रितु गुप्ता,

वर्षः ०१  | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५

मुलुक संघीय संरचनामा प्रवेश गर्दा आर्थिक मेरुदण्डको रूपमा रहेको बैंक तथा वित्तिय संस्थाको भूमिकालाई अझ सशक्त र प्रभावकारी पार्न यस क्षेत्रमा देखिएको तरलताको अभाव, स्रोतको पहिचान एवं समायोजन तथा परिचालन लगायतका मुद्दा सर्वत्र छ । यसै सन्दर्भमा विगत १५ वर्षदेखि बैंकिग सेवामा कार्यरत दक्ष प्रबन्धक विश्व प्रकाश ज्ञवालीसँग मुलुक टाइम्सका वीरगंजस्थित संवाददाता रितु गुप्ताद्वारा तयार पारिएको नीतिगत र वस्तुगत सवाल जवाफको  संपादीत अंशहरु :

क्षेत्रीय कार्यालयबाट प्रादेशिक कार्यालयमा परिणत हुँदा बैँकको ढाँचा र प्राथमिकतामा के–कस्तो परिवर्तन आएको छ ?

संरचनागत रूपमा देशले अवलम्वन गरेको प्रदेश संरचनामा लगिने छ । हालको ४ क्षेत्रीय कार्यालय बाट ७ प्रदेश कार्यालयमा परिणत हुने छ । काम जिम्मेवारी र प्रकृतिमा परीवर्तन त हुने छैन तथापि बैंकका सेवाहरूमा पहूच थप सहज र सरल हुनेछ ।

बैंकहरूमा देखिएको तरलता अभावको समस्यालाई कसरी समाधान गर्ने योजना र कार्यनीति रहेको छ ? वीरगंजमा यसको अवसर र संभावना के–कस्तो देख्नुहुन्छ ?

तरलता समस्या देखाईएको हो । यो समस्या होइन । स्रोतको परिचालनमा सही सन्तुलन नहुनुनै तरलतामा देखाइएको समस्या हो । यस बैंकमा यो समस्या रहेको छैन् । वीरगञ्जमा हाम्रो उपस्थिति पहिलेबाटै मजबूत रहदै आएको छ । यहाँको संभावना भनेको औद्योगिक क्षेत्रमा लगानी हो । केन्द्रीय कार्यालयसंगको समन्वयमा यस बैंकबाट उद्योग व्यापार क्षेत्रमा लगानी हुँदै आएको छ ।

हामीसंग यस नगरीमा वीरगंज, श्रीपूर र पोखरिया गरी ३ शाखा कार्यालय रहेका छन् । परिवर्तित अवस्थामा पूर्ण रूपमा बैंकिंग गरिरहेको यस बैंकका पूराना ग्राहकलाई पून यसै बैंकमा फर्किन म आग्रह गर्न चाहान्छु । व्यवसायिक अवसरको राजधानी यस नगरका हरेक उद्यमीहरूसँग अपिल छ कि पूर्ण सरकारी यो बैकसँग आवद्ध हुनु भै हरेक प्रकारको बैंकिंग सेवा लिई व्यवसाय लाई थप उचाइमा लग्नू होस् । यसका लागी शुभकामनासमेत दिन चाहान्छू ।

बिगतमा यस बैंकलाई ढिलो बैंक भनिएको छ । अहिले बैंक त्यस्तो छैन । बैंकका कर्मचारी, यसका सेवाहरू प्रविधिमैत्री छन् । आफैमा अब यो बैंक क्mबचत भै सकेको छ । यस कुरालाई हामी भन्न खोजिरहेका छौ । यसबाहेक हामीले सेवामा थप परिष्कृत अनुभुती दिन यसै वर्षदेखि Smart Branch भनि केही शाखाहरूलाई घोषणासमेत गरी फरक शैलीमा सेवा प्रदान गरिएको छ ।

बैंकले स्मार्ट आर. बि.बि. र क्लिन आर. बि.बि.को अवधारणा ल्याएको छ । यसको उद्देश्य र कार्यविधि कस्तो हुन्छ ?

Clean RBB शब्दले नै यसलाई बुझाउछ । हाम्रा शाखाहरू,  हाम्रो कार्यवातबरणलाई सफा राख्नेदेखि लिएर हाम्रो Book या Account हरूलाई समेत updated गर्नेतर्फको यो महत्वपूर्ण अवधारणा हो । यस अनूरूप नै हाम्रा Policy हरू Guided भएका छन् ।

बचत तथा मुद्दतिमा दिइएको व्याज बैंकको लगानीको तुलनामा राम्रै छ, तथापि प्राइभेट बैंक सरह व्याज दिनुको कारण के हो ?

सरकारी बैंक हुँदैमा व्याजै नदिने भन्ने प्रश्ननै आउदैन । हामी स्रोत र लागानीको उच्चतम व्यवस्थापनबाट राम्रो मूनाफा आर्जन गरिरहेको छौ । पौषको प्रकाशित तथ्याकंमा हामी पहिलो नम्वरमा छौ । निक्षेपमा राम्रो वा प्रतिश्पर्धि मूनाफा दिँदासमेत हाम्रो नाफा राम्रो रहेको अवस्थामा हाल प्रदान गरिएको व्याजलाई किन भन्ने प्रश्न आउदैन । यो बैंकबाट निक्षेपकर्तालाई गर्ने संमान पनि हो ।

प्राइभेट बैंकबीचको प्रतिस्पर्धामा रा.बा.बैंकले आउँदो दिनमा कस्तो रणनीति अपनाउने छ ? जबकि   बेस रेट ५.६०, प्रिमियम दर ३–४ लगायत सहुलियत कर्जा पनि दिँदै आएको छ ?

हाम्रा आफ्नै बिशेषताहरू छन् । हरेक बैंकका आफ्ना हुनछन् । हामी वार्षिक रूपमा कार्ययोजना बनाएर कार्य गरिरहेका छौ । यस बर्ष हामीले Clean RBB and Smart and RBB भनिरहेका छौ । हामी देशका सबै जिल्लामा छौ । ताकिएको सबै स्थानीय निकायमा बैंक शाखा खोलेका छौ । सरकारका सबै कार्यक्रमहरूमा कार्यान्वयनकर्ता बैंकको रूपमा रहेका छौँ । यो हाम्रो बिशिष्ट परिचय पनि हो । हालका दिनमा हाम्रा सेवाहरू सबै बैंकको भन्दा छिटो छरितो रहेका छन् । हामी नेपालको बैंकहरूका Role Model बैंक पनि हौ । यो नै हाम्रो प्रतिस्पर्धी क्षमता पनि हो । अब व्याज दर संवन्धमा कम बेस र कम प्रिमियम दरले थप प्रतिश्पर्धी बनाएको छ जून हाम्रा लागि थप सकारात्मक पक्ष हो ।

प्रदेशमा वित्तिय सूचक के कस्ता छन् ? सुधार गर्नुपर्ने ठाउँहरू छन् कि ?

प्रदेशका वित्तीय सूचक भन्नाले, २ नम्बर प्रदेशको बित्तीय बिश्लेषण गर्ने अख्तियारीमा म रहेको छैन। यस बैंकको यस प्रदेश कार्यालय अन्तरगत अहिलेसम्म ३ न प्रदेशका केही जिल्ला छन् भने २ न. प्रदेशकै केही जिल्ला यस कार्यालय अन्तरगत छैनन् । तथापि हालको संरचना भित्रकै अवस्थामा यस बैंंकको समग्र ब्यवसायको १४–१५ प्रतिशत योगदान यस क्षेत्रबाट रहेकाले सन्तोष जनक अवस्थामा रहेको छ ।

रा.वा.बैंकको ५४औं वार्षिकोत्सवको अवसरमा के कस्ता योजनाहरू सार्वजनिक हुँदैछन् र यसको विश्वसनियता कायम गरिराख्ने भावी रणनीतिहरू के के आउँदैछन् ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्लोगनले भने जस्तै यो “तपाईंको आफ्नै बैंक” हो । तथापि यस बैंकले विगतमा ल्याएका र भावी रणनितिहरूले पनि ग्राहकका आवश्यकतालाई मध्येनजर गरेको हुनेछ । ४६ वर्षको बैकिंग अनुभव र नया जनशक्तिको जोश जागरले आज बैंक ५४ वर्षको जवान बैंकको रूपमा बजारमा Role Model बैंक बनेको छ । प्रतिस्पर्धात्मक व्याज दर, छिटो छरितो सेवा, Smart / Clean Banking प्रणाली, कारोबारमा आधूनिकीकरण, विभिन्न शीर्षकमा सहुलियत कर्जा, आदि इत्यादिमा विशेस्तायुक्त छ बैंक । नाफा मात्र होईन, सामाजिक विकास र वित्तीय साक्षरता फैलाउने जिम्मेवारी पनि बैंकले वहन गरेको छ । यही फागून ११ गते, बैंकले वीरगंज पब्लिक कलेजद्वारा आयोजित भव्य र सभ्य रूपमा सम्पन्न  One Day Banking & Insurance Fair 2019 मा पनि मूख्य प्रायोजकको भूमिका निभायो । बजारमा बैंकको छविप्रति आधारहिन नकारात्मकतालाई हटाउदै, यूवा कर्मचारी का साथ साथै यूवा ग्राहकहरूको ध्यान आकर्षण गरी बैंकलाई थप बलियो बनाउने योजना र रणनीति पनि आउँदै छ ।