वर्षः ०२ | अङ्कः १५ | माघ २०७६

मुलुकको शासन र बिद्यिलाई जनताको इच्छाअनुरुप सुशासन, न्याय र स्वस्थता प्रदान गर्ने काम सरकार र समाजको काँद्यमा हुने गर्दछ । त्यही अनुरुप जनताको स्वतन्त्रता र स्वाभिमानलाई पहिचान र स्थापित गराउन विभिन्न कालखण्डमा अनेकौं सपुतहरुले दिएको सहादतले शसनसत्ता र समाजको निर्माण हुन्छ । केही सिमित व्यक्तित्वको पहल, दुरदर्शिता र नेतृत्वको कारण समाज, जनता र राष्ट्रले गति लिएको हुन्छ । यिनै व्यक्तित्वहरु आफुलाई समाज, परिवार र सिमित जिम्मेवारीबाट माथि उठेर राष्ट्र र जनताकालागी आफुलाई समर्पित पार्दै संसार छाड्न बाध्य हुन्छ तर समझौता र शिर निहुर्याउदैनन् । फलस्वरुपल हामी शहीद घोषणा गर्दछौ ।

सवाल सहीदको सहादतको हो ? के राज्यका लागी गरेको उनीहरुको बलिदान आज सार्थक छ ? जनताले त्यो अनुभुती गर्न पाएको छ ? उनले गरेको बलिदानको सम्मान र हक उनका परिवारले भोग्न वा गर्व गर्न पाएको छ ? राजनीति र राजनीतिज्ञले उक्त ज्ञान र त्यागको विरासतलाई समहाल्न र चलाउन सकेका छन् ? विवेक, अपनत्व, भाइचारा एवं सुविधा र समृद्धिको अनुभुति गर्न पाएका छन् ? अवस्य पनि हामी शहीदको सम्झना गर्दा यो सवालहरु तेर्सिने गर्दछ । राणा शासन विरोधी आन्दोलनमा लागेकै कारण वि.स. १९९७ माघ १०–१६ सम्ममा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द मारिएका थिए । उनीहरुकै स्मरणमा वि.स. २०१२ देखि माघ १६ लाई शहीद दिवस तथा माघ १०–१६ लाई औउपचारीक रुपमा शहीद सप्ताह मनाउने गरिन्छ । विषय सम्मान र समावेश मात्र नभई राज्यले यिनका परिवार र आदर्शलाई आत्मसाथ गर्न नसकेको सन्दर्भ हो । दशरथ चन्द, शुक्रराज, धर्मभक्त र गंगालाललगायत दुगानन्द झा जस्ता अनेकौ शहीदको पनि हो जसले आफ्नो बलिदान राष्ट्र र जनताकालागि गरे ।