जिल्ला वन कार्यालय धनुषाका कर्मचारी वैद्यनाथ सिंह लगायतका एउटा टिम नै रहेको छ। प्रत्येक दिन वृक्षारोपणको स्थान खोजी गर्ने र खोजी गरिएको स्थानमा वृक्षारोपण गर्ने दैनिक दिनचर्या नै उहाँहरुको रहेको छ।
वनका कर्मचारी भएका कारणले पनि वृक्षारोपण अभियान अगाडी बढाउन सहज भएको शर्माले बताए। २०२४ साल साउन २ गते महोत्तरी जिल्लाको बदिया बनचौरीमा जन्मनु भएका शर्माको वृक्षारोपण अभियानका कारण वन विभागले दुई वर्ष अगाडी सम्मान गरेको थियो भने धनुषा महोत्तरीका दर्जनौ संस्थाले उहाँलाई सम्मान गरेको छ। यो अभियानका कारण शर्मा कर्मचारीहरु बिच समेत लोकप्रिय छन। शर्माको वृक्षप्रेम फोटोप्रति भारतीय पत्रकार ललित झाले लेखेका छन वृक्षालाई जोगाउन भारतमा भएको चिपको आन्दोलनलाई स्मरण गराएको छ। हदिस खुददरले लेखेका छन प्रकृतिसंगको प्रेम नै मानव प्रेम हो। अभियानीले जस्तो सुकै अवसरमा पनि अभियानलाइ लक्षीतराखी कार्यक्रम संचालन गरेको हुन्छ तैयव राइनले समाजिक सञ्जालमा लेखेका छन।
स्वच्छ पर्यावरण मानिसहरुको निम्ति खुशीसाथ जीउने अति आवश्यक आधार हो। पर्यावरणीय क्षतिले सम्पूर्ण प्राणी मात्रलाई नकारात्मक असर गर्दछ। प्राणीको जीवन पारिस्थितिक प्रणालीमा निर्भर रहेकोले यो प्रणाली खलबलिने बित्तिकै जिउने एउटा महत्वपूर्ण आधारमा असर पर्दछ।
हिजोआज जनसंख्याको वृद्धिसंगै वन बिनास, वन्यजन्तु विनास जस्ता घटनाहरु दिनानुदिन घट्दै गएका छन्। जसले गर्दा मानिसहरुकै कारण मानिसहरु जीउने एउटा भरपर्दो आधार भत्किन लागेको छ।नेपालमा वनजंगलको अवस्था के कसो छ भनेर प्रायः विभिन्न संघ–संस्थाहरुले अध्ययन गर्ने गर्दछन् तथ्य सार्वजनिक गर्दछन्। विगत ५ वर्ष (२०१०–२०१४ ) सम्म नेपाल सरकार र फिनलैंड सरकारको दुइपक्षीय सहयोगमा राष्ट्रिय वनको सर्वेक्षण गरिएको थियो। उक्त संयुक्त प्रतिवेदनबाट नेपालको वन क्षेत्रको वारेमा धेरै कुरा देखाउने प्रयास गरिएको छ।
यो प्रतिवेदन अनुसार हाल नेपालमा कूल क्षेत्रफलको जमिनको ६२ लाख हेक्टर भूमि ओगटेको छ जुन नेपालको कूल क्षेत्रफलको ४०५ हो। बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर जमिन ओगटेको छ। जुन ४८५हो। यसरी नेपालको कूल जमिनको ४४५ भू–भाग लगभग वन र बुट्यान क्षेत्रले ओगटेको रिपोर्ट उक्त प्रतिवेदनले देखाएको छ।
कूल क्षेत्रफलको ३७५ मध्य पहाडी क्षेत्रमा, ३२५ उच्च पहाडी क्षेत्रमा, २५५ हिमाली क्षेत्रमा र २३५ तराई क्षेत्रमा एवम् बाँकी चुरे क्षेत्रमा वन रहेको तथ्यांकले देखाएको छ। कूल वनले ओगटेको क्षेत्रफल मध्ये संरक्षित क्षेत्रमा १७.३२५ र बाँकी वन संरक्षित क्षेत्र भन्दा बाहिर रहेको छ। प्रतिवेदनमा भनिए अनुसार नेपालमा ४४३ प्रजातिका रुखहरु पाइन्छन् जसमध्येसबै भन्दा बढी रुखका प्रजाति पहाडी क्षेत्रमा पाइन्छन् र सबै भन्दा कम तराई क्षेत्रमा पाइन्छन्। रुख प्रजातिको आधारमा हेर्दा नेपालमा सबैभन्दा बढी सखुवा प्रजातिका रुख पाइन्छन् भने त्यसपछि क्रमशः सांखु र खोटे सल्ला आदि आउँछन्। यो प्रतिवेदनले नेपालको वन क्षेत्रको सतही रिपोर्ट दिए जस्तो देखिए ता पनि यसको आधिकारिकता नकार्न नसकिने हुनाले हामीले यसलाई मूल्यांकन गर्न जरुरी देखिन्छ।
अध्ययन अनुसार एउटा रुखले वार्षिक सरदर ५३ दशमलव ४ लिटर अक्सिजन विसर्जन गर्छ। बजारमा प्रतिलिटर अक्सिजनको मूल्य अनुमानित १५ रूपैयाँ पर्छ। यस्तै एक व्यक्तिलाई २४ घण्टामा श्वासप्रश्वासको लागि करिब १६ किलोग्राम अक्सिजन आवश्यक पर्दछ। यस्तो स्थितिमा श्वासप्रश्वासको लागि एक व्यक्तिलाई करिब ७ वटा रुखको आवश्यकता पर्दछ जुन अहिले आएर समस्याको कारण बनेर जाँदैछ। वन सम्पदाको फडानी, बिनास र अतिक्रमणको कारण नेपालमा मात्र होइन मानिस तथा सम्पूर्ण जीवले विश्वमै चुनौतिको सामना गर्नुपर्ने स्थिति आउन सक्दछ। वृक्षारोपण र वचाउने कार्य हामी सबैले प्राथमिकतामा राख्नु पर्छ शर्माको सुझाब रहेको छ।