मुलुक डेस्क,
वर्ष : ०२ | अङ्कः ११ | श्रावण २०७६,
भारतले श्रावण ६ गते चन्द्घयान–२ को चन्द्घमामा सफलतापूर्वक प्रक्षेपण गरेको छ । एजेन्सीमा प्रकाशित समाचारअनुसार सोमबार स्थानीय समयअनुसार २ बजेर ४३ मिनेटमा सो यान प्रक्षेपण गरिएको हो ।
भारतको दक्षिणी सामुद्घिक तट श्रीहरिकोटा (आन्द्घध्रप्रदेश) को सतीश धवन अन्तरिक्ष केन्द्घबाट चन्द्घयान २ प्रक्षेपण गरिएको थियो । ६४० टन तौल रहेको यो यान करीब ४८ दिनमा चन्द्घमाको दक्षिणी ध्रुवमा अवतरण गनेर् जनाइएको छ । एक हप्ता पहिले प्रक्षेपणका लागि तोकिएको समयभन्दा ५६ मिनेट पहिले यानको इन्जिनमा इन्धन चुहावट देखिएका कारण प्रक्षेपण रद्द गरिएको थियो । जसको कारण पहिलो प्रयास असफल रहेपछि दोस्रो प्रयास सफल हुनुले चन्द्घमामा यान पठाउने राष्ट्रको सूचीमा भारत चौंथो राष्ट्र बनेको छ ।
अहिलेसम्म चन्द्घ मिसनमा गएका यान सो भागमा अवतरण नगरिएको बताइएको छ । सो यानले सो भागमा पानीको अवस्थितिबारे तथा अन्य सम्भावनाका बारेमा जानकारी पठाउने बताइएको छ । चन्द्घमाको यो भाग उत्तरी ध्रुवको तुलनामा अत्यधिक छाँयामा रहने हुँदा यस भागमा पानी हुनसक्ने भनी वैज्ञानिकहरूले अनुमान गरेका छन् । यानले पानीको मात्रा के कति छ भन्ने बारेमा पत्ता लगाउने बताइएको छ ।
भारतले चन्द्घमामा भू–उपग्रह अवतरण गराउने महत्वकांक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ । रसिया, अमेरिका र चीनले यसमा सफलता प्राप्त गरिसकेका छन् ।