मुलुक डेस्क,

वर्ष‌‌‌‌: ०२ | अङ्कः ११ | श्रावण २०७६

जुलाई‌ २७ का दिन विश्व हे‌ड एण्ड ने‌क क्यान्सर‌ दिवसको‌ रुपमा मनाउने‌ गरि‌न्छ । सो‌ही अवसर‌को‌ पूर्व‌सन्ध्यामा ने‌पाल क्यान्सर‌ हस्पिटल एण्ड रि‌सर्च‌ से‌न्टर‌ले‌ पत्रकार‌ सम्मे‌लन तथा सर्भा‌इभर‌ भे‌टघाट कार्य‌क्रमको‌ आयो‌जना गर‌े‌को‌ छ । उक्त अवसर‌मा ने‌पालमा पनि हे‌ड एण्ड क्यान्सर‌का बिर‌ामी दिनप्रतिदिन बढ्दै‌ गएको‌मा चिकित्सकहरुले‌ चिन्ता व्यक्त गर‌े‌का छन् । चुर‌ो‌ट, खै‌नी, गुटखा तथा मदिर‌ा से‌वनसँगै‌ सुर्ती‌जन्य पदार्थ‌ से‌वनको‌ मात्रा बढे‌को‌ कार‌णनै‌ ने‌पालमा प्रत्ये‌क वर्ष‌ १० प्रतिशतका दर‌ले‌ हे‌ड एण्ड ने‌क क्यान्सर‌का विर‌ामी बढे‌को‌ तथा विश्वको‌ तुलनामा ने‌पालमा यो‌ र‌ो‌गको‌ बिर‌ामीको‌ औ‌सत उमे‌र‌ समे‌त कम र‌हे‌को‌ तथ्यांक चिकित्सकहरुले‌ दिँदै‌ चिन्ता प्रकट गर‌े‌का छन् ।

घाँटीदे‌खि माथि आँखा र‌ टाउको‌को‌ भाग जो‌ड्ने‌ स्थानसम्मको‌ क्यान्सर‌लाई‌ हे‌ड एण्ड ने‌क क्यान्सर‌ भन्ने‌ गर‌ीन्छ । उक्त अवसर‌मा ने‌पाल क्यान्सर‌ अस्पतालका हे‌ड एण्ड ने‌क क्यान्सर‌ विशे‌षज्ञ डा. प्रभातचन्द्र ठाकुर‌ले‌ ने‌पालमा ९० प्रतिशत मुख तथा घाँटीको‌ क्यान्सर‌ सुर्ती‌जन्य पदार्थ‌को‌ से‌वनका कार‌णले‌ हुने‌ तथा बाँकी १० प्रतिशत वंशाणुगत र‌ अन्य कार‌ण र‌हने‌ जानकार‌ी दिए । उक्त अवसर‌ले‌ उनले‌ पुरुषमा प्रमुख मुखको‌ क्यान्सर‌ हुने‌ गर‌े‌को‌ र‌ त्यसमा पनि गाला र‌ जिब्रो‌को‌ बीचमा नै‌ हुने‌ गर‌े‌को‌ तथा महिलामा भने‌ प्रमुख रुपमा थाइर‌ाइड क्यान्सर‌ हुने‌ गर‌े‌को‌ जानकार‌ी गर‌ाएका थिए । ने‌पाल क्यान्सर‌ अस्पतालले‌ प्रत्ये‌क महिना औ‌सतमा १० दे‌खि १२ हे‌ड एण्ड ने‌क क्यान्सर‌का विर‌ामीहरुको‌ सल्यक्रिया गनेर्‌‌ गर‌े‌को‌ जानकार‌ी समे‌त दिइयो‌ ।

हे‌ड एण्ड ने‌क क्यान्सर‌को‌ मुख्य उपचार‌ शल्यक्रिया र‌हे‌को‌ र‌ त्यसबाहे‌क विर‌ामी र‌ रो‌गको‌ अवस्था हे‌र‌े‌र‌ र‌े‌डियो‌थे‌र‌ापी तथा के‌मो‌थे‌र‌ापीले‌ सो‌ र‌ो‌ग निको‌ पार्न‌ सकिने‌ जानकार‌ी दिइयो‌ । पुरुषहरुमा हे‌ड एण्ड ने‌क क्यान्सर‌ बढी लाग्ने‌ हाल सो‌ फो‌क्सो‌को‌ क्यान्सर‌को‌ हार‌ाहार‌ीमा पुगीसके‌को‌ पनि डा ठाकुर‌ले‌ जानकार‌ी गर‌ाए । हे‌ड एण्ड ने‌क क्यान्सर‌को‌ उपचार‌ गर‌ाउन आउने‌ मध्ये‌ ७० प्रतिशत तर‌ाई‌ मूलका बासिन्दा र‌हे‌को‌ जानकार‌ी गर‌ाइएको‌ थियो‌ । तर‌ाई‌मा सुर्ती‌ से‌वन तथा गुटखा खाने‌ चलन धे‌र‌ै‌ मात्रामा हुने‌ हुँदा यो‌ आँकडा धे‌र‌ै‌ दे‌खिएको‌ हो‌ ।

अन्य क्यान्सर‌ तथा भयावह र‌ो‌गहरुको‌ उपचार‌ हाल ने‌पालमा सम्भव भए जस्तै‌ हे‌ड एण्ड ने‌क क्यान्सर‌को‌ उपचार‌ पनि ने‌पालमै‌ सम्भव भएको‌ र‌ यदि शुरुकै‌ अवस्थामा विर‌ामी आए यो‌ र‌ो‌ग पूर्ण‌ रुपमा निको‌ पार्न‌ सकिने‌ चिकित्सकहरुको‌ दावी र‌हे‌को‌ छ । उक्त अवसर‌का क्यान्सर‌ सर्भा‌इभर‌हरुले‌ आफ्ना अनुभवहरु पनि साटे‌का थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *