उपेन्द्र खनाल,
वर्ष: ०३ | अङ्कः १८ | भाद्र २०७७
लकडाउन की लाइफ डाउन! कोरोना कालमा केही महिना विश्व नै ठप्प भयो। जीवनशैली मै आमुल र नसोचेको परिवर्तन आयो। ‘‘घरमा आराम र बाहिर काम’’ भन्ने यर्थाथ नै बद्लियो। केभिड–१९ को भय र डरले जिन्दगीको स्वरुप फेरियो। दिनचर्याको समय, स्थान एवं विधि रुपान्तरित भयो। व्यक्तिको व्यस्तताले लामो विश्राम पाए, घर परिवारमा बस्ने मौका, एक अर्कालाई बुझ्ने मौका, एक अर्काका लागि समय, मिठो खाने, हाँस्ने र बाच्ने नितान्त व्यक्तिगत र सुरक्षित समयको सदुपयोग भयो।
जीवनको दुईवटा पाटो हुन्छ। एक सुख र अर्को दुःख। सुखको क्षणलाई लकडाउनले धेरै हदसम्म पारिवारिक र व्यक्तिगत उपलब्धिमा रुपान्तरण गरेपनि दुःखको अर्को पाटो संगसंगै छोडेन। संसारभरी झण्डै १० महिनाको यस अवधिमा करिब ३ करोड संक्रमित, १० लाखको मृत्यु र त्यसमध्ये २ करोड निको हुनुले कोरोनाको महाकारीको बयान छर्लङ्ग पार्दछ।
यही क्रममा नेपालमा पनि करिब ५० हजार संक्रमित, ३ सयभन्दा बढीको मृत्यु र निको हुनेको संख्या झण्डै ३४ हजारको तथ्याकंले कोरोना काल डरलाग्दो र भयावह बनेको प्रष्टै हुन्छ। बाध्यता र बेरोजगारीले हजारौको ज्यान कोरोना कालमा सिद्धिएको छ। आत्महत्याको श्रृंखला पनि नेपाललगायत विश्वभर नै भयावह छ। एक तथ्याकं अनुसार नेपालमाा झण्डै २ हजारदेखि ५ हजार माथिको मृत्यु आत्महत्याका कारण भएको पुष्टि गरिन्छ। समाजमा चोरी, लुटपाट र आतंक बढेको छ। जनमानसमा पिडा र छटपटी छ। भविष्यमा के गर्नेभन्दा पनि वर्तमानमा कसरी बाँच्ने भन्ने चिन्ताले कुलत एवं मानसिक विक्षिप्तताले घरजम गरेको छ।
नेपालमा पहिलो केस वुहानबाट फर्किएका ३१ वर्षिय पुरुष विद्यार्थीमा फेला परे पछि कोराना प्रतिको चेतना जागेको हो। २३ जनवरीमा फेला परेको उक्त केसलाई नै दक्षिण एसियाको पहिलो संक्रमित मान्ने गरिन्छ। सरकारले बेलैमा बोर्डर र एयरपोर्टमा व्यवस्थित वातावरण तयार पार्न नसक्नु, क्वारेन्टाइनको सही र समुचित व्यवस्थापनमा ढिलाई गर्नु, पि.सी.आर. टेस्टको दायरा फराकिलो र सहज नगर्नाले संक्रमितको संख्यामा झन बृद्धि हुन पुग्यो। सरकारले बाध्यतावस पहिलो पटक २०७६ चैत्र ११ देखि २०७७ श्रावण ०६ (२४ मार्च – २१ जुलाई २०२०) सम्म गरेर जम्मा १ सय २० दिन लकडाउन लगायो। धेरै हदसम्म नियन्त्रणमा रहेपनि उचित उपचार र वेरोजगारीको मारमा त्यो भन्दा बढीले ज्यान गुमाउन थाले। सो अवस्थालाई हेर्दै सरकारले भाद्र ५ देखि २४ (२१ अगस्त – ९ सेप्टेम्बर) सम्म निषेधाज्ञा जारी गरे। यद्यपी संक्रमितको संख्या दिनानुदिन बढ्दै छ, भुखमरी र आत्महत्याको ग्राफ पनि बढ्दै छ।
बन्दाबन्दीमै जेष्ठ १ (१४ मे) मा कोरोनाको कारणले सिन्धुपालचोककी २९ वर्षिय महिलाले ज्यान गुमाउनु प¥यो। कोरोनाले मृत्यु हुने उनी पहिलो नेपाली भइिन्। त्यसपछिको यो क्रम बढ्दो छ। यसैगरी विदेशमा रहेका नेपालीहरु मध्ये करिब २ सयले ज्यान गुमाइ सकेका छन्। लकडाउनको विरुद्धमा विश्वव्यापी आवज उठ्न थालेको छ। भ्याकसीनको परिक्षणसंगै सफलता हात लागेको छैन। सेनीटाइजर र माक्समा पनि व्यापारीकरण बढ्दो छ। मानवीय संवेदना शून्यतर्फ अग्रसर भईरहेको छ। रोजगार व्यक्तिहरु पनि बेरोजगार हुदैं गएको छ। घरभित्र बस्दा बस्दै मानसिक तनाव र शारीरिक आशक्ति बढ्दै गएको छ। देशमा झण्डा–झण्डै
अभाव र त्रासको महोल बनेको छ। रोगले भन्दा भोकले मानिसको ज्यान जान थालेको छ।
राणकालिन झझ्ल्को देख्न्छि जब खुल्लामञ्चमा लस्करै खादैं गरेको जमातहरुको तस्वीर सार्वजनिक हुन्छ। जीवन उक्सिनुको साटो अन्तयहीन यात्रा तीर लम्किदै गरेको आभाष हुन थालेको छ। यसका बावजुद आशाका नविन किरण संगै सबल, सक्षम, समृद्ध दिन आउने कामना सहित जीवनलाई संयमित र जीवन्त बनाउन अपरिहार्य देखिन्छ।
घिरिङमा खानेपानी समस्या
स्वास्थ्य, शिक्षा, विद्युत्, खानेपानीलगायतका वस्तु मानिसका आधारभुत आवस्यकता हुन्। तर, ग्रामिण भेगका सर्बसाधारण भने अझै पनि ती आधारभूत आवस्यकता पाउनबाट बन्चित छन्। तनहुँको घिरिङ गाउपालिका– ४ नयाँटारमा खानेपानीको चरम अभाब छ। गाउँमा एउटा मात्र कुवा भएकाले पनि त्यस क्षेत्रका पचास घरधुरीले बर्सौ देखि खानेपानीको समस्या झेल्दै आएका हुन्। त्यहाँका अभिभावकहरु बिहानै मेलापात जाने गर्छन् भने बालबालिकाहरु सबेरै पानीको जोहो गर्छन् जसले गर्दा उनीहरुको पढाईसमेत प्रभावित हुने गरेको छ। तर, पछिल्लो समय फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण भने यतिखेर विद्यालय बन्द छन्।
एक गाग्री पानीका लागि घण्टौ खर्चिनुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर कुमालले बताए। उनका अनुसार गाउँमा विद्युत, स्वास्थ्य, शिक्षा तथा सन्चारको पहुँच पुगिसकेको छ। तर, खानेपानीको समस्या भने जिउँका तिउँ नै छ। ‘स्थानीय सरकार आएपछि समस्या समाधान हुनेमा विस्वस्त थियौं। तर जनप्रतिनिधि निर्वाचित भएर आएको यतिका समय वितिसक्दासमेत गाउँको खानेपानी समस्या हल हुन सकेको छैन।’ हुनत निर्वाचन पस्चात् गाउँमा नै सिंहदरबार आउँछ भनेका थिए। गाउँका समस्या गाउँमै समाधान हुन्छ भनेर त्यतिखेर उमेदवारले भोट पनि मागे तर आज गाउँको समस्याको समाधानका लागि जनप्रतिनिधिले यहाँका स्थानीयलाई महसुस गराउन नसकेको उनले गुनासो गरे।
स्थानीय निर्वाचन पस्चात गाउँगाउँमा विकास निर्माणले गति लिने विस्वास गरिएको भएपनि खासै प्रगति भएको छैन। विसेसगरी स्थानीय सरकारले सडक खोल्ने कामलाई तीव्रता दिएको छ। तर, त्यो पनि त्यति प्रभावकारी बन्न सकेको छैन। जथाभावीरुपमा सडक खोल्दा पहिराले बस्ती नै डुबाउने खतरा झन बढेको छ। त्यसैले स्थानीय सरकारले पनि सबैभन्दा बढी स्थानीयको आवस्यकता के हो त्यसबारेमा बुझेर मात्रै बिकास निर्माणका काम थाल्दा उत्तम हुने जानकारहरु बताउँछन्। यो बेला भनेको स्वास्थ्य र खानेपानीको पहुँच आमनागरिकमा पुर्याउनु हो त्यसैले राज्यले सर्बसाधारणको आवस्यकतामा ध्यान दिनुपर्छ जसले गर्दा स्थानीयले गाउँगाउँमै सिंहदरबार आएको अनुभुति गर्न पाउन्।
वर्सौदेखिको खानेपानी समस्या समाधान हुन नसक्दा नयाँटारका स्थानीयले हैरानी खेप्दै आएका छन्। पछिल्लो समय वन विनास हुने क्रम बढ्दै गएकाले पनि मुहान सुक्न थालेको हो जसका कारण पानीको समस्याबाट स्थानीयले सास्ती खेप्दै आएका छन्। नजीकै पानीका मुहान नभएकाले पनि त्यहाँ धारा जडान हुन नसकेको हो। बिसेसगरी बालबालिकाले सास्ती पाएका हुन्। अर्कोदिन बिहानै पानी भर्न जानुपर्छ भन्ने चिन्ताले उनीहरुलाई अघिल्लै दिन सताउँछ। गाउँमा धारा नभएपछि एक घन्टा खर्चिएर कुवाबाट पानी ल्याउनुपर्ने बाध्यताले उनीहरुलाई सधै पिरोलिरहेको हुन्छ। एकातिर उनीहरुको पढ्ने समयको नास भएको छ भने अर्कोतर्फ उनीहरु थकाइ लागिलागि पनि पानी ल्याउन बाध्य छन्।
एउटा मात्रै कुवा भएको र पानी पनि कम संकलन हुने भएकाले एक गाग्री पानी भर्न बालबालिकाले एक घन्टा खर्चिदै आएका छन्। उठ्ने बित्तिकै पानी भर्न जाने गरेको विद्यार्थी बम बहादुर कुमालले बताए। उनका अनुसार अधिकांसको बुवा आमा घरको काम गर्नुहुन्छ। ‘छोराछोरी भने पानी लिन सबेरै निस्कन्छन्। लाइन बस्दा कहिले काहँीत एक डेड घन्टा लाग्छ जसले गर्दा विद्यालय जान पनि ढिला हुन्छ।’ विद्यालय पुग्दा सरले पढाइरहनु भएको हुन्छ। तर यतिखेर बन्दाबन्दी भएकाले विद्यालय जान पर्दैन।
अधिकांस कुमाल समुदायको बसोबास रहेको उक्त ठाँउमा खानेपानीको समस्याले गर्दा बालबालिकाहरु समयमै विद्यालय पुग्न समेत भ्याउँदैनन। पानीको जोहो गर्देमा दिन वित्ने गर्दछ। पानी बोक्न कठिन हुने भएकाले सबैले काठ्को गाडी बनाएर पानी ल्याउने गरेको सोमबहादुर कुमालले बताए। ‘बुवा आमाहरु घरको काम गर्नुहुन्छ हामीहरु भने पानी भर्न जान्छौ। तर सधै पानी भरेर ल्याउँदा काँध दुख्छ त्यसैले साथीहरु मिलेर काठको मोटर बनाएका छौं सबैले त्यही मोटरको प्रयोग गरि पानी ल्याउने गर्दछौ।’
सडकको बिस्तार भएकाले पनि बालबालिकालाई पानी ओसार्न काठको मोटरले सहज गराएको छ। उनीहरुले काठको मोटर बनाएर भएपनि आफ्नो समस्या समाधान गराएका छन्। नयाँ जुक्ति नै लगाएर उनीहरुले काठको मोटर निर्माण गरी पानी ओसारेका हुन्। यसो गर्दा उनीहरुको काँध दुख्ने समस्या हुँदैन भने पानी ल्याउन पनि सहज हुन्छ। यस्तो समस्या नयाँटारका अधिकांस बालबालिकाको हो। त्यस क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधानका लागि पहल भैरहेको कार्यबाहक वडाध्यक्ष शक्ति थापाले बताए।
पानीको मुल नपाएकाले गाउँमा समस्या भएको हो। त्यहाँको खानेपानीको समस्या समाधान गर्न गाउँपालिकाले बजेट छुट्याएको हुँदा छिटै समाधान निस्कने विस्वास लिएको उनको भनाइ छ। पछिल्लोे समय त्यहाँको खानेपानीसमस्या समाधानका लागि बृटिस वेल्फेयरले प्रत्येक घरमा धारा जडान गर्नका लागि पहल गरिरहेको भएपनि कामले तीव्रता पाएको छैन। यस्ता संवेदनशील क्षेत्रमा स्थानीय तहले अधिकतम बजेट विनियोजन गरी छिटोभन्दा छिटो समस्या समाधान गर्न सके स्थानीयको वाहवाहीसमेत पाउनेछन्। त्यसैले जनताको सेवाको लागि जनप्रतिनिधि भएर आएको हुँ भनी उनीहरुको समस्यामा मात्रै चासो दिएर हल गर्न सके जनप्रतिनिधि उदाहरणीय बन्न सक्नेछन्।
पिउने पानी छैन कसरी धुने हात
कोरोनाको कहर अर्थात कोराना भाइरस (कोभिड– १९) का कारण महामारी फैलिदै गएपछि सरकारले पटकपटक साबुनपानीले हात धुन आमनागरिकलाई सुचना जारी गरिरहेको छ। बजार क्षेत्रका मानिसहरुले सुरक्षित रहन सेनीटाइजर र माक्सको प्रयोग गर्नुका साथै साबुन पानीले हात पनि धोएका छन्। तर, ग्रमिण भेगका बासीन्दा भने पिउने पानीको अभावमै जीउन बाध्य छन्। उनीहरुले राज्यलाई प्रस्न गरिरहेका छन्, यहाँका स्थानीयले कहिले घरमै धारा जडान गरी पानी उपभोग गर्न पाउँछन्। एक गाग्री पानी लिन घन्टौ हिँड्नुपर्ने बाध्यता छ। जसले गर्दा उनीहरु साबुनपानीले हात धुनबाटसमेत वन्चित भएका छन्। उता सरकारले कोरोनाबाट बच्नको लागि पटकपटक हात धुनुस् भनेको छ। यहाँका स्थानीयलाई भने पिउने पानीको समेत अभाव छ सोम कुमालले भने कसरी हामीले पटकपटक साबुनपानीले हात धुने।’ पिउने पानी पर्याप्त नभएकाले पनि उनीहरुको गुनासो सरकारसँग हो। ‘पानी भएनै पटकपटक हात धुने हो। तर घरमा पानी नै नभएपछि कसरी हात धुने। नयाँटारमा खानेपानीको समस्या वर्षौदेखि नै रहेको स्थानीय सुमन थापाले बताए।
राज्यले आफ्ना नागरिकको आधारभुत आवस्यकता परिपुर्तिका लागि पहल गर्नुपर्छ। समस्या र अभावमा जिउन बाध्य भएका आफ्ना नागरिकको समस्या समाधानमा पहल गरी उनीहरुलाई जीवन निर्वाह गर्नका लागि सहयोग गर्नुृपर्ने आजको टड्कारो आवस्यकता हो। तनहुँमा रहेका दश पालिका मध्ये देवघाट र घिरिङ गाउँपालिका अलि पिछडिएको स्थानीय तहमा पर्छन्। देवघाट गाउँपालिकामा भने विद्युत सेवा नपुगेका केही वडा छन्। ती वडामा करिव चारसय घरधुरी विद्युत् सेवाबाट बन्चित भएका छन् भने घिरिङ गाउँपालिकामा खानेपानीको समस्या छ। त्यहाँका करिव पचास घरधुरी खानेपानी सुविधाबाट बन्चित भएका छन्।