सुजीतकुमार‌ झा,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्गः १७ | श्रावण २०७७

कपाल काट्न नाई कहाँ होइन घरमै धेरैजसोले सेवा पाइरहेका छन

डा. विनिता शिवाली ठाकुरले सोमबार आफना पतिको कपाल काटेका छन। कपाल लामो भएकाले कस्तो कस्तो लाग्न थालेकाले जसरी तसरी कपाल काटेको उनले वताइन। पेशाले दूबै दम्पति चिकित्सक छन। शुरुमा श्रीमतिले कपाल काटिदिन्छुभनि सल्लाह दिदा कस्तो काट्छन लाग्थ्यो तर अहिले राम्रै काट्ेको जस्तो लागि रहेको डा. सज्जन ठाकुरले वताए। डा. सज्जन र डा. विनिता नयाँ कला सिकेकोमा अहिले खुशी छन।

लकडाउनका कारण नेपालभरीका सैलुनहरु बन्द रहेको छ। लकडाउनमा अली राहत दिएपनि सैलुनका लागि कुनै राहत छैन। यस्तोमा घरमै कपाल काट्ने धेरैले जुक्ति निकालेका छन। पैसाको बचत र कोरोना नलाग्ने ग्यारेन्टी पनि घरमै कपाल काट्नेले बनेको छ। सञ्चारकर्मी स्नेहा झाले आफना पति पूर्णेन्दू झाको कपाल काटेको फोटो समाजिक सञ्जालमा राखेपछि सयौ व्यक्तिले राम्रो प्रतिक्रिया दिएका छन। पूर्णेन्दू झाले भने मूड र लुक दूबै चेन्ज गर्न घरमै कपाल कटाएको वताए। स्नेहाको फोटो माथि सञ्चारकर्मी शैलेन्द्र महतोले लेखेका छन जब घरमै नाई छन भने शैलुनको कुन काम सबैको श्रीमतिले शिक्षा लिनुपर्छ। समय र रुपैयाँको बचतसंगै कोरोनाको कुनै भयत्रास पनि रहदैन उनले अगाडि लेखे।

महिलाले आफना श्रीमान र छोराछोरीको कपाल काट्ेको दर्जनो देखिएको छ तर श्रीमानले श्रीमतिलाई कपाल मिलाएको देखिएको छैन। के गर्ने पुरुषको कपाल नमिलेपनि हुन्छ तर महिलाको नमिल्यो भने व्यूटी पार्लर लग्नै पर्छ यो बाध्यताले पुरुष यो जोखिम मोल नलिएको एनजिओकर्मी संजय साहले वताए। तर डा. ठाकुर भन्छन हामी पनि महिलासंग के कम छु कुनै जुक्ति निकाली रहेछु। उनले पनि श्रीमतीको कपाल मिलाउने सोचमा रहेका छन। प्रदेश २ का वन मन्त्रालयमा रहेका अधिकृत बेचनकुमार महतोले आफूलाई श्रीमतीले नै कपाल काटी दिएको छ।

शुरुमा डर लाग्थ्यो कस्तो काटछ तर राम्रै काटेको जस्तो लागि रहेको उनले वताए। एकातिर घरमै सैलुनको प्रयोग भइरहेको छ भने अर्कोतर्फ नाईहरुको पेशा नै संकटमा परेको छ। दर्जनो नाईहरु काम नपाएर घरमै बस्न बाध्य भएका छन। जनकपुरधामका चर्चित नाई व्यवसायी रामअशिष ठाकुरले लकडाउनपछि एकदिन पनि सैलुन नखोलेको वताए। बजारमा पसलहरु खुल्न थालेका छन तर सैलुनमा कोही आउन चाहँदैनन उनले वताए। कतिले कुन कैचीले कपाल काटने गरिन्छ कैची कहाँ पाईन्छ त्यो पनि सल्लाह मोबाइलबाट लिने गरेको अर्का नाई व्यवसायी मदन ठाकुरले वताए। घरमै सैलुन खोल्ने तर्फ मानिसहरु सोच्न थालेका छन यसले संकेत दिएको जानकारहरु वताउँछन। केही पहिलासम्म दाह्ी, जुँगापनि सैलुनमै गएर सबै वनाउथे तर धेरैजसोले सेफ्टीरेजर किनेर घरमै बनाउन थालेका छन। नाइ कहाँ गएर दाह्ी, जुँगा बनाउँदा भन्दा घरमै बनाउँदा सजिलो र राम्रो लाग्ने गरेको राजनीतिकर्मी राजीब झाले वताए। कपाल यसअघिसम्म सैलुनमै गएर कटाउथे तर दाह्ी, जुँगा जहिलेपनि घरमै बनाउँदै आएको उनले वताए।

लकडाउन अझै लम्बियो भने कपाल काटने काज मानिसहरु घरमै गर्न थाल्छन कयो नाई व्यवसायीलाई चिन्तित बनाएको छ। जनकपुरधाममा महंगो महंगो सैलुनहरु खोलिएको छ। ग्राहकलाई आकर्शित गर्न एसी लगाउनका साथै वेल डेकुरेट सम्म सैलुनलाई गरिएको छ। महंगो भाडा तिरेर चोकमा सैलुन खोलिएको छ। यो व्यवसाय नै धरासायी हुने नाई व्यवसायीहरुलाई लागि रहेको छ।

तर अहिले नै चिन्ताको विषय नबनाउन नाई व्यवसायीलाई राम युवा कमिटी जनकपुरधामका पूर्व उपाध्यक्ष परमेश्वर साहले सल्लाह दिए। विकल्प नभएर मात्रै घरमा सैलुनका अहिले प्रयोग गरेपनि लकडाउन खुलेपछि फेरी सैलुनमै सबै जान थाल्छन उनले वताए। समाजिक कार्यकर्ता सोहन ठाकुरले जुन आनन्द सैलुनमा गएर कपाल काट्नमा छ त्यो घरमा हुन सक्दैन वताए। कपाल काटनेदेखि मसालसम्म सैलुनमा हुने गरेको उनको कथन रहेको छ।

कोरोना चाँडै समाधान हुने अवस्था छैन स्वास्थ्यका दुष्टिले पनि व्यक्तिगत सफाईका कार्यहरु आफै सिक्ने तिर सोच्नुपर्ने बेला आई सकेको जनकपुरधामका वरिष्ठ बाल रोग विशेषज्ञ डा. बलराम मिश्राले वताए।

घरमै गएर कपाल बनाउने कार्य शुरु

दोलखाको सदरमुकाम चरिकोटमा सैलुन खोलेका गौरीशंकर ठाकुरल अहिले व्यक्ति व्यक्तिको घरमा पुगेर कपाल काटन थालेका छन। कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर सैलुनमा कोही कपाल कटाउन नआएपछि ठाकुरले दैनिक टोल–टोलमा पुगेर कपाल काटन थालेका छन।

सर्लाही लालबन्दी घर भएका ठाकुरले लकडाउन सुरु भएको चार दिनबाटै यस्तो कामको सुरुवात गरेका हुन। सुरुमा घर जान नपाएर चिन्तित भएका ठाकुर घर गएपछि क्वारेन्टाइनमा राखिदिने डरले सदरमुकाम चरिकोटमा नै बसेर जिविकोपार्जन गरिरहेका छन। लकडाउनपछि ४० जनाको दाह्री, कपाल काटेर ठाकुरले मात्र ६ हजारसम्म कमाएका छन।

ठाकुर मात्र होइनन, उहाँ जस्ता ५ जना युवाहरुकोचरिकोटमा दैनिक प्रत्येक घररघरमा पुगेर आफुले चिने जानेको मान्छेको कपाल, दाह्ी काटेर बित्न थालेको छ। कपाल काटदै हिडने ५ जनामध्ये २ जना भारत विहारका हुन भने ३ जना सर्लाही जिल्लाका रहेका छन। गाउघरमा जाँदा विदेशबाट आएको मानिस पनि हुनसक्ने भएकाले चरिकोट आसपास नै चिने जानेको मान्छेको मात्र कपाल–दाह्री काटिरहेको अर्का व्यवसायी हरिशंकर ठाकुरको भनाई छ।

दोलखामा शैलुन व्यवसाय गर्दै आएका १५ जना भने आआफनो गृहजिल्ला फर्किसकेको छन। उनीहरुलाई जान चाहेमा स्थानीय प्रशासनले पास उपलब्ध गराइदिने बताए पनि आफनो जिल्ला पुगेपछि क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने थाहा पाएपछि सदरमुकाम चरिकोटमा नै सुरक्षित भएर बसेका हुन। पसल बन्द भएर दाह्री कपाल काटन नपाएका स्थानीयबासीले पनि घर–घरमा आएर सेवा दिएपछि सहजता महसुस गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *