सुजीतकुमार‌ झा,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७

कोरोना संक्रमणका कारण बन्द रहेको सामुदायिक विद्यालयहरु खुल्न थालेको छ। जनकपुरधामका आधा दर्जन विद्यालयमा अनलाइन कक्षाका अतिरिक्त समुदायमा गएर पढाउने कार्य पनि शुरु गरिएको छ। अनलाइन भन्दा समुदायमा गएर पढाउने कार्य बढी प्रभावकारी भइरहेको विद्यार्थी र शिक्षकहरु वताउँछन। धनुषाका अतिरिक्त प्रदेश २ का अन्य जिल्लामा पनि पढाईका कार्यहरु अगाडि बढाइएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित श्री याज्ञवल्क्य संस्कृत नमुना माध्यमिक विद्यालय ज्ञानकूपका प्रधानाध्यापक संजयकुमार झाले शुरुमा सामुदायमा गएर पढाउने कार्यको कुरो गर्दा डर लाग्थ्यो तर अहिले शिक्षक विद्यार्थी यसमै रमाइरहेको वताए। अभिभावकहरुपनि कुन बेला शिक्षक पढाउन आउँछन प्रतिक्षा गरेको देखिएको छ।

घरकै अगाडिमा रहेको वरको रुख नजिक जनकपुरधाम उपमहानगरपालिका ८ का ९ कक्षामा पढने प्रिया झा किताब लिएर १० बजे पुगेकी थिइन। २–३ जना छात्र छात्रा पनि त्यहाँ पुगे तिनीहरु पुगेको १० मिनेटमै एकजना शिक्षक आएर पढाउन थाले। करीब १ घण्टा पढाएपछि अर्को विषयको शिक्षक आए र उहाँ फेरी पढाउन थाले। यो क्रम दूई घण्टा चलेको थियो। यसरी करिब २ सय जना विद्यार्थीलाई सो विद्यालयले समुदायमा गएर पढाइरहेका छन प्रधानाध्यापक झाले वताए।

सबै विद्यार्थीलाई होमवर्क दिन्छौ र एकदिन विराएर फेरी त्यो चेकपनि गर्ने गर्छो सामुदायमा गएर पढाइरहेका शिक्षक दिपक कुमार शर्माले वताए। विहान १० बजेदेखि २ बजेसम्म यसप्रकारको पढाई हुने गरेको छ। जहाँ जुन अवस्थामा हाम्रा विद्यार्थी छन् त्यहाँ त्यही अवस्थाबाट सिकाइ गर्दैछौं उनले भने।

कक्षा १० मा अध्ययनरत उमा दासले पढाई नभएपछि किताबहरु बान्धेर पेटीमा राखीदिएको थिए अहिले सबै निकालेर पढन थालेको छु वताइन। विज्ञहरूले भनेका छन नेपालमा बालबालिकाहरू कोरोना संक्रमणको उच्च जोखिममा छन्।सरकारले लकडाउन केही खुकुलो बनाए पनि विद्यालयहरू चाँडै खुल्ने सम्भावना देखिँदैन। हामीजस्ता विद्यार्थीलाई चिन्ता र चासो आफ्नो पढाइको नै छ कक्षा ५ मा पढने आदित्य झाले वताए। जनकपुरधाम ८ मै रहेको श्री जनता प्राथमिक विद्यालय, वडा नम्बर १३ मा रहेका राजर्षि माध्यमिक विद्यालय लगायतले पनि यसैसाता सामुदायमै गएर पढाई शुरु गरेका छन। राजर्षिका शिक्षक नविनकुमार मिश्रले यो पढाइवाट अभिभावक पनि खुशी देखिएको वताए। जबसम्म पढाई चलिरहेको हुन्छ अभिभावक पढनेस्थलकै छेउछाउमा घूमिरहन्छ अर्थात बालबालिकाको स्वास्थ्य र पढाई दूबैप्रति सबै सचेत देखिएको उहाँले बताए।

अनलाइन पढाइरहेका शिक्षक नारायणप्रसाद अधिकारीले मोबाइल लैपटप सबै विद्यार्थीहरु प्रयोग गरिरहेको वताए। पहिला यी प्रविधिबाट गेम खेल्थे अहिले पढाई गरिरहेका छन बताउदै उनले भने जूम प्रविधिका अतिरिक्त पढाई भएकाकुरोहरु पेनड्राइभरमा भरेर पनि दिने गरेको छु। केही प¥यो भने शिक्षकहरु फोनबाट सघाई पनि रहेकाछन उनले भने।

हामी विद्यार्थीलाई नयाँ कुरा सिक्ने र जान्ने ठाउँ कुन हो त? सिकाउने स्कुल बन्द छ। अनलाइन कक्षाले दैनिक केही घन्टा भए पनि हामीलाई व्यस्त बनाएको छ छात्रा सीमा कुमारीले वताएन। शिक्षक र हामी विद्यार्थीबीच संवाद र सिकाई गराएको छ, प्रविधीको नौलो प्रयोगबाट हामीमा उत्साह पनि थपेको थियो उनले वताएन।

प्रकृति जति नै निष्ठुर भए पनि हामीसँग प्रविधि त छ नि भन्ने विश्वास जगाएको छ। दैनिक तीन चार घन्टा अनलाइन क्लासमा सरिक हुँदा धेरै ज्ञान मिलेको छ अर्का छात्र पंकजले वताए। ठूलो उमेरको मान्छेजस्तो हामी बालबालिकालाई आफैं सबै किताब पढ्ने बानी हुँदैन। भनिदिने, झक्झकाइदिने र सम्झाइदिने कोही न कोही चाहिन्छ। अनलाइन कक्षा एउटा साहरा बनेको छ अनलाइन कक्षामा पढीरहेका बबिताले वताइन। शिक्षकहरूले दिएको गृहकार्य गर्दै जाँदा दैनिक केही लेख्ने, पढ्ने र सिक्ने बानी फेरी जुटन थालेको विद्यार्थीहरु वताउाछन। ल्यापटप वा कम्प्युटर भए पनि बिजुली कुन बेला जान्छ कुन बेला आउँछ थाहा हुँदैन। गाउँगाउँमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा समेट्न ठूलो चुनौती छ। कक्षा ७ देखि माथिका विद्यार्थीलाई इन्टरनेटबाट पढाउन सकिए पनि साना कक्षाका बालबालिकालाई पाठ्य सामग्री अध्यापन गराउन सम्भव हुँदैन। त्यसैले अहिले विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक पढाउने बाहेक व्यावहारिक शिक्षा, भाषा, लेखनशिल्प आदि सिकाइरहेको छ।

श्री याज्ञवल्क्य संस्कृत नमुना माध्यमिक विद्यालय ज्ञानकूपमा गत वर्ष ९ सय विद्यार्थी पढिरहेका थिए। सो विद्यालयमा भर्ना अभियान पनि शुरु गरिएको छ। अहिलेसम्म १ सय जनाले भर्ना गराएका छन। भर्ना नभएकालाई पनि पढाइरहेको सो विद्यालयका प्रधानाध्यापक झाले पताए। महोत्तरीमा केही निजि विद्यालयले अनलाइन कक्षा शुरु गरेको छ। सामुदायिक विद्यालयमा पनि अनलाइन कक्षा शुरु गर्ने तैयारी भइरहेको छ। सिरहा, सप्तरी, सर्लाही, वारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि अनलाइन कक्षाको तैयारी शुरु भएको छ। प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोनाका बेला सर्ककर्ता अपनाउनु पर्छ, छोडेर अगाडि बढन सकिदैन वताए। दशै भन्दा पहिला हामी अनलाइन पढाइको तैयारी गरिरहेको छु दशैं पछि सक्रियताका साथ पढाई शुरु गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *