संजीव सिंह,
वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५
“सम्पन्न र विपन्नबीचको समानता”
चित्रकारको नजरमा धनी र गरिव प्रतिको दृष्टिकोण समान हुनु पर्दछ । यो मान्यता हो चित्रकार कपिलमणि दिक्षितको । विना कपडाका मानिसलाई हेर्दा धनी र गरीब छुटिन्न भने महिला र पुरुषबीचका चित्रकलासम्मका पनि समानता हुनु यही मान्यताका साथ उनले हालै नग्न चित्रकला प्रर्दशनी थालेका छन् ।
पाटनस्थित एमक्युब ग्यालरीमा प्रर्दशनी उनका नग्न चित्रहरूले महिला र पुरुषलाई समान दृष्टिकोण राख्न खोजेका छन् अर्थात विनालुगा दुबै समान । अर्को दृष्टिकोणमा मानिसको प्राथमिकता नग्नमा हुन्छ, नकि विभिन्न खाले रंगीविरंगी कपडाहरूमा कपडाले मानिसको जात, वर्ग र स्तर छुट्याउने र एक अर्काबाट टाढा बनाउने भएकाले नग्न चित्रकलामार्फत त्यो बीचको खाडल पुर्ने कोसिस गरेको उनी बताउँछन् ।
चित्रकारको आ–आफ्नै कलाकारिता हुन्छ । धेरैले प्राकृतिक रूपलाई अझ सुन्दर बनाउन थप रंगहरूको संयोग गरी आफ्नो कलालाई निखार्ने प्रयासमा लागेका हुन्छन् भने थोरै त्यस्ता छन् जो यथार्थभन्दा धेरै पर जान चाँहदैनन् र यर्थाथको धरातलसम्म पुग्ने प्रयास गरिरहन्छन् त्यसमध्येमा एक पर्दछन् चित्रकार कपिलमणि ।
नग्न चित्रकला अर्थात न्यूड आर्टको निरन्तरताले बिसौँ वर्ष पुगिसक्दा सुरुसुरुमा आलोचना खेप्ने परेको तर पछि विस्तारै बुझ्ने दर्शक बढ्दै गएको उनको अनुभव छ । प्रायः चित्रकारले चित्रका लागि महिला रोज्ने भए तापनि कतिपयले चित्रकार भने नग्न रूपमा महिलालाई मात्र नभएर पुरुषलाई पनि चित्रमा समान रूपमा उत्तारेका छन् । उनी भन्छन् : नेपालमा कतिपय सार्वजनिक स्थानमा कामुक खालका कलाहरू भेटिन्छन् । त्यसलाई सामान्य रूपमा लिइन्छ तर ग्यालरीमा त्यही रूप प्रस्तुत गर्दा असामान्य हुन्छ किन ?
नग्न चित्रकलामार्फत आफुनो कलाकारितामा विचार ल्याएमा चित्रकार कपिलको अनुभवमा केटाको न्युड आर्ट भन्दा केटीको न्युड आर्ट हेर्न सहज मानी र केटा स्वंयले पनि केटाको न्युड आर्ट हेर्न हिच्किआउने गर्दछन् । उनका अनुसार न्युड आर्ट मानव सभ्यताको यर्थाथ हो । प्राकृतिक सौन्दर्यलाई जस्ताको त्यस्तै क्यानभासमा उत्तार्न चित्रकारका कपिलमणिको कौशलता हो ।