उपेन्द्र खनाल,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
कोभिड– १९ का कारण थला परेको ग्रामिण पर्यटन उकास्न बन्दीपुर गाउँपालकाले पहल सुरु गरेको छ। तनहुँ क्षेत्र नम्वर १ अन्र्तगतका पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षसहित जिल्लाका क्रियाशिल पत्रकारहरुलाई बोलाएर गाउँपालिकाले अन्र्तक्रिया तथा छलफल कार्यक्रमसमेत गरेको छ। पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले पर्यटन क्षेत्र प्रभावित बनेको भन्दै फेरी ग्रामिण पर्यटनलाई व्युताउन गाउँपालिकाले पाँच पालिकाका जनप्रतिनिधि तथा संचारकर्मीसँग होमस्टेमा अन्र्तकिृया गरेको हो।

बिहिबार गाउँपालिकाको आयोजनाका बन्दीपुर गाउँपालिका–३ रामकोटमा जिल्लाका पाँच पालिकाका जनप्रतिनिधि, पत्रकार तथा स्थानीयसँग होमस्टे प्रर्वद्धनको लागि छलफल गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिह थापाले बताए। ‘पछिल्लो समय थला परेको बन्दीपुरको पर्यटन क्षेत्र उकास्न गाउँपालिकाले स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष सहितको टोली र क्रियाशील पत्रकारहरुसँग छलफल चलाएको हो। कोरोनाका कारण प्रभावित बनेको ग्रामिण पर्यटनलाई लयमा फर्काउन के गर्न सकिन्छ। कसरी फेरी उचाइमा पुर्याउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर सुझाव पनि माग्यौ,’ उनले भने छलफलमा उपस्थित सम्पुर्णको प्रतिक्रिया सकारात्मक आउनुका साथै पर्यटकलाई आकर्षित गर्न विभिन्न संरचना निर्मााण तथा अर्गानिक परिकारका खानाहरुको स्वाद र परम्परागत सस्कृतिहरु पस्किन सक्ने विभिन्न मनोरन्जनात्मक सामग्रीसमेत प्रस्तुत गर्नुपर्ने धारणाहरु आएको अध्यक्ष थापाले बतााए।

होमस्टेको प्रर्वद्धन गर्न गाउँपालिकाले जिल्लाका पाँच स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर रामकोट सामुदायिक होमस्टेमा बास बसेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेश सुवेदीले बताए। ‘बन्दीपुर पर्यटनको प्रचुर संभावना भएको ठाउँ हो। कोभिड आउनु अघि यहाँको पर्यटनले गति लिएको थियो। पर्यटक बढेसँगै गाउँपालिकाका विभिन्न ठाउँमा गरी दश भन्दा बढी होमस्टे संचालनमा आएका थिए। तर बीचमा महामारी आयो जसले गर्दा सम्पुर्ण पर्यटन क्षेत्र धारासायी भयो। त्यसैले फेरी होमस्टेको माध्यमबाट ग्रामिण पर्यटनलाई प्राथमिकतामा राख्ने प्रयास गरेका हौं प्रमुख प्रसासकीय अधिकृत सुवेदीले भने। गाउँका स्थानीयको आय स्तर उकास्नको लागि हामीले होमस्टेलाई प्राथमिकता दिन थालेका हौ। ‘अन्र्तक्रिया कार्यक्रम सकिएपछि ५० जनाको टोलीलाई होमस्टेमानै बस्ने व्यवस्था पनि मिलायौ। यहाँको अर्गानिक खानाका परिकार तथा फुलमालाको स्वागत देख्दा कोरोना आउनु भन्दा पहिलेको जस्तै अनुभुति दिलायो,’ उनले भने। ‘अव फेरी पर्यटनलाई जुरमुराउन गाउँपालिका लागि पर्नेछ।’
विश्वभरमा नेपाल पर्यटनको देश भनेर चिन्निछ। बन्दीपुर पोखराको प्रवेश द्वार हो। नेपालमा सार्वधिक पर्यटक भित्रिने ठाँउ पोखरा हो। पोखरा भन्दा पहिला बन्दीपुर पर्छ। बन्दीपुरलाई सच्चिकै विकास गर्ने हो भने पर्यटकीय हिसावले यहाँ घुमेरै पर्यटकहरु पोखरा जान बाध्य हुन्छ। पाहुनालाई अर्गानिक परिकार खुवाइएको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आलेको भनाइ छ। चुलो र चौकोमा सिमित रहेका महिलाहरु मिलि गाउँमै होमस्टे संचालन गरेर आर्थिक स्तर बढाएका थियौ। तर अकस्मात भएको बन्दाबन्दीले होमस्टे नै बन्द हुन पुग्यो। ‘अव फेरी पाहुनाको आगमन बढ्ने अपेक्षा छ, जनप्रतिनिधिसहित ५० भन्दा बढीको सहभागीता होमस्टेमा रेहेपछि फेरी आन्तरिक पर्यटकको संख्या बढ्ने आसा पलाएको छ’ उनले भनिन्।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले यहाँका होमस्टेहरु स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित तरीकाले संचालन भएको हुँदा प्रचार प्रसार गरीदिन संचारकर्मीसँग आग्रह गरे। उनले कोभिड– १९ आउनु अगाडि पनि बन्दीपुरको पर्यटन प्रर्वद्धन गर्न पत्रकारको ठुलो भुमिका रहेको भन्दै सन्चारकर्मीसँग पहिलेजस्तै सहयोगको अपेक्षा गरेको बताए । बन्दीपुर होमस्टेलाई उकास्न यहाँका स्थानीय पत्रकारको पनि उल्लेख्य भुमिका रहेको छ। पर्यटकहरु पनि उल्लेख्य संख्यामा आउने गर्थे। गतवर्ष डेढ लाख पर्यटकहरु बन्दीपुर घुम्न आएका थिए। पर्यटकहरु यहाँको कला संस्कृति तथा परम्परागत संस्कृतिका घरहरुको बारेमा छापिएको समाचार हेरेर यहाँ आएका हुन्। त्यसैले पर्यटनको महत्वपुर्ण पक्ष प्रचारप्रसार भएकाले सबैको सहयोग आवस्यक रहेको उनले बताए। अन्र्तक्रियामा सहभागीता जनाएका व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले होमस्टेको प्रवद्र्धन गर्न सबैले आ आफ्नो तवरबाट सहयोग गर्नुपर्ने बताए। ग्रामिण पर्यटनको उपयुक्त गन्तव्य होमस्टे हो त्यसैले आ–आफ्नो स्थानीय तहमा भएका होमस्टेलाई प्रर्वद्धन गर्न विभिन्न कार्यक्रमहरु ल्याउनुपर्छ,उनको भनाइ रहेको छ।
‘अव होमस्टेलाई पुरानै लयमा फर्काउनको लागि संरचना निर्माण तथा पर्यटकलाई आकर्षित गर्न मनोरनजनात्मक सामग्री बनाउनुपर्ने र अर्गानिक खानाका परिकार तथा परम्परागत सांस्कृतिक कार्यक्रमहरु संचालन गर्नुपर्ने न्यौपानेको भनाइ छ। होमस्टेको प्रवर्धन तथा प्रचारप्रसारका लागि जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिहरु सहित क्रियाशिल पत्रकारलाई बोलाएर गाउँपालिकाले रामकोट होमस्टेमा बृहत छलफल गरेको थियो।