रंजन झा,

वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन /चैत्र २०७५

न बाउ, न आमा पट्टिको तैपनि अहिले नेपाल तरंगित छ भनेजुएला प्रकरणले । घरघरमा गुगल गरी खोजिदैछ यो देशबारे । राजनीतिक वृत्तमा भेनेजुएलाले दोहरी चलाएको छ । प्रकरणको शुरुवात २५ ज्यानुवरीबाट भएको हो । नेपालका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली स्वीजरल्याण्डको डाभोसमा जारी वल्र्ड इकोनोमिक फोरमको वार्षिक सभामा सहभागी भइरहेको बेला सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले एउटा विज्ञप्ति निकाले ।

नेपाल कम्युनिष्ट पार्टीको लेटर प्याडमा निकालिएको सो विज्ञप्तिमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई समर्थन गरिएको थियो । दाहालको विज्ञप्तीमा अमेरिका र उसका मित्र राष्ट्रहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरी त्यहाँ हिंसा, अस्थिरताका साथै लोकतन्त्र मास्न खोज्न आरोप लगाइएको थियो । यसैगरी दाहालको विज्ञप्तिमा आपूmलाई राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हवाँगुआइडोलाई समर्थन गरेर अमेरिकाले साम्राज्यवाद विस्तार गर्न खोजेको समेत आरोप लगाइएको थियो ।

नेपाल कम्युनिष्ट पाटी(नेकपा)ले जारी गरेको विज्ञप्तिलाई लिएर अमेरिकाले तत्कालै चासो व्यक्त ग¥यो र उसले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाको धारणा माग ग¥यो । केही दिनको रास्साकस्सी पश्चात् परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफनो धारणा सार्वजनिक ग¥यो । उसको विज्ञप्तिमा भेनेजुएलाको समस्या शान्तिपुर्ण र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गरिनुपर्ने उल्लेख गरिएको छ । यसका साथै आन्तरिक समस्यालाई त्यहीँका नागरिकले समाधान गर्नु पर्नेमा जोड दिदै बाह्य हस्तक्षेपको विरोध गरिएको छ । परराष्ट्रको धारणा थारै सन्तुलित देखिए पनि अमेरिका आश्वस्त त हुन सकेको छैन तर तत्कालका लागि समस्या ट¥यो जस्तो भान गराएको छ ।

दक्षिण एशियाली राष्ट्रहरको संगठन सार्कको महत्वपूर्ण राष्ट्र श्रीलंकामा भएको राजनीतिक उथलपुथल, मालदिभ्समा भएको राजनीतिक अस्थिरता वा डोक्लाममा देखिएको भारत–चीन विवादमा मौन बसेका दाहाल टाँढा टाँढासम्म संबन्ध नभएको भेनेजुएलाका बारे यसरी विज्ञप्ति जारी गर्नु औपचारिकता भने मात्रै होइन । विश्वकै ठूल्दाई भएर चिनाउन चाहने अमेरिकाबिरुद्ध बोलेर दाहालले अनावस्यक देशलाई विवादमा तानेको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेस समेत आक्रोसित छ । उसले त प्रतिनिधि सभामै भनेजुएला प्रकरणमा दाहालले जारी गरेको विज्ञप्ति बारे सरकारको धारणाको माग गरिसकेको छ । केही दिनअघि मात्र सरकारले विदेश राजदूतहरूलाई बोलाएको भेलामा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी अनुपस्थित भएपछि काँग्रेसले नेपाल – अमेरिका सम्बन्ध चिसिएको अनुभव गर्न थालेको छ ।

दाहालको विज्ञप्ति प्रकरण अन्त्य हुने छाँटकाँट छैन । आफनै पार्टीका अर्का अध्यक्षले भेनेजुएला प्रकरणमा गरेको टिप्पणीबाट प्रधानमन्त्री केपी ओली पनि खुसी छैनन् । डाभोसबाट फर्किए लगत्तै उनले अमेरिकी राजदूतसँग भेटी एउटा साथीले बोल्ने क्रममा टंग स्लीप भएको भन्दै मुद्दा ढाकछोप गर्न खोजे । त्यती मात्र नभएर एउटा टेलिभिजन कार्यक्रम मार्फत दाहालले विज्ञप्ति जारी गर्दा अलि अलि चिप्लिएको बताए ।

यता, पार्टीको अध्यक्षले जारी गरेको विज्ञप्तीलाई प्रधानमन्त्री ओलीले हल्का ढंगले लिएको दाहालको बुझाई रहयो । सायद त्यसैले होला, प्रधानमन्त्री ओलीले टेलिभिजन मार्फत अलि अलि चिप्लिएको अभिव्यक्ति दिएको दोस्रो दिन दाहालले प्रधानमन्त्री ओलीलाई घुमाउरो तरिकाले चेतावनी दिएका छन ।

उनले पार्टी र सरकारको धारणासमेत सोही आशयमा आइसकेको बेला कुनै व्यक्तिले गरेको टिप्पणीको औचित्य नहुने भन्दै प्रधानमन्त्री ओलीको मुखमा बुजो लगाइदिएका छन् । ओलीको व्यवहारले दाहाल आक्रोसित भएका छन् । उनले कानुनहरू पुरानै ल्याउनेतिर देखिएको भन्दै यस्तो स्थिति आए अर्को माओवादी जन्मन सक्ने र झन ठूलो युद्ध हुन सक्ने ठाडो चेतावनी दिएका छन्, ओलीलाई ।

दाहाल चिप्लिएका हुन, चिप्लाइएका हुन वा रणनीतिक ढंगले अभिव्यक्ति दिएका हुन् त्यो उनैलाई थाहा होला । तर, नेपालमा लोकतंत्रको स्थापना भएपछि किंगमेकरको रूपमा रहेका दाहाल चिप्लिए होलान् भन्ने कल्पना गर्न सकिन्न । लगभग सकिसकेको एमाओवादीलाई निर्वाचन पूर्व नेकपामा विलय गराएर उनले राजनीतिक चतुराईको उदाहरण दिइसकेका छन । दाहाल नेपाली राजनीतिमा अझै पनि किंगमेकरकै रूपमा रहेका छन तर आफुले चाहे जस्तो गरी पार्टी एकीकरण अझै हुन सकेको छैन । यता, एक वर्ष सरकारको नेतृत्व गरेका ओलीको छवि दिनानुदिन खस्कदो छ । दुई तिहाईको सरकार गठन भएपछि थुप्रै अपेक्षा राखेका जनताहरू निरास हुन थालेका छन । यस्तोमा भेनेजुएला प्रकरण र त्यसपछिको दुई अध्यक्षबीचको जुहारीले एक पटक फेरि अनिष्टको संकेत गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *