वीरेश राई,

वर्षः ०२ | अङ्कः १५ | माघ २०७६

गोल्फे बजार सङ खुवासभाको खाँदबारी नपा ४ पाङमाको अरुणधान डाँडामा लाग्ने गर्दछ । वि.सं. १९९६ सालदेखि माघे संक्रान्तिका अवसरमा लाग्दै आएको गोल्फे बजारलाई यो वर्ष समाजसेवी नरजीत राईको अध्यक्षतामा बजार व्यवस्थापन समिति नै गठन गरेर बजारलाई अझ व्यवस्थित गरिएको थियो । बजारलाई बिगतका वर्षहरुभन्दा हँसिलो र रसिलो बनाउनका लागि साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममाा प्रमुख अतिथिको रुपमा पूर्व साँसद टङ कप्रसाद राई उपस्थित थिए । सरोज राईद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रममा कार्यक्रम सञ्चालक युद्ध लोहरुङले ’गोल्फे को हुन ? कसरी यो बजारको नाम गोल्फे रहन गयो ?’ यो विषयमा खेतलदै जाँदा–गोल्फेको खास नाम जरवार रहेको भेटियो । भगीवन्तका छोरा हुन जरवार ।
भगीवन्त रङगशाला यहाँहरु सबैलाई थाहै छ । उनै भगीवन्तले जरावरलाई वाल्यकालमा प्यारो गरेर बोलाउने नाम हो गोल्फे । ‘वीरेश राईले प्रसङ जोडे –’गोल्फेको पनाती हुँ म । मेरो बाजे तर्कमानले आफ्नो दिवङगत पिताको सम्झानामा चौतारो बनाउनु भएको थियो र वार्षिकी (माघे संक्रान्ति)का दिन निम्तालुहरुलाई खानपान गराइसकेपछि नाचगान गरिएको थियो । त्यसैको निरन्तरता हो यो आजको बजार ।
उहाँले यसरी बजार लगाउनु पर्ने एउटा कारण आफ्नो बाबुको नाम अमर राख्नु र अर्को दोस्रो कारण यहाँ (पाङमा) का बलबैँस भएका तन्नेरी तरुनीहरु माघे संक्रान्ति बजार भर्न टाढा टाढासम्म जान्थे तर बुढाबुढी, केटाकेटी र चुलोचौका छाड न नमिल्ने महिलाहरु जान पाउँदैन थिए, सक्दैन थिए । मेरो बाजेले उनै जान नसक्नेहरुका लागि आफनै गाउँठाउँमा यो बजार लगाउनु भएको थियो । यही कारणले यो बजारको नाम गोल्फे रहन गएको हो । यो कुरा मैले मेरा काकाहरु लालबहादुर राई र रुद्रबहादुर राईबाट जानकारी पाएको हुँ भनेर विरेह राइले प्रष्टाए।’
प्रमुख अतिथि पूर्व साँसद टङ कप्रसाद राईले भने – ‘तपाईँ हाम्रो पितापूर्खाको नाममा बजार लाग्नु निश्चय नै गौरवको कुरा हो । गोल्फे बजारलाई व्यवस्थित गर्दै लानुपर्छ । यसलाई मासिक रुपमा, औँसीपूर्णेमा गर्दै साप्ताहिक रुपमा लगाउने तर्पm हाम्रो ध्यान जानु पर्छ ।’

भानुसाझा पुस्तकालय भवन

मोरङका सुन्दरहरैचा नपा ५ तीनपैनी बजारमा रहेका भानु साझा पुस्तकालयका नवनिर्मित एकतल भवन प्रमुख अतिथि लालवावु पण्डितल उद्घाटन गरेका छन् । पुस्तकालयका सभापति पुरन राईका सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि विकास बैँकको मुख्य कार्यालय काठमाण्डैंको तर्फबाट सहया ग गरिएका रु ४,७५,०००|– मूल्यको पुस्तक राख्ने ८ वटा र्याक , ३ वटा कम्प्युटर र एउटा ल्यापटप बैंकका महाप्रबन्धक अनिल उपाध्यायले पुस्तकालयका सभापति राईलाई हस्तान्तरण गरेका छन् । बैँक र पुस्तकालयबीच र्याक र कम्प्युटर लिने दिने कार्यका संयोजक कवि अनिल पौडेल हुन् । कवि पौडेल पुस्तकालयका पूर्व पुस्तकध्यक्ष र बैंकका पूर्व कर्मचारी हुन् । यही कार्यक्रममा वडा नं. ६ को कार्यालयका तर्फबाट सहयोग गरिएको रु १,५०,०००|– मूल्यको ३ थान कम्प्युटर वडाध्यक्ष जीवन राईल पुस्तकालयका सभापतिलाई हस्तान्तरण गरेका छन्।
पूर्व साँसद एवम् पुस्तकालयको पूर्व सचिव गुरु बराल विशिष्ट अतिथिका रुपमा उपस्थित कार्यक्रममा पुस्तकालयका पूर्व साहित्य सचिव ज्ञानेन्द्र ओझाल पुस्तकालयको इतिहासको पानाहरु पल्टाउँदै प्रमुख अतिथि पण्डितलाई आग्रह गरे ’ एउटा काठको दराजबाट शुरु भएको हो यो पुस्तकालय । केही वर्षपछि वीरबहादुर तामाङ जेठा तामाङ)ले आफना छोराका स्मृतिमा बनाउनु भएका काठको दुईतल धर्मशाला हुँदै आज यो अवस्थामा आइपुगे को छ । हाम्रो उद्देश्य यो भवनलाई तीन तले बनाउन हो । यसकार्यकोे लागि माननीय पूर्व मन्त्री लालवावू पण्डितज्यूलाई सहयोग गरिदिन हुने पुस्तकालयका तर्फबाट हार्दिक अनुरोध गर्दछु । २७ सालमा स्थापित पुस्तकालयमा रङकै जेठा पुस्तकालय मध्य को एक हो । यो पुस्तकालयले अनिल पौडेल जस्ता कवि जन्माएको छ ।’
प्रमुख अतिथि माननीय पण्डिले यसै कार्यक्रममा पुस्ताकालयद्वारा प्रकाशित फूलबारी गजल विशेषाङ्कका पनि लोकार्पण गरेको छन् । उक्त गजल विशेषाङ्कको समीक्षा साहित्यकार देवी पन्थीले गरे भने ‘यो पूmलबारी गजल विशेषाङ्क ६८ सालमै प्रकाशित भइसकेको रहेछ । आठ, नौ वर्षपछि आज लोकार्पण भयो । उक्त फुलबारी गजल विशेषाङ्कका प्रधान सम्पादक एवम् पुस्तकालयको निवर्तमान सभापति वीरेश राईल भने ’ ‘मैल शिलान्यास गरेको भवन आज ७ वर्ष ७ महिना २८ दिनमा माननीय पूर्वमन्त्री लालवावु पण्डितज्यूबाट उद्घाटन हुँदा म धेरै खुसी भएका छु। त्यो नक्सा ५६ सालमा पुस्तकालयको स्मारिकामा प्रकाशित गर्यो। स्मारिकामा छापिएको नक्सा देखाउँदै मलाई सोध्नु भएको थियो हाङलीसा ‘ (राई भाषा भानिज) यो नक्सा अनुसारका भवन बन्ला त ? उहाँलाई विश्वास थिएन – यो भवन बन्छ भन्ने कुरामा । उहाँलाई मात्र हो इन, धेरैलाई विश्वास थिएन।’ कुरा जोडे वीरेशले – ’अघि काठको दराजको कुरा आएको थियो पूर्व वक्ता ज्ञानेन्द्र ओझाबाट । त्यो दराज मेरो वुवाले दिनुभएका थियो । मेरो वुवा स्वर्गीय भरत राई यो पुस्तकालयका संस्थापक कोषाध्यक्ष हुनुहुन्थ्यो ।’