सुजीतकुमार‌ झा,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७

भारतवाट निर्वाधरुपमा नेपाल आउनेको
संख्या बढदै, सीमा चौकी नजिक मात्रै कडाई

भारतको बेगलोरमा ईन्जिनियर पढिरहेका पंकज यसैसाता जनकपुरधाम आएका छन। कोरोना संक्रमण शुरु भएकै बेला नेपाल आउन चाहन्थे तर सबारी साधनको समस्या र कोरोना संक्रमणको डरले उनलाई होस्टलमै बस्नु परेको थियो। दशैं नजिकमा कही लकडाउन नभइहालोस त्यो डरले दूई साता अघि नै घर आइसकेको उनले वताए।

जलेश्वरका सीमा पनि दशैको पूजाका लागि शनिवार आएका छन। उनी भारतको दिल्लीमा सिए पढिरहेकी छिन। शुरुमा कसरी आउने डर लागिरहेको थियो तर एउटा बैग हुँदापनि महोत्तरीको भिट्ठामोड भन्सार छेउवाट आएको कसैले कुनै रोकटोक गरेनन उनले भने।

जनकपुरधाममा मात्रै होइन सीमासंग जोडिएका प्रदेशका अधिकांश जिल्लामा भारतवाट आउनेहरु बढीरहेका छन। प्रदेश २ का सयौ विद्यार्थी भारतमा पढीरहेका छन भने रोजगारीका लागिपनि ठूलो संख्यामा भारतमा रहेका छन। दशैं र फागुका बेला घर आउने परम्परा जस्तै तराई तिर रहेको जनकपुरधामका प्राध्यापक रुद्रनारायण झाले वताए। विगतका वर्षहरुमा सीमामा आउनेहरुको पूरै भीड हुन्थ्यो तर अहिलेपनि निकै संख्यामा नेपालीहरु आइरहेका छन उनले वताए।

नकुनै चेकजाँच छन नकुनैअबरोध निवार्ध रुपमा आइरहेका छन। तर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराइले सीमा आबतजावतमा कडाई गरिरहेको दाबी गरे। एकातिर प्रशासन कडाईको दाबी गरिरहेका छन भने सीमा क्षेत्रमा रहेका धनुषाको नगराइन नगरपालिकाका मेयर परमेश्वर यादवले भने जहाँ प्रहरी चौकी छ त्यहाँबाट आउन दिदैनन तर सयौ वाटो छन जहाँबाट मानिसहरु नेपाल भारत ओहोरदोहोर गरिरहेका छन।

यस प्रदेशमा सुरक्षाकर्मी, नेपाली सेना, कैदीबन्दी, कर्मचारी, व्यपारी, चिकित्सक, कर्मचारी, जनप्रतिनिधि समुदायका मानिस, स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको जानकारहरु बताउँछन्।

संक्रमणलाई नियन्त्रणको स्थितिमा ल्याउन सबैभन्दा मुख्य काम नै भारतीय सीमामा हुने आवतजावतलाई कडाइ गर्नु रहेको उनीहरुको भनाइ छ। संक्रमण नियन्त्रण गर्ने पहिलो रणनीति नै सीमा कडाइ गर्नु रहेको उनीहरुले जनाए। सरकारले अन्तर्राष्ट्रिय सीमालाई कात्तिक ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

चोरेर आफनो स्वदेश आउनुपर्ने यो दूर्भाग्य रहेको वताउँदै नेपाल भारत खुल्ला सीमा संवाद समूहका संयोजक राजिव झाले सीमा खुल्ला गर्नुपर्ने मांग थरेका छन। समूहले यससम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि दिएका छन। तर अहिले भारतबाट आउनेहरु जसरी बिना स्वास्थ्य परीक्षण गरी आआफना घरमा गइरहेका छन समुदायमै खतरा उत्पन्न भएको विशेषज्ञहरु वताउाछन। पहिलो प्राथमिकता सीमालाई कडाइ दोस्रो संक्रमितको पहिचान र परीक्षण रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए। ‘सीमादेखि गाउँ हुँदै सहरसम्मको अवस्था पहिलाजस्तै सहज भएपछि संक्रमणको समुदायस्तरमा फैलिसकेको लहान नगरपालिकाका स्वास्थ्य संयोजक रामसुन्दर यादवले बताए।

सीमादेखि सहरसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा पछिल्लोसमय बढ्दै गएको संक्रमितको संख्या हो,’ उनले भने। कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा २२ महिला र १ सय ११ पुरुष गरि १ सय ३३ जनाको मृत्यु भईसकेको समाजिक विकास मन्त्रालयले जनाएको छ। अहिलेसम्म पर्सामा ४३, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सप्तरीमा १५, सिरहामा १२, सर्लाहीमा ७, रौतहटमा ६ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ५ सय ९४ जना संक्रमित भएका छन्। धनुषामा १ हजार ९ सय २९, रौतहटमा १ हजार ९ सय ७, सर्लाहीमा १ हजार ९ सय ६, महोत्तरीमा १ हजार ४ सय २९, बारामा १ हजार २ सय ८४, सिरहामा १ हजार २ सय ४५ र सप्तरीमा १ हजार २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ५२ रहेको छ। दशैको बेला सीमामा कडाई गर्नुस खुल्ला सीमाको मौका उठाई कसैले प्रवेश गरिरहेको छ भने क्वारेन्टाइनमा राख्नुस विशेषज्ञहरुको सुझाब रहेको छ।

Leave a Reply

Your email address will not be published.