राजेश्वर डी. श्रेष्ठ,

वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७

‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो…’

राष्ट्र, राष्ट्रियता अनि देशको शान र स्वाभिमान झल्काउने एउटा इतिहास अंकित भाव सहितको गीतको ताल र सूरमा हजारौं संख्यामा चलायमान नेपालीको भिडले कुनै परिवर्तन चाहीरहे झैं स्पष्ट देखिन्थ्यो । राष्ट्रिय नागरीक आन्दोलनको जुलुश वा शान्ती प्रर्दशन राष्ट्रीय झण्डा बोकी शान्त र मर्यादित रुपमा माइतिघर मण्डलाबाट नया वानेश्वर संसद भवन तर्फ बढदै गरेको विशाल जुलुसको समग्रमा एउटै भावको नारा थियो, ‘अबको बेला पुनः राजसंस्था र हिन्दु राष्ट्र फर्काउ अभियान’ ।

जनताको नाममा भजाएर ल्याइएको गणतन्त्र र संघियताले देश उभो नलाग्ने भो, जनता वाक्क दिक्क भए त्यसैले अब राजा चाहियो, जुलुशको नारा र भाव यही थियो । कुरा राजधानीको मात्र होइन, देशका विभिन्न ठाउँमा नेपाली जनताले यस्तै नारा, जुलुश र आमसभा मार्फत अब राजा ल्याउनु पर्ने र हिन्दु राष्ट्र हुनुपर्ने आवज उठाउन थालेका छन् । हुन त यसलाई राजवादीको जुलुश पनि भनियो । जस्तो कि त्यहाँ आउने सबै राजावादी मात्र थिए । तर त्यो भिडमा अस्ति भरखरै गणतन्त्र अघि र पछिका मतदाताहरु पनि पर्याप्तै थिए । त्यो भिड गणतन्त्रलाई बहिष्कार गर्दै भोट नखसालेका मतदाता शायद कोहि पनि थिएनन् । हिजै सक्रिय राजतन्त्र हुँदा पनि राजाका मन्त्री र सांसदलाई भोट खसाले र जिताउनै देखि राजतन्त्रको अन्तय पछि गणतन्त्रात्मक व्यवस्थाका प्रधानमन्त्री, मन्त्री, सभासदहरुलाइै जिताउन भोट खसाल्ने पनि त्यही भिडमा ‘राजा चाहियो र हिन्दु राष्ट’« हुनुपर्ने भन्दै सहभागिता जनाइ रहेका थिए । त्यसैले जनता कुनै वादी भित्र सिमित हुदैनन्, समय अनुसार वादको निर्माण गर्छन् अनि देशको स्वरुप र नेतृत्व परिवर्तनको अधिकार जताउँछन् । त्यो भिडमा तिनै आम र राष्ट्रप्रेमी नेपालीको उपस्थिति थियो ।

नारा, जुलुश र भिडभाड जम्मा नगर्ने दिइएको प्रशासनको ‘उर्दी’ अनि राजसंस्थाको समर्थनमा हुने कार्यक्रममा ‘वम पडकाउने’ जस्ता चेतावनीको हल्लाहरुका बावजुद स्वःस्फूर्त जम्मा भएको उपस्थिति र नारा जुलुशले अब जनताका वर्तमान व्यवस्था र नेतृत्व प्रति कति धेरै असन्तुष्टि अनि परिवर्तनको खाँचो महसूस भइसकेको रहेछ भन्ने स्पष्ट पार्छ । देशको साँचो र भण्डार जिम्मा दिइएका नेता र नेतृत्वको चरम महत्वाकांक्षा अनि स्वार्थ लिप्तताका कारण जनता चरम निराशामा पुगेको र नेतृत्व समूहप्रति घृणा उत्पन्न भएको यथार्थको प्रर्दशन थियो मंसिर २० गतेको राजधानीको माइतीघर मण्डला देखि नयाँ बानेश्वर सम्मको विशाल जुलुश ।

‘वार्ह वर्ष पछि खोला पनि फर्किन्छ’, साँचौ खोला फर्किन नै लागेको हो कि ? समय सधैं एउटै रहन्न ? मान्छेलाई मान्छेको जिम्मा दिनु भनेको आफुमात्र रहन, खानु भन्ने होइन, परिवारलाई खुवाएर आफुलाई खानु भन्ने पनि हो । तर, यथार्थ त्यस्तो भएन मान्छेले आफ्नो जिम्मेवारी र दायित्व बुझन् नचाहँदा परिवार रुपि जनता निचोरिदैं – निचोरिदैं गए । यता नेता उनका कार्यकर्ता अनि आसेपासे मान्छे रजाइमा प्रतिस्पर्धा हुँदा देश अधोगति र जनता क्रोधित बन्न पुगेका छन् ।

कुरा परिवर्तन कै उठन् थालेपछि, जनता स्वःस्फूर्त रुपमा सडकमा देखिन थालेपछि अब सोच्नै पर्ने हुन्छ कि किन यस्तो हुदैंछ ? जनता स्वयंले ल्याएको परिवर्तन जनताले फेरि किन परिवर्तन खोज्दै छ ? यो परिवर्तनको भाग के सडकछाप भागमा मात्र सिमित भइरहला ? या यो राजावादी मात्र हुन् ? के यी राष्ट्रवादी मात्र हुन् ? के ती राष्ट्रवादी होइनन् ? के तिनीहरुले राजतन्त्र पछि भोट नै खसालेका थिएनन् । के तिनीहरुमध्ये कसैले वादी र कार्यकर्ताको विल्ला नभिडिकन अहिलेको सत्ताधारी र प्रतिपक्षका प्रतिस्पर्धिलाई भोट दिएर जिताएका थिएनन् ? के जनता भनेका काँग्रेसवादी, बामपन्थी, मओवादी, मधेसवादी वा अन्य केही वादी मात्र हुन् ! यदि हुन भने हिजोको व्यवस्थामा हामी सबैको के वाद र वादी थियौं ? सारा नेपाली कुनै वाद र व्यवस्थाको विचमा आ–आफ्नो मत र सहमति सहभागिता पूर्वक जनाउँदै आएका छन् । यस्तो अवस्थामा किटानका साथ कसैलाई सिद्धान्त र मूल्यका आधारमा छुट्याउन वा प्रष्टपार्न सकिदैन ।

राष्ट्रको सवालमा सबै नेपाली राष्ट्रवादी हुन् । राष्ट्रलाई शिरमा राखी हिँड्ने कोही पनि कुनै वादी, पक्ष या विपक्षमा सिमित हुन्नन् ? देशलाई आवश्यक परेको अवस्थामा जस्तो सुकै परिवर्तन गर्न र पविर्तित हुने स्वभाव नेपालीको छ । २००७ साल देखि विभिन्न परिवर्तनहरु हुदैं गर्दा जनताका असुन्तष्टिका कारण त्यी परिवर्तनले समय समयमा काँचुली फेर्दै गरेको यर्थाथ हाम्रो सामु छर्लङ्गै छ । पविर्तनकै नारा सहितको बढदो भीडले देखाएको संकेतलाई अनि बल प्रयोग गरी निस्तेज पार्ने प्रयास भए त्यसले परिस्थिति झनै कठिन र असामान्य बन्ने देखिन्छ । विभिन्न अंग, विभिन्न जातजाति, विभिन्न धर्म संस्कृति अनि विभिन्न विचारहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधि पात्रहरु समेतको उपस्थितिहरुले महसूस हुन्छ कि आवाज सामूहिक छ, सिमित छैन र आवाज निरन्तर घन्की रहने छ ।

हेर्ने दृष्टिकोण फरक फरक हुन सक्ला, मूल्याङ्कन आ–आफनै होलान्, संभाव्यताको निक्र्यौल हुदैं गर्ला तर यथार्थ त यथार्थ नै हुन्छ । यथार्थको सत्यपना राजधानीको संसद भवन तथा व्यवस्थाका नेतृत्व कर्ताहरुको मनमस्तिष्क भडकाउने गरि भएको ‘परिवर्तन’ को नारा सहितको नागरीक आनदोलन जुलुश र भावनाको यथार्थ पनि गणतन्त्रप्रति पछिको नेतृत्व अनि उनीहरुका चरम स्वार्थ लिप्तता, महत्वाकांक्षा, देश र जनता प्रतिको गैरजिम्मेवारीपना र वितृष्णाको प्रतिविम्ब हो भन्ने कुराको एउटा दर्हो प्रमाण हो । बालकृष्ण, सुरेन्द्र भण्डारी वा मनोज मुक्ती अन्य त देखिएका राष्ट्रिय नागरीक आनदोलनका अभियन्ता वा पात्र मात्र हुन् ।

उनीहरु जस्ता त लाखौं नेपाली अभियन्ताहरु हिन्दुत्व र राजरंस्थाको पुर्नवाहलीको पक्षमा आवज बुलन्द गर्दै गरेको देशभर यत्र–तत्रका प्रर्दशनले प्रष्ट देखाइरहेको छ । देश वास्तवमै काँचुली फेरदैछ, धर्म संस्कार सहितको सनातन परम्परा र रीतिरिवाज अनुसार शासन विधि, विकास र पद्धतिको पुनःआगमन हुने संकेत वा आधार प्रष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *