वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६
गुरुङ समुदायको एक्लो मेयर जो संस्कृतिको लागि चिन्ता गर्छन् । २०२४ कार्तिक १६ गते जन्मेका किसान गुरुङ देशभरि कै नगरपालिकाहरु मध्ये एक्लो मेयर हुन् । तनहुँको जनप्रेमी मावि फिरफिरेबाट २०३६ सालदेखि राजनीतिक यात्रा शुरु गरेका उनी हाल शुक्लागण्डकी नगरपालिकाका मेयर हुन् । विभिन्न आरोह अवरोह पार गर्दै कांगे्रसको तर्फबाट स्थानीय निर्वाचनमा विजय हाँसिल गरी नगरपालिकाको मेयर हुने सौभाग्य पाएका हुन । साथै उनी गुरुङ समुदायको एक्लो मेयर बनेर इतिहास कायम गरेका हुन् । जनसङ्ख्या र अर्थशास्त्रमा स्नातक गरेका मेयर किसान गुरुङसँग मुलुक टाइम्सका लागि तनहुँबाट उपेन्द्र खनालले गरेको संक्षिप्त कुराकानी ।
शुक्लागण्डकिको विकासको लागि प्राथमिकतामा के के छन ?
‘‘पर्यटन, कृषि, पूर्वाधार सम्बृद्ध शुक्लागण्डकीको आधार’ भन्ने हाम्रो नगरको नारा नै हो । त्यसैले हामिले पर्यटन, कृषि र पुर्वाधारलाई प्राथमिकतामा राखेका छौ । पर्यटनको माध्यमबाट अघि बढ्न सकिन्छ तर, सबैको सहयोग अपरिहार्य छ । त्यस्तै गरी हाम्रो देश कृषि प्रधान, यहाँको जमीन उर्बर छ तर, पछिल्लो समय कृषि जमिन मासेर प्लटिङ्क गर्ने प्रचलन बढेको छ, यो रोक्नुपर्छ । पूर्वाधार पनि पर्याप्त हुनुपर्छ । शिक्षाको पहुँच हरेक नागरिकमा पुग्नुपर्ने हुन्छ तर, अझै पनि विद्यालय जानबाट बालबालिका बन्चित रहेको अवस्था छ । त्यसको लागि घरदैलो गरेर सक्रियता बढाउनुपर्छ । खानेपानीको पनि ग्रामीण भेगका केही ठाउँमा अभाव छ त्यसको लागि नगरपालिकाले पहल गरिरहेको छ । प्रत्येक स्थानीयको घरघरमा धारा पुयाउने उदेश्यका साथ योजना बनाएर काम गरिरहेका छौं, हेरौं कतिको सफल भइन्छ ।
गुरुङ समुदायको बाहुल्यता बोकेको यस प्रदेशमा के कस्तो किसिमले यसको संस्कृति र परम्पराको जगेर्ना गर्न सकिन्छ ?
सर्बप्रथम त संग्रहालय निर्माण गर्न आवश्यक छ । धर्म, रीतिरिवाज, भेषभूषा, संस्कृतिको जगेर्ना हुनुपर्छ । आदिबासी सबैलाई समेटेर अघि बढ्नुपर्छ । कसैको एकल प्रयासले मात्र संभव हुँदैन । घरपरिवारबाटै आफ्ना सन्ततीलाई आफ्नो समुदायको भाषा संस्कृतिको बारेमा बुझाउन सक्नुपर्छ, त्यो अभिभावकको दायित्व हो । गाउँमा विभिन्न किसिमका मौलिक परम्परागत संस्कृति झल्किने कार्यक्रमहरु लोप हुने अवस्था आइसकेको छ त्यसैले ती संस्कृतिलाई जीवन्त राख्न आवश्यक छ त्यसको लागि नगरपालिकाले सहयोग गर्नेछ ।
नेपालको गुरुङ समुदायको एक्लो मेयर, कसरी आफुलाई हेर्नुहुन्छ र यस समुदायमा राजनीति चेतना, शिक्षा र सहभागीताको सम्भाव्यता के के देख्नुभएको छ ?
देशमा महानगर, उपमहानगर तथा नगरपालिका गरी २९३ वटा छन तर त्यसमा म एकमात्र गुरुङ समुदायको मेयर हुँ । अर्को कुरा शिक्षा । देश र समाजको लागि मात्र नभई राजनीतिको लागि शिक्षा आवश्यक छ । हरेक क्षेत्रमा शिक्षाको महत्वपूर्ण भूमिका छ । शिक्षा छैन भने कसरी काम गर्न सकिन्छ, बुझ्नु पर्यो । त्यसैले देशको समृद्धिको लागि यो अपरिहार्य छ ।
नगरपालिकाको योजनामा सडक, शिक्षा, स्वास्थ्य अनि रोजगारीको कार्यक्रम कस्तो रहेको छ ?
वडा कार्यालयसम्म जोड्ने सडक मार्गको स्तरोन्नति गरिएको छ । बजेटले पुगेसम्म कालोपत्रे गर्दै लैजान्छौं । त्यस्तै शिक्षातर्फ पाँच वटा मावि, आधारभूत र प्रावि गरी तीन वटालाई नमूना विद्यालय बनाउने उदेश्यले बजेट छुट्याइएको छ । मावितर्फ २०/२० लाखको दरले एक करोड र आधारभूत र प्राविको लागि पाँचपाँच लाख रुपैयाँका दरले १५ लाख रुपैयाँ छुट्याइएको छ । गाउँ फर्कोदय माविलाई कृषि सम्बन्धी बालविज्ञान र खैरेनी माविलाई कम्प्युटर विज्ञान संचालन गर्नको लागि अनुमति दिईएको छ । गाउँमा प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि गाउँमा नै दक्ष जनशक्ति उत्पादन गरी गाउँमा नै रोजगारी पाउन सक्ने वातावरण सिर्जना गर्ने योजना छ । जसका कारण विदेश होइन कि स्वदेशमा नै केही गरौं भन्ने भावना नयाँ पिँढीमा होस् ।
भिजिट नेपाल २०२० को लागि ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको तनहुँलाई कसरी नेपाल लगायत विश्वसामु चिनाउने कार्यक्रम छ ?
अतिथि देवो भव भन्ने शब्दबाट सुरु हुन्छ । हामीले पाहुनालाई कतिको सत्कार गर्छौ । त्यसको लागि महत्वपूर्ण ठाउँहरुको पहिचान गर्नुपर्छ । कुनकुन ठाउँमा पाहुनाको मन खिच्न सकिन्छ, उनीहरुले कस्ता वस्तुहरु मन पराउँछन् त्यसको जानकारी लिनुपर्छ । धेरै पर्यटक भित्र्याउने योजना बनाउनी तर पर्यटकलाई सोचेअनुरुप मनोरञ्जन दिन सकिएन भने राम्रो भएन । त्यसैले पुर्व तयारी गर्नुपर्यो, असम्भव भन्ने केही छैन ।
संस्कृति बचाउनको लागि के गर्नुपर्ला ?
आँफैबाट सुरु गर्नुपयो । सबैले संरक्षणमा जोड दिनुपर्यो । आफ्नो भेसभुसा भुल्नु भएन । रहनसहनमा चल्नुपर्छ । पछिल्लो समय युवा पिँढी पश्चिमेली संस्कृतिको सिको गर्दै गएको पाइएको छ । त्यसको लागि अभिभावक नै सर्तक हुनुपर्छ । सन्तान कुन दुनियाँमा हिँड्दै छ त्यो अभिभावकले सोच्नुपर्छ । परम्परागत संस्कृतिका नृत्यहरु भुलेर आधुनिकतामा ढल्किएको पाइएको छ । त्यसको जगेर्नातर्फ लाग्नुको सट्टा अपहेलना गरिएको छ । त्यसैले सुरुमा शिक्षित हुन आवश्यक छ ।
संस्कृतिको कतिको चिन्ता लाग्छ ?
दिनभरिको नगरपालिकाको कामले थकित हुन्छु । घर आएपछि नुवाइधुवाई गरी फ्रेस हुन्छु । त्यसपछि खाना खाएर बिस्तारामा पल्टिन्छु । अनि चिन्ता लाग्छ आफ्नै संस्कृतिको बारेमा । कसरी परम्परा धान्ने कसरी नयाँ पिढिलाई सम्झाउने त्यस्तै त्यस्तै । पछिल्लो समय कतिपयका छोराहरु बैदेसिक रोजगारीमा र छोरीहरु बिबाह गरी जाने गरेका कारण गाउँमा बृद्ध भएका बुवा आमा मात्रै देख्छु । अनि मनमा चिसो पस्छ केही गर्न सकिदैन, अनि चिन्ता लाग्छ कतै परापूर्वकालदेखि बाबु बाजेले धान्दै आएको हाम्रो चालचलन, रीतिरिवाज, भेषभुषाको जर्गेनाका लागि पहल गर्न सकिदैन कि भन्ने ।
अन्तमा नगरबासीलाइ के भन्न चाहानुहुन्छ ?
जनताको माया र प्रेमले नै आज म यो स्थानमा आएको हुँ । त्यसैले वहाँहरुको सेवक भएर आÇनो कार्यकाल पुरा गर्छु । विकासको लागि प्रत्येक वडामा पहल गर्छु । नगरका हरेक नागरिकलाई शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको सुविधा पु¥याउनका लागि पहल गर्नुका साथै उनीहरुलाई ईन्टरनेट सँग जोड्छौ । उज्यालो शुक्लागण्डकी बनाउने मेरो अठोट हो । यो पुरा गर्नेतर्फ लाग्छु । मैले नगरपालिकाबाट गर्ने हरेक विकास निर्माणको काममा जनताको सल्लाह सुझाव चाहिन्छ । स्थानीयहरुको सल्लाह सुझावले नै मलाई अघि बढ्न प्रेरणा दिएकाले वहाँहरुसँग समन्वय गरी विकास निर्माणलाई तीव्रता दिनेछु ।
मानव अधिकारकर्मीका रुपमा चर्चित व्यक्ति मधेशी आयोगमा कतिको अवसर र लाभ छ ?
पक्कै पनि सहज र सरल हुन्छ । अधिकारविहिनलाई अधिकार दिलाउनु सबैको प्राथमिकतामा रहनुपर्छ ।