सुजीतकुमार झा,
वर्ष: ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६
बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा विशेष पूजा शुरु भइसकेको छ । झूण्डका झुण्ड भक्तजनहरु त्यहाँपुगी रहेको छ । वारा पर्साका होटेलहरु शुरुकै दिनमा भरिएका छन् । हरेक पाँच वर्षमा लाग्ने मेलाको आकर्षण गढीमाईमा देख्न सकिन्छ । लाखौं धार्मिक पर्यटक यसपाली पनि आइपुग्छन् मन्दिरका पुजारी मंगल चौधरीले वताए ।
एक महिना लाग्ने यो मेला नेपालकै ठूला मेलामध्येको एक हो । मंसिर १७ गते देखि १९ गतेसम्म विशेष वलिप्रदान भएको छ । पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरी आफ्नो भाकल गनेर् र अकोर् मेलामा बलि चढाउने आस्था रहेको धार्मिर्क जानकारहरु वताउँछन ।
देशका प्रमुख सय पर्यटकीय गन्तव्यमा परेको गढीमाईमा भारतका धेरै जनसंख्या भएका राज्यहरू बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित पूरै भारतका विभिन्न क्षेत्र, बंगलादेश, भुटानबाट पनि श्रद्धालु आइपुग्छन् । नेपालका पनि सबैजसो जिल्लाबाट धर्मालवम्बीहरु पुग्नेगर्छन् ।
पिठ छेवैको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदीदैविक र आधिभौतिक नाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर रहेको छ । मन्दिरबाट पूर्व दक्षिणतिर पीपलबोटसँगै रहेको ब्रह्मस्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ र लिपपोत गरी गढीमाईलाई स्वागत गदैर् पाँच दिनसम्मको पूजा गरिसकेपछि अन्य दर्शनार्थीहरूको लागि दर्शन खुला गरिने प्रचलन छ ।
गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । सँगै गढीमाईका बहिनीहरू कटबासीमाई, र्ककालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिने धार्मिक विधि रहेको मूल पुजारी चौधरीले बताए ।
विगतका मेला करिब एक करोड अनुमान गरिएकोमा करिब ८० लाख भक्तजन आउने गरेका थिए । यस पटक करोड पुग्ने समितिको अनुमान छ । मेला अवधिभर बारामा करोडौंको खाद्यान्न, पानी, चुरोट, मदिरा, मासु, चिउरा, पेय पदार्थ आदिको व्यापार हुने र अत्यधिक भारतीय रुपैयाँ भित्रिने गर्दछ । भारतीय सवारीसाधनमा समूह बनाई भारतीयहरू परिवारसहित सातादिनसम्म पूजाआजा गरी मेला हेनेर् र समूहमै खाना बनाएर खुल्ला स्थानमा सुत्ने गर्दछन् । पछिल्लो समय नेपालका विभिन्न स्थानहरूबाट पनि मेलाको समयमा मन्दिर आउने क्रम बढ्दो रहेको छ ।
बलि प्रदान कार्यक्रम
कडा तान्त्रिक र धार्मिक विधिबाट मानव रगतसहितको पञ्चबलिपछि गढिमाईमा बलि भाकल लिएर आउनेहरूका लागि बलि खुल्ला गरिनेछ । देवीलाई दिइने पञ्च बलिमध्ये सेतो २ मुसा पुजारीहरूको समूहले १७ गते वनमा गई तान्त्रिक पूजा गरिसकेपछि मुसा आफैं भेटिने र उक्त मुसासहित रातको २ बजेदेखि पूजा प्रारम्भ गरी बोका, लोकल कुखुरा भाले, सुँगुर, परेवा र मानव रगत ५ थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफै प्रज्वलित हुने गर्छ ।
दियो प्रज्वलित भएपछि लगत्तैै हाँसको ५ वटा अण्डा बलि दिई अण्डामै त्रिशूल गाडिन्छ । अनि ५ वटा राँगा मन्दिरकै मौलामा बलि गरेपछि बलि सबैका लागि खुल्ला हुने प्रचलन रहिआएको छ । करिब २ सय ५० जनालाई बलि मार हान्न सरकार र समितिले अनुमति दिने र उनीहरूले मात्रै पशुलाई मार हान्ने अधिकार प्राप्त गनेर् छन् । पुह खोला र बाल गंगा खोला बीच मन्दिरको १ किलोमिटर वरपर धार्मिक विधिबाट तोकिएको सिमामा बलि हुने गर्दछ । भाकल गरेका राँगाहरू बलिपश्चात त्यही छोडेर जाने र उक्त मासु केही समुदायले प्रसादको रुपमा घर लैजाने चलन रहेको छ ।
गढीमाई स्थापनाको कथा
करिब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई देवीको स्थापना बारा सिम्रौनगढका तिरहुतेहरूको शासनकालमा भएको मानिन्छ । कुनै समयमा थारू जातिका एक व्यक्ति मकवानपुर गढीमा बन्दीका रूपमा थुनिएका रहेछन् । उनलाई उक्त गढीमा रहेकी देवीले सपनामा आफूलाई त्यहाँबाट कतै लगेर स्थापना गर्न सल्लाह दिइछन् । ती कैदी त्यही रात जेलबाट छुटेछन् र त्यहाँकी देवीलाई बरियारपुरमा लगेर स्थापना गरेछन् । त्यसपछि गढी माईमा तिनै व्यक्ति पुजारी बनेछन् स्थानीयवासीहरु वताउँछन ।
हालसम्म पनि गढी माईमा तिनकै सन्तान पुजारी रहेको विश्वास गरिन्छ । सिम्रौनगढबाट भागेका हरिसिंह देव र उनकी रानी देवलदेवी एक रात यही गढी माईस्थानमा बास बसेछन् । किंवदन्ती अनुसार, उनीहरूले साथमा लिएर हिँडेकी तुलजादेवीको एउटा अंश गढी माई क्षेत्रमै छ । बारा, बरियारपुरकी गढी माईलाई साक्षात् देवी मानिन्छ । यिनले इच्छा पूरा गर्र्दिछन् भन्ने जनविश्वास रहेको पुजारीहरु वताउँछन ।
स्थानीय जनश्रुतिअनुसार, कुनै बेला त्यस भेगमा रस्सागुरु नामक एक जना सिद्ध व्यक्ति रहेछन् । उनी देवीलाई प्रसन्न पारेर बाघहरूलाई आफ्नो अधीनमा लिन्थे र गोरु तथा राँगासरह अन्नपातको दाउनी गर्न प्रयोग गर्दथे । गढी माईमा प्रत्येक पाँच वर्षको पूजा एकै पटक सम्पन्न गनेर् चलन छ । त्यस अवसरमा सेतो मुसा, पाठो सुँगुर र राँगाको बलि दिइन्छ । मन्दिरका तर्फबाट पूजा गरी बलि दिएपछि मात्र भक्तहरूलाई पूजा तथा बलिका लागि अनुमति दिने चलन रहेको छ । एकै पटक सबैभन्दा बढि संख्यामा राँगाको बलि दिइने स्थान पनि गढी माई नै हो । यी देवीले भक्तको मनोकांक्षा पूरा गनेर् जनविश्वास रहेकाले मेलाका अवसरमा यी माईलाई पशुबलि दिनेहरूको ठूलो भीड लाग्ने गरेको हो । ८० प्रतिशत भारतियले बलि चढाउन आउने गर्दछन् । अघिल्लो मेलामा भारतले रोक्दा रोक्दै पनि १८ हजार राँगा र लाखौ बोका, हाँस, कुखुरा बलि चढेको थियो ।
बलि प्रदान रोक्नेहरुको सक्रियता
कसैले आस्थाले भगवानलाई चढाउन ल्याउने बलि रोक्न नमिल्ने र रोक्न नसक्ने मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए । भक्तजनहरूमा गढीमाईको आस्था बढ्दै गएको बताउँदै उनले २६ वर्षदेखि प्रत्येक मेलामा बलि बढेको देखेको दाबी गरे । अघिल्लो पटकको पञ्चवर्षीय मेलामा एक करोड ५ लाखभन्दा बढी भक्तजनले गढीमाई दर्शन गरेको, २५ हजार राँगा र २० हजारभन्दा बढी बोका बलि दिइएको गढीमाई मेला व्यवस्थापन समितिको तथ्यांकले जनाएको छ ।
मूल पुजारी चौधरी भन्छन््, हामीले कसैलाई बलि लिएर आउ भन्ने होइन, आस्थाले ल्याउने गर्छन् । राँगा, बोका, सुँगुर, मुसा, हाँस, कुखुरा र परेवाको बलि दिने गरिन्छ ।
वलि रोक्न केही अभियानीहरुवषोर्देखि कार्यगरिरहेका छन््् तिनीहरुले सो क्षेत्रमा पर्चा पम्प्लेटहरु ठाउँ ठाउँमा वितरण गरिरहेका छन् । तर यसको प्रभाव खासै नपरेको स्थानीयवासीहरु वताउँछन् ।
प्यागोडा शैलीको मन्दिर
प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिर भित्रको देवीमूर्ति करिब १५० वर्ष पहिले उपेन्द्रविक्रम शाहले स्थापना गरेको इतिहास रहेको छ । नेपालको अन्य मन्दिरको हिसाबले धेरै ठूलो नभएपनि आकर्षक रहेको त्यहाँ गएपछि जोकोहीले अनुभव गर्न सक्छन् ।
मेला अवधिभर भारतको विभिन्न राज्य तथा नेपालको गरी करोडौंको संख्यामा पर्यटक एवं भक्तजन उपस्थित हुनु र पूजाअन्तर्गत विशेष दीप प्रज्ज्वलित हुनु तथा लाखांैको संख्यामा बलि दिइएको पशु रगतमा झिंगा नलाग्नु गढीमाई मेलाको थप विशेषता हो ।
सदरमुकाम कलैयाबाट ७ किमी पूर्व महागढीमाई नगरपालिका–१ बरियारपुरमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्रमा पुग्न यातायात सुविधा प्रशस्त छन् । राजधानी काठमाडौंबाट कलैयासम्म दैनिक दिवा तथा रात्रि बस सेवा, टाटा सुमो सेवा सञ्चालना रहेका छन्न । हवाईमार्गबाट सिमरा पुगी वीरगन्ज हुँदै यहाँ सजिलै पुग्न सकिन्छ । भारतीय पर्यटकहरु रक्सौल हुँदै वीरगन्जबाट पनि त्यहाँ पुग्ने गर्छन ।
लाखौं भक्तजन दर्शन गनेर् र ठूलो संख्यामा पशुबलि दिइने गढीमाई मेलामा दर्शनार्थीका लागि डिलक्स शौचालय निर्माण गरिएको छ । सडक, विजुली, बजार व्यवस्थापन, सवारी पार्किङस्थल, खानेपानी सरल सुलभ व्यवस्था गरिएको छ । विगतभन्दा यस वर्ष महागढीमाई मेला व्यवस्थापन मुल समितिले मनोरञ्जन ठेक्का १ लाख २२ हजार, जग्गा ठेक्का ६५ लाख, गाडी पर्किङ ठेक्का ८ लाख ५ हजारमा लगाएको छ । गत वर्ष राँगा ठेक्का १ करोड ६० लाखमा लगाइएको थियो भने यस वर्ष मेलामा ठेक्का प्रक्रियामै छ ।
गत पञ्चवर्षीय मेलामा लाखौं भतmजनले गढीमाईमा चढाएको भेटीको ठेक्का ४० लाख ५० हजारमा लगाइएको थियो । मेलामा चढाइएको भेटी मन्दिरका पुजारीले भोग गदैर् आएका छन् भने यसवर्ष मन्दिरमा संकलन भएको कुल भेटीमध्ये ४५ प्रतिशत पुजारीलाई दिइनेछ । बाँकी मन्दिरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने गढीमाई मेला व्यवस्थापन मुल समिति महासचिव मोतिलाल कुशवाहाले जानकारी गराएका छन् ।