डा. रामदयाल राकेश,
वर्ष : ३ | अङ्क: १९ | असोज/कार्तिक २०७७
कोरोना कहरमा पनि र्कािक महिनामा परेको प्रमुख र मना् चाड दशैं र तिहार प्रति आम नेपालीको हर्षोललास र रौनकतामा कुनै कमि आएको देखिदैंन । जन–जन मा लोकप्रिय पर्व दशैंको उत्सुकताले सारा नेपालीलाई आपसमा जोडीएको देखियो । सल्भाव र उमंगपूर्वक सावधानीसाथ दशैं देशभर देशवासीले मनाए । नेपाली लोक संस्कृतिमा कार्तिक महिनाकोे आफ्नो मौसिक गरिमा र महिमा छ । यस मैन्हालाई उक्त मान्निछ । यस महिनामा मौसम पनि हति मनोहर र मनोरम हुने गर्छ । सम्पूर्ण मिथिलाञ्चलको मौसम समाशितोष्ण हुन्छ । यस महिनाको सांस्कृतिक र धार्मिक महत्व सर्वविदित छ । वर्षाऋतु पछिको सुन्दर शान्त महिना कार्तिकमा यसपल्ट दशैं र तिहार पर्व परेको छ ।असत्य माथि सत्यको विजय तथा महिलाको अद्म्य साहस र पराक्रमको प्रतिक रुवरुप दशैं पर्व मनाइन्छ । शक्ति र सत्यकी देी माता दुर्गाको पूजा आजा हिन्दू समाजमा गनैरव र उत्सवका साथ सपरिवार मनाउने गर्दछन् ।
दशैं पछि आउने अमावश्यामा शुभदिपावलीको पर्व बडो उत्साह र उमंग साथ मनाइन्छ । यो पर्व धनकी देवी र ऐश्वर्यकी खानी महालक्ष्मीको पूजा–आजा, अराधना, अर्चनाको साथमा सम्पूर्ण मिथिलाञ्चलमा र नेपालमा मनाइन्छ । दिपावलीको शाब्रिक अर्थ हुन्छ, दीपको अवलि अर्थात दियोको पंक्ती जुन सम्पूर्ण रातलाई झिलमिली पार्दै अन्धकारको अन्तय गरेर प्रकाश पुंज फैलाउँछ । यसलाई ज्योति पर्व, प्रकाशपर्व र दीपमालिका एवं दीपोत्सव भन्ने गरिन्छ । अन्धकारलाई अन्तय गरेर प्रकाशबाट सम्पूर्ण वातावरणलाई उज्यालो तुल्याउँछ ।
यो वैदिककालदेखि निरन्तर रुपमा मनाइँदै आएको प्रसिद्ध पर्व हो । यस्तो पर्व संसारभरिमा नेपाल र छिमेकी मुलुक भारतमा सदियौं देखि मनाइदैं आएको परम्परमा छ । प्राचिनकालमा दिपावली चर्तुदशी देखी देखि अमावश्या र कार्तिक प्रतिपदा सम्म मनाउने गरिन्थ्यो । अचेल पनि यो पर्व पाँच दिन सम्म उमंग र उत्साहका साथ मनाउने गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशीको दिनमा धनको देवता कुवेरको पुजा आजा बडो प्रेमपूर्वक र श्रद्धापूर्वक गरिन्छ । दोस्रो दिनमा दिपावली मनाइन्छ । यसलाई नरक चौदस (नर्क चतुर्दशी) पनि भन्निछ । प्राचीनकालमा नर्क बाट बच्नक ालागि र यसलाई पुज्नका लागि यो पर्व मनाउने गरिन्थ्यिो । दिपावलीको अघिल्लो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसरमा गोवर्धनको पूजा गरिन्छ ।
दिपावलीको अंतिम शृंखलाको अवसरमा भैयादुजको (भाइटिका) पर्व बडो प्रेमपूर्वक मनाएने लामो परम्परा छ । यसप्रकार दिवाली मधेस र पहाडको संयुक्त संस्कृतिको सबैभन्दा गौवमय पर्वको रुपमा मनाइने सदियौ पुरानो परम्परा र संस्कार छ । यस शुभअवसरमा धनकी देवी लक्ष्मी र विध्याका देवता गणेशको पूजा गन्छि ।
हिन्दू धर्मावलम्बीहरु कार्तिक शुक्लपष्ठीको दिनमा छठी माताको ब्रत र पूजा गर्ने सदियौ देखिको परम्परा छ । यसलाई सूर्य षष्ठी पनि भन्ने गरिन्छ किनकि यो सूर्योपासना संग सम्बन्धित सबैभन्दा सर्वोत्तम र सर्वोत्कृष्ट चाडको रुपमा प्रसिद्ध छ । भविष्य पुराणमा यस्तो उल्लेख पाइन्छ कि धौम्य ऋषिले द्रौपदीलाई भनेका थिए कि सुकन्याले सबैभन्दा पहिला यसपर्वलाई गरेकी थिइन् । पछि द्रौपदीले पनि यस पर्वलाई गरेर आफ्नो अज्ञातवासलाई सफल पारेकी थिइन् । यो पर्व सम्पूर्ण परिवारको सुख–समृद्धिका लागि गरिन्छ ।
प्रचलन अनुसार ब्रतालु कुनै जलाशयमा गएर र पहेलो वस्त्र धारण गरी सांध्यकालीन सूर्यलाई सश्रद्धा सप्रेम अध्र्य प्रदान गर्छ । प्रसादका विभिन्न परिकार सहित दुध र जलको अध्र्य दिएपछि सांध्यकालीन सूर्य प्रसन्न भएर ब्रतालुको अध्र्य स्वीकार गर्छ । अर्को दिन उषाकालमा उदीयमान सूर्यलाई अध्र्य अर्पण गरेर यसको समापन श्रद्धापूर्वक र भक्तिपूर्वक गरिन्छ । जनविश्वास अनुसार यस पूर्वलाई प्रत्येक वर्ष नियमित गरेपछि भक्तजनहरुको भाकल पूरा हुन्छ । श्रद्धालुको मनोकांक्षा र मनोकामना पूरा हुने गर्दछ । चर्मरोगबाट मुक्ति पाइन्छ । भन्निछ कि कृष्णको सुपुत्र शाम्ब ऋष्किो श्रापबाट श्रापित भएको थियो । मत्सय पुराण्मा भनिइको छ ‘आरोग्भं भास्करादिच्छेत्’ अर्थात आरोग्य चाहिन्छ भने भगवान भाष्करको पूजा–आजा श्रद्धापूर्वक गर्नुपर्छ ।
एउटा पौराणिक आख्यानको अनुसार भगवान नारायणले नादजीलाई भनेका थिए – मूल प्रकृतिको छठौं अंशबाट जुन देखी प्रकट भएकी थिइन त्यो षष्ठी देवी हुन् । बालकहरुका लागि यो उनको आरध्यदेवी हुन् । यसलाई पुत्रदा पनि भनिन्छ । यो पर्व दिनानुदिन लोकपिय हुदै गएको छ र नेपालमात्र होइन छिमेकी राष्ट्र भारतको विहार र उत्तरप्रदेशमा पनि उतिकै श्रद्धा र भक्तिसाथ प्रति वर्ष मनाइन्छ ।
छठ पर्व पनि देनोथान एकादशी पनि सबै हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्दछन् । विश्वस के गरिन्छ भने आजकै दिनमा सबै देवताहरु निद्राबाट उठ्दछन् । कार्तिक शुक्ल एककादशीको दिनमा श्रद्धालुहरु दिनभर उपवास गर्ने गर्दछन् र केही फलाहार गर्दै र राति तुलसीको विहे सम्पन्न गर्ने गर्छन । यसलाई नेपालीमा ठूलो एकादशी भन्निछ । यस दिनमा पुशपतिनाथको मन्दिरमा श्रद्धालुहरुको ठुलै घुइचो हुने गर्दछ । यस एकादशीको सबैभन्दा ठूलो महत्व मानिएको छ ।
कार्तिक महिनाका शुक्लपक्षभरि भाई–बहिनी को प्रेमप्रतीकको रुपमा समाचकेवााको लोकपर्व पनि बडो निष्ठा सहित मनाइन्छ । यस पर्वमा बहिनीहरुमा आफ्ना दाजुहरुको दीर्घायु जीवनका लागि बाचा बन्धन गर्ने गर्छन् । प्रत्येक राति यिनीहरु नाच्दै आफ्ना दाजुहरुको दीर्घायुको कामना गर्ने गर्छन् । चंदन चर्चित रातमा यिनीहरु आफ्नो टाउकोमा टोकरी –चंगेरी) बत्ती बालेर कुशल नृत्यांगना जस्तै नाच्दै गाउँदै गाँउभरि परिक्रमा गर्ने गर्छिेन र गाँउबाहिर खेत खालिहानमा समेत नाच गान गर्ने गर्दछिन् ।
माथि आकाशमा जुन टह्टह् टल्किरहेको हुन्छ र यिनीहरुको टाउकोमा सुशोभित टाकेरीमा प्रकाश पुंज । धरती देखि आकाश सम्म प्रकाशै प्रकाशको बिम्ब हेर्न लायकको हुन्छ । भाई बहिनीको चिरंतना, चिरशास्वत र चिरनूतन प्रेमको प्रतिको पर्वको वर्णन शब्दमा गर्न सकिन्न । कार्तिक पूर्णिमाको राति विसर्जन कुनै जलाशयमा गरिन्छ । बहिनीहरु आफ्ना दाजुहरुलाई नयाँ धानको चिउरा र दही खुवाउने गर्दछन् र आशीवार्द र दक्षिणा दाजुहरुबाट पाउने गर्छन् ।
यो पर्व कृष्णको सुपुत्र शाम्ब संग पनि सम्बन्धित छ । तसर्थ यसको प्राचीनता स्वतः प्रमाणित हुने गर्छ । नदीहरुमा बहिनीहरु नौकायन गरेको दृश्य नयनाभिराम हुने गर्दछ । माथि टहटह टल्किरहेको जुन र तल अपार जलराशि माथि यिनीहरुको गीत गुन्जन हेर्न लायकको र सुन्न लायक को हुन्छ । यस्तै कार्तिक महिनाको शुक्लपक्षमा नवान्न (नव–अन्न) पर्व पनि मनाउने सदियौ देखिको परम्परा अद्यापि जीवित छ । यस पर्वमा आफ्नो खेतको खाद्यान्न बाली सर्वप्रथम कृषकहरु एउटा कृषि उत्सव गरेर ग्रहण गर्दछन् । यो उत्सव थाइल्याण्डमा पनि मनाइन्छ । यसलाई राइस फेस्टिवल ‘चामल उत्सव’ भन्निछ । नेपाल र थाइल्याण्ड कृषिप्रधान देश भएकोले यस्तो उत्सव मनाउन स्वाभाविक हो । नवान्न (नव–अन्न) को बारेमा एउटा गीतको गेडा यसरी अग्रसारित गरिन्छ ।
‘‘ आनि जाउ कटनी मे गाम यो सजना
असगर करबे नहि लवान्न यो सजना ’’
यसै महिनामा लोकप्रिय लोकनृत्य झिंझिया पनि सम्पन्न गर्ने गरिन्छ । हुनत यो लोकनृत्य असोज महिनाकोे दशैं भरिमा मनाइने लामो परम्परा छ । तर मलमासले गरी यस पटक यो लोकप्रिय लोकनृत्य पनि कार्तिक महिनामा सम्पन्न हुने सुखद संयोग परेको छ । शारदीय नवरात्रको प्रथम संध्याको दोस्रो प्रहरमा मनोहारिणी छवि इटाको दृश्य अति मनोरेम हुन्छ । चन्दन– चर्चित चाँदनी रातमा यो लोकनृत्य नाचिने सदियौ पुरानो प्रथा छ । नारी आफ्नो टाउकोमा घैटोमा दीप प्रज्वलित गरेर घर–घरमा जुम्दैं गाँउ भरि नाच्ने गर्दछन् । एउटी विदेशी विदुषीको शब्दमा ः–
‘बरसात से धुले नीलाम्बरको दूधिया चाँदनी झिझिया के घडौं मै
झिसमिल – झिलमिल जुगनु सी जगमगाती दीप मालाऔंका अनोखा
सैन्र्दय मनको मोह रहा हैं, मंगल गानोकी कोकिल ध्वनीसे
धरती– आकाश, लोग–बागके साथ मां दुर्गाभी आत्म विभारे हो रही हैं कुछ
ऐसा ही सम्मोहित सलोना मौसम होता है इस माह का । ’
डा. उषा वर्मा : झिझिया बिहारका एक तांत्रिक लोकोत्सव रंग अभियान पृ.१४.
झिझिया लोकनुत्य माथि तांत्रिक प्रभावको प्राधान्य भएकोले नै यसलाई तांत्रिक सोकोत्सव भनिएको छ किनभने सम्पूर्ण मिथिलाञ्चलमा तांत्रिक प्रभाव प्राचीनकाल देखिनै प्रतिलाक्षित भएको प्रतीत हुन्छ । यस लोक नृत्यमा डाइनहरु (बोक्सीहरु) आफ्नो तन्त्र–मंत्रको साधना गर्नमा संलग्न हुन्छन् ।
विधिपूर्वक विधानमा साधना गर्ने गर्दछन् । कुनै भर्खरै मरेको बालकलाई तन्त्रमन्त्रको बलमा जिउँदो पारेर त्यो सित यस तांत्रिक साधनाको प्रयोग गर्ने गर्दछन् । आफ्नो तांत्रिक साधनाको पूर्तिका लागि । अतः झिंझिया खेलने केटीहरु यिनीहरुलाई गाली गलौजको भाषामा श्राप्ने गर्दछिन् । उनीहरुलाई चुनैती दिदैं यो लोकगीत पनि गाउने गर्दछन् ।
चल–चल गे डइनी ब्रह्म तर
तोहर बेटवा के खाबैं कदम तर
डाइनी के बेटा मरले–परल अन्हारी राती झिझिया
असगर डैयनी मारे किल्लाले, अन्हारी राती झिझिया
केयौ नही घर यस निकलया, अन्हारी राती झिझिया
केयौे नही डइनी बेटा के डरवैया (जलाउने) अन्हारी राती भिझिया
दिनके टेम भुक भकु करैया अन्हारी राती झिझिया ।
यस्तो मनोरञ्जन र मनोहर लोकनृत्यको लोप हुनु धेरै चिन्ताको विषय हुन गएको छ । यसमा विधुतिय संचार माध्यम र सुरक्षाको अभाव मुख्य कारण छ । यसको अभिलेखीकरण र भिडियोकरण अति आवश्यक हुनुपर्ने देखिन्छ । एउटा विदेशी विद्वान शब्दमा : “on the nigth of this day the children run about the village with lighted sticks and torched”.
(C.H. Buck: Faiths, Fairs and Festivals of India”. p.98)