संजीव सिंह,

वर्षः ०२  | अङ्गः १४ | मंसिर–पौष २०७६

युवा जोस जाँगरको प्रदर्शन, प्रतिस्पर्धा र मेलमिलापको अनुपम संगम हो – खेलकुद । राष्ट्रको गहना एवं सम्मानको दह्रो उदाहरण हो – खेल र खेलाडी । यसै सन्दर्भमा हालै नेपालले १३औं दक्षिण एशियाली खेलकुद (साग) आयोजना गर्ने अवसर पायो । अवसर र कीर्तिमानको रुपमा खेलकुदलाई परिभाषित पनि गर्ने गरिन्छ । यसैलाई चरितार्थ गर्दै सागमा ५१ स्वर्ण हात पार्दै नेपाली खेलाडी र नेपालले अविस्मरणीय इतिहास रच्न सफल भएको छ । सात राष्ट्र सम्मिलित सागमा नेपालले पाएको उपलब्धिसँगै दोस्रो स्थान हासिल ग¥यो ।

 दुई दशकपछि साग नेपाल फर्किएको हो । मंसीर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरधाममा आयोजना भएको साग नेपालको लागि उपलब्धि बन्यो । तीन घण्टा लामो उद्घाटन सत्र भव्य र उल्लासमय थियो । १५ हजार कलाकारद्वारा नेपाली कला, संस्कृति र मौलिकता समेट्दै संघीय नेपालको सातवटै प्रदेशसँगै हिमाल, पहाड र तराईको झझल्को आउने गीत, नृत्य एवं सांस्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए । दशरथ रंगशालामा कृत्रिम लाइट र आतिशबाजीको विशेष रौनकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उदघाट्न गरिन् । नेपालले तेस्रोपटक आयोजना गरेको सागमा ओलम्पियन जितबहादुर केसीले रंगशालामा साग ‘टर्च’ भिœयाए भने वैकुण्ठ मानन्धर, दीपक विष्ट, उमेश मास्के, राजेन्द्र भण्डारी, नयना शाक्यले रंगशाला परिक्रमा गराएका थिए । मार्चपासमा कमलबहादुर अधिकारीले नेपाली झण्डा बोकेका थिए भने खेलाडीको तर्पmबाट सागको शपथ क्रिकेटर पारस खड्का तथा निर्णायकको शपथ व्याडमिन्टर अम्पायर दीपक थापाले लिएका थिए । कार्यक्रमको अन्त्यमा दीप बज्राचार्यको मनमगन बोलको गीत र सामुहिक नृत्यले दशर्कलाई मन्त्रमुग्ध पार्दै नाच्न र झुम्न वाध्य पारेको थियो । आतिशबाजीले गुंजायमान रंगशालाको रौनक बेग्लै र वैभवशाली देखिन्थ्यो ।

  पुरुष फुटबलको फाइनलसँगै साग सम्पन्न भयो । फुटबलमा नेपालको शानदार जितसँगै जलपरी गौरिका सिंहको सफलताले नेपाली खेलजगत जगमगाउन पुग्यो । ४ स्वर्ण सहित २ रजत र ३ काँश्य पदक गरी कुल ९ पदक जित्दै सागको इतिहासमै नेपालको चर्चित एवं सफल खेलाडी बनिन् गौरिका । करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दाकी आयशा शाक्य र गल्फका सुभाष तामाङले यसै संस्करणमा २÷२ स्वर्ण आÇनो नाममा लेखाउन सफल भए । नेपाललाई पहिलोपटक कुस्तीमा संगीता धामीले स्वर्ण दिलाइन् भने एथलेटिक्समा सन्तोषी श्रेष्ठले स्वर्णमाथि कब्जा जमाउन सफल भइन् । भारोत्तोलन इतिहासमै पहिलो पटक स्वर्ण जित्दा सञ्जु चौधरीको लोकप्रियताले खेल क्षेत्रमा नयाँ सम्भावनाको शुरुवात पनि भयो । तीन वर्ष अघि क्रिकेट छाडेर उनले १३औं सागमा स्वर्ण दिलाउन सफल भइन् ।

 यसैगरी बक्सिङ इभेन्टमा मिनु गुरुङले पहिलो स्वर्ण दिलाउन सफल भइन् । साइक्लिङतर्पm राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण चुम्दा ट्रायथलनमा सोनी गुरुङले स्वर्ण दिलाइन् । उसुमा निमा घर्तीमगरले ब्याक टु ब्याक स्वर्ण जितिन् । उनले यस अघिको १२औं सागमा पनि स्वर्ण हात पारेकी थिइन् । ब्याक टु ब्याक स्वर्ण जित्नेमा एथलेटिक्सका वैकुण्ठ मानन्धर, तेक्वान्दोका दीपक विष्ट, करातेका दीपक श्रेष्ठ र तेक्वान्दोकै संगीना वैद्य मात्रले यो कीर्तिमान बनाउन सफल भएको हो । स्वर्णको कीर्तिमानसँगै महिला क्रिकेटमा अञ्जली चन्दले विश्व कीर्तिमान समेत बनाउन सफल भइन् । उनले मालदिभ्स विरुद्धको खेलमा २.१ ओभरमा विना रन ६ विकेट लिदै उक्त विश्व कीर्तिमान राखिन् । अनेकौँ कीर्तिमान बने भने कयौँ तोडिए पनि १३औं सागमा । नेपाल तेक्वान्दोमा २९ मध्ये १२ र करातेमा १९ मध्ये १० मा स्वर्ण हात पार्न सफल रह्यो ।

सागले निश्चित पनि भ्रमण वर्ष २०२०लाई सहयोग पु¥याएको छ । दक्षिण एशियाली देश र जनताबीच एकता र मित्रताको सन्देश दिँदै नेपाललाई विश्वसामु चिनाउन प्रशस्त बाटो दिएको छ । वावजुद व्यवस्थापन पक्ष, पूर्वाधार र सामग्रीको अभावमा १३औं साग दागमुक्त चाहि हुन सकेन् । समापन समारोहमा कलात्मक झाँकी र नृत्य प्रस्तुत गर्दै ड्रोनमार्पmत नेपालको झण्डा, पशुपतिनाथ, बुद्ध लगायतको आकृति आकाशमा विद्युतीय तरंगमार्पmत प्रदर्शित गरिएको थियो । नेपालकै लागि नयाँ रहेको यो प्रस्तुतीमा १५० ड्रोनको प्रयोग गरिएको थियो । यसैगरी खेलाडी मार्चपासमा स्विमर गौरिका सिंहले नेपाली झण्डा बोकेकी थिइन् । अनेकौँ उतारचढाव र विवादका बीच कम समयमा नेपालले सागको सफल आयोजना गर्नु र कीर्तिमानी उपलब्धी हासिल गर्नु गौरवको विषय हो । समापनसँगै १४औं सागको आयोजनाका लागि पाकिस्तानलाई सागको झण्डा हस्तान्तरण गरिएको छ ।