वर्ष: ०२ | अङ्कः १० | असार २०७६
नेपाल भारत सीमामा वर्ष ०७१/७२ देखि हालसम्म २ हजार ३५ नयाँ स्तम्भ निर्माण गरिएका छन् भने १ हजार ९ सय ५७ स्तम्भ मर्मत गरिएको नापी विभागद्वारा जनाइएको छ । सीमामा ८ हजार ५ सय ५३ स्तम्भ बनाउने योजना रहेकोमा ३ हजार ९ सय ९२ निर्माण भइसकेको र ४ हजार ५ सय ६१ स्तम्भ निर्माण बाँकी रहेको नापी विभागका महानिदेर्शक प्रकाश जोशीले बताएका छन् । यसअनुसार ९ सय १६ वटा मुख्य र ७ हजार ६ सय ३७ वटा सहायक स्तम्भ रहेको समेत उनले जानकारी गराए ।
नेपालका ६ प्रदेशका २७ जिल्ला र भारतका ४ प्रदेशका २० जिल्ला नेपाल–भारत सीमासँग जोडिएको छ । कूल लम्बाई १ हजार ८ सय ८० किमि रहेको नेपाल–भारत सीमामा दुई देशका व्यक्तिहरु सहज आवतजावत गर्न सक्दछन् । यसमध्ये जमिन सीमाको भाग १ हजार २ सय ४० किमि र नदीको ६ सय ४० किमि रहेको छ । नेपाल भारत सीमा सवेर्क्षण टोलीको संयुक्त प्रयासमा निर्माण भइरहेको स्तम्भ निर्माण कार्यमा दुई देशको सहमति अनुसार नेपालले बिजोर नम्बरका स्तम्भ बनाउनु पनेर्छ ।
आ.व. स्तम्भ मर्मत स्तम्भ निर्माण
२०७१/७२ १९५ ९
२०७२/७३ ९१७ २९०
२०७३/७४ २७८ ३०४
२०७४/७५ १८९ ४३१
२०७५/७६ २७१ १००१