उपेन्द्र खनाल,
वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७
बन्दाबन्दी लम्बिएसंगै देशभरको पर्यटनमा असर परिरहेको छ। धार्मिक, सास्कृतिक तथा ऐतिहासिक महत्वका संरचनासमेत यतिखेर पर्यटकको पर्खाइमा छ। यस्तै चपेटामा छ घाँसीकुवा। तनहुँको व्यास नगरपालिका १२ मा रहेको घाँसीकुवा कोभिड १९ का कारण सुनसान बनेको छ। बन्दाबन्दी अघि दैनिक हजारौको संख्यामा पर्यटकहरु घुम्नको लागि घाँसीकुवा आउने गरेको भएपनि पछिल्लो समय कोरोनाका कारण यो क्षेत्र सुनासान वनेको हो।
आदिकवि भानुभक्त आचार्यलाई साहित्यमा प्रेरित गर्ने घाँसीबाट निर्मित घाँसीकुवा सुनसान भएपछि साहित्यप्रेमीहरु समेत चिन्तीत बनेका छन्। विसेसगरी घाँसीकुवामा थकान र प्यास मेटाउन मानिसहरु यो ठाउँ रोज्ने गर्दछन्। पानी पनि चिसो र मिठो भएकाले राजमार्गमा चल्ने सवारी साधन समेत रोकेर प्यास मेटाइ जाने गरेको स्थानीय प्रेम पन्थले बताए। ‘लकडाउन हुनुभन्दा अगाडी यो क्षेत्रमा धेरै मानिसहरुको आवतजावत हुन्थ्यो। अझै भन्नुपर्दा टाढाटाढाबाट यो ठाउँमा पिकनिक खानसमेत मानिसहरु आउने गर्थे। चहलपहल राम्रै थियो तर पछिल्लो समय विस्वव्यापीरुमा फैलिएको कोरोना भाइरसका कारण बन्दाबन्दी लम्विएसँगै यो ठाउँ सुनसान हुन पुगेको हो।’
सोचेअनुरुप पुर्वाधार नहुनु र प्रचारप्रसार नहुदा ओझेलमा परेको घाँसीकुवा कोभिडका कारण झन् चपेटामा परेको छ जसले गर्दा साहित्यप्रेमीसमेत चिन्तीत छन्। व्यास १२ का स्थानिय उदयचन्द्र कडेलले पुर्वधार अभावका कारण सोचेअनुरुप चर्चामा आउन नसकेको घाँसीकुवा लकडाउनका कारण झनै ओझेलमा परेको बताए। धार्मीक पर्यटनको प्रचुर संभावना भएको यो ठाउँमा पर्याप्त पुर्वाधार निर्माण हुन नसक्दा घाँसीको समेत प्रचार हुन सकेको छैन। कोभिडका कारण मानिसको आगमन नहुदाँ घाँसीकुवा क्षेत्रपर व्यापार व्यवसाय गर्नेहरु पनि समस्यामा परेका छन्।
घाँसीकुवामा विसेषगरी मानिसहरु थकान र प्यास मेटाउन आउने गर्नुका साथै त्यहाँको मनोरम दृस्य समेत अवलोकन गर्दछन। पृथ्वी राजमार्गमा दैनिक आफ्नो सवारीमा यात्रा गर्दै आएका चितवनका खन्ट नारायण श्रेष्ठले लकडाउन अगाडी निकै चहलपहल हुने घाँसीकुवा अहिले प्रभावित बनेको बताए। ‘म प्रायजसो पोखरा जाँदा यही आएर पानी पिएर जाने गरेको छु।
यहाँ आएर पानीको प्यास मेटाउन पाउँदा मनै आनन्दित भएर आउँछ। त्यसमा पनि घाँसी र भानुभक्तको एकैठाउँमा भएको सालिकले इतिहासको झल्को दिन्छ,’ उनले भने, ‘त्यसैले पोखरा आउँदाजाँदा एकपटक घाँसीकुवाको पानी पिएर मात्रै जाने गर्छु।’ घाँसीकुवामा खन्ट नारायण जस्तै अन्य सवारीका चालकहरुसमेत एकपटक पानी पिएर जाने गरेका छन्। यो क्षेत्र पर्यटकीय र ऐतिहासिक दृष्टिकोणले महत्वपुर्ण मानिन्छ। पृथ्वी राजमार्गमै रहेकाले पनि राजमार्गमा यात्राको क्रममा थकित हुने पर्यटक एवं यात्रुहरु गाडी रोकेर घाँसीकुवाको पानी खाएर विश्राम लिने गर्दछन्।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त भैकन आज यस्तो। भर्जन्म घाँसतिर मन दिइ धन कमायो नाम केही रहोस पछि भनेर कुवा खनायो। आदिकवि भानुभक्त आचार्यलाई साहित्यमा लाग्न प्रेरणा दिने घाँसीद्धारा निर्मित घाँसीकुवाको प्रचारप्रसार गर्न सके कोभिड पछि यस क्षेत्रको साहित्यिक पर्यटनमा बृद्धि हुने अपेक्षा गरिएको छ। बन्दावन्दीका कारण घाँसीकुवा मात्र नभई जिल्लाका अन्य पर्यटकीय स्थलहरु समेत यतिखेर पर्यटक कुरिरहेका छन्।