रंजन झा,
वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७
अंग्रेजी नयाँ वर्ष २०२० को पूर्व सन्ध्या अर्थात दिसेम्बर ३१ तारिखका दिन चीनको वुहान शहरमा एउटा अनौठो किसिमको भाइरसले संक्रमित व्यक्ति भेट्टिए। कोरोना भाइरस भनिने यो भाइरसलाई पछि गएर कोभिड नाइन्टीन नामाकरण गरियो। यो भाइरस केही दिन मै चीनबाट युरोप, अमेरिका, अफ्रिका र एशियाका विभिन्न मुलुक हुँदै नेपालसम्म आइपुग्यो।
चीनबाटै आएका एक नेपाली नागरिकमा पनि यो भाइरसको संक्रमण देखियो। सामान्य उपचार पछि उनी निको पनि भए तर २१ औं शताब्दीमा कुनै पनिकुरा स्थानीय मात्र रहन सक्दैन। भाइरस देखा परेको केही दिन मै विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गर्यो। नेपालमा पनि फाट्टफुट्ट संक्रमित फेला पर्न थाले पछि सरकारले चैत ११ गते लकडाउनको घोषणा गर्यो। कोरोना भाइरस रोकथाम र नियन्त्रणका नाममा विभिन्न समितिहरु बने तर सरकारी निकायहरुबीच समन्यवयको अभाव र लकडाउन प्रभावकारी हुन नसक्दा देश कोरोनाको दलदलमा फँस्दै गयो।
एकतर्फ कोरोना भाइरसको संक्रमण र अर्का तर्फ सरकारले घोषणा गरेको लकडाउनले सर्वसाधारणको दैनिकी कष्टकर बन्न थाल्यो। सरकारविरुद्धको निरासा बढदै गएपछि विभिन्न ठाँउमा प्रदर्शन हुन थाले। तर सरकार भने समिति र आयोग गठन गरेर औपचारिकता पुरा गरि रहयो र देशको अवस्था झनै विग्रदै गयो।
२०७२ सालमा आएको विनासकारी भूकम्पले जर्जर बनाएको नेपालको अर्थतन्त्र पछिल्लो दुई – तीन वर्ष देखि विस्तारै लयमा फर्कने जमर्को गरिरहेको थियो। भुकम्प गएकै वर्ष अर्थतन्त्रले उल्लेख्य उपलब्धी हासिल गर्न नसकेपनि विगत केही वर्षदेखि नेपालको आर्थिक बृद्धी दर सात प्रतिशतको हाराहारीमा थियो। गत आर्थिक वर्षमा समेत करिब ८ प्रतिशतको आर्थिक बृद्धीदरको लक्ष्य लिएर सरकार अगाडी बढेको थियो। तर,चैत ११ गते घोषणा गरिएको लकडाउनका कारण आर्थिक गतिविधि पुर्णतः ठप्प भयो र यो अझै पनि पुरानो अवस्थामा फर्कन सकेको छैन।
विश्वका हरेक राष्ट्रले ठप्प रहेको आफनो अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न किसिमका सहुलियत प्याकेज ल्याएका छन। अमेरिका होस या युरोपेली राष्ट्र फ्रान्स वा छिमेकी मुलक भारत नै किन न नहोस आफनो अर्थतन्त्रलाई चलायमान बनाउन उनीहरुले सक्दो सहुलियत कार्यक्रम ल्याए। नेपालमा आम नागरिकका साथै उद्योगी व्यवसायी पनि सरकारसँग राहत एवं सहुलियत प्याकेजको अपेक्षा गरिरहेका थिए। तर, सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि उल्लेख्य कुनै कार्यक्रम ल्याउन सकेन।संक्रमण देखिएको केही दिन मै सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गर्यो तर खरिद प्रकिया स्वच्छ र पारदर्सी बन्न सकेन। भ्रष्टाचार र खरिदमा ढिलाईका कारण कोरोनाले विस्तारै भयावह रुप लिन थाल्यो।
कोरोनाका कारण आम नागरिकमा सरकारविरुद्ध आक्रोस बढिरहेकै बेला प्रधानमन्त्री केपी ओलीले दल विभाजनसंबन्धि विधेयक ल्याएर नेता , कार्यकर्ता र सर्वसाधारणको ध्यान मोडन सफल भए। वास्तवमाकोरोना कालमा प्रधानमन्त्री ओलीले आफनो अकर्मन्यता ढाकछोपका लागि देश र जनतामाथि प्रहार गरेको यो पहिलो अस्त्र थियो र उनी सफल पनि भए।
कोरोना महामारीको नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री ल्याउने जिम्मा आफु निकट समुहलाई दिएको भन्दै प्रधानमन्त्रीको चौतर्फी आलोचना भयो भने कतिपयलेउनको राजिनामा समेत माग गर्न थाले। पार्टी भित्रै पनि कमजोर भइसकेका ओलीले अर्को अस्त्र प्रहार गरे र यो अस्त्र थियो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटने गरी नयाँ नक्सा जारी गर्नु। दोस्रो अस्त्र पहिलोभन्दा पनि अचुक बन्यो र प्रधानमन्त्रीको राजिनामा माग गर्नेहरुले पनि उनलाई राष्ट्रवादीको जामा पहिराएदिए।
पछिल्लो समय नेपालमा भारतविरोधी राष्ट्रवादको लहर नै चलेको छ। आफनो दोस्रो अस्त्र पनि निसानामा लागेपछि प्रधानमन्त्री ओली झनै हौसिए रसंसद मै भारतको भाइरस कडा, भारत सिंहमेव जयतेको पथमा अघि बढेको जस्ता उग्र एवं गैरजिम्मेवार अभिव्यक्ति दिएरवाहवाही पाउन सफल भए। साथै लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा राखेकै कारण भारतले मलाई पदबाट हटाउन ठुलै षड्यन्त्र समेत गरे।
देश कोरोना र लकडाउनका कारण जर्जर बनिरहेको बेला उनी भारतविरोधी अभिव्यक्ति दिएर लगातार चर्चामा रहे। त्यसपछि आयो नागरिकता विधेयक, सरिता गिरी काण्ड, बेसार काण्ड। यसरी हरेका साता चलाइएको नयाँ हल्लाले कोरोनालाई बिर्सायो। यद्यपी यो अवधीमा देशको अर्थतन्त्र धरासायी बनिसकेको छ।आर्थिक कारोबार ठप्प, रोजगारमा कटौती, विशेष गरी नीजि तथा असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुको जीवन दिनानुदिन दयनीय बनेको छ।देश कै महत्वपुर्ण मानिने शिक्षा क्षेत्र तहस नहस भइसकेको छ। विद्यार्थीहरुलाई सिकाईमा फर्काउन कुनै ठोस कार्यक्रम आएको देखिदैन। विद्यालयहरुले आफुखुसी कार्यक्रमहरु ल्याउदा यसले आगामी दिनमा नयाँ समस्या सिर्जना गर्ने संकेत देखिएको छ।
यसैगरी कोरोना नियन्त्रणका लागि निर्माण गरिएको क्वारेन्टीनहरु बधशालामा परिणत हुँदै गए पछि जनतामा निरासा र आक्रोस थपियो। उनीहरु पुनः आन्दोलनमा उत्रिए र सरकारले १० अर्ब कहाँ खर्च गर्यो भन्दै हिषाब माग्न थाले। आफनै दल भित्रपनि प्रधानमन्त्री ओलीको विरोध हुन थालेपछि उनले बह्रमास्त्र प्रहार गरेका छन। भगवान रामको जन्मभुमी अयोध्या नेपाल मै रहेको अभव्यिक्ति दिएर उनले आफु विरुद्धको आवाजलाई फेरी दबाउन सफल भएका छन।
रामायणको सत्यता वा भगवान रामको जन्म लगायतका विषयहरु अध्ययन, अनुसन्धान र अन्वेषणका विषय हुन। तर, प्राचिन काल देखि चल्दै आएको आस्था र मान्यताविरुद्ध अभिव्यक्ति दिएर ओली फेरी एक पटक चर्चाको शिखरमा पुगेका छन। हुनत प्रधानमन्त्रीको अभिव्यक्तिलाई २४ घन्टा भित्रै परराष्ट्र मन्त्रालयले सच्याएकोले पनि उनको हैसियत स्पष्ट पारिसकेको छ।
कोरोनाले देशको अर्थतन्त्रमा कति क्षति गर्यो अहिले नै भन्न सक्ने अवस्था छैन तर एक दिनको बन्दले डेढ देखि करिब पौने दुई अर्बको हाराहारीमा देशलाई नोक्सानी हुने गरेको छ। सामान्य अंकगणितका हिषाबले हेर्दा पनि यो अवधीको क्षति साढे दुई खर्ब नाघिसकेको अवस्था छ। रोग नियन्त्रणका नाममा भएको खर्च पनि यसमा जोडने हो भने यो रकम अझ धेरै बढनेछ। अप्रत्यक्ष क्षतिको त कुनै हिषाब नै छैन, भोकमरीका कारण मानिसहरु आत्महत्या गरिरहेका छन तर प्रधानमन्त्री भारतलाई गाली गर्दै कुर्सी बचाइरहेका छन।
यसै अवधीमा एउटा अर्को तमासा पनि देखियो।पार्टीका शिर्ष नेताहरुबीच दुरी बढदै गएको बेला नेपालका लागि चीनिया राजदुत हउ याङछी नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुलाई भेटदै आएकी छन। कारण जे सुकै होस तर विदेसी कुटनीतिज्ञलाई यसरी स्थान दिनु पक्कै राम्रो होइन। यही स्थान दिदा कुनै समय नेपालको संसदमा भारतीय कुटनीतिज्ञ बस्ने गरेका थिए। अर्कातर्फ विगतमा नेपालमा भएका झिनामसिना परिवर्तनप्रति टिप्पणी गर्दै आएको भारतको संस्थापन पक्षले उसप्रति लगातार विषवमन भइरहदा पनि मौन देखिनुलेअवस्थालाई झन रहस्यमय बनाएको छ।