आर. डी. श्रेष्ठ,
वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५
क्यान्सर भन्नाले नेपाली भाषामा अर्वुदरोग भन्ने हुन्छ । शरीरमा धेरै किसिमका कोषकाहरू हुन्छन्। त्यस्ता कोषका कुनै पनि ठाउँमा अनियन्त्रित भएर बढन थालेको अवस्थालाई क्यान्सर भएको भनेर बुझ्नुपर्ने हुन्छ । अनियन्त्रित वृद्धि भएको कोषिकालाई नियन्त्रणमा ल्याउन नसक्दा क्यान्सर लाग्ने हुन्छ । मानिसको शरीरको टाउको देखि खुट्टा सम्मको जुन सुकै भागमा पनि क्यान्सर देखिन सक्छ। त्यसैले क्यान्सर फलानो फलानो ठाउँमा मात्र हुन्छ भन्न सकिन्न । यो जो कसैलाई पनि र जहाँ पनि हुन सक्छ ।
क्यान्सर लागेपछि मृत्यु निश्चित जस्तै संझिन्थ्यो अहिले पनि त्यस्तै छ कि ?
पहिला पहिला क्यान्सर भनेपछि यसको समाधान नै छैन मर्नु पर्छ भन्ने थियो । अर्थात cancer has multiple many cancer भएको छ । अहिले विरामी र सर्वसाधारणले पनि क्यान्सर निको हुन सक्छ, उपचार हुन सक्छ भन्ने वुझ्न थालेका छन् । कुनै समय कसैलाई गाली गर्नु पर्दाथतलाई क्यान्सर लागोस’ पनि भन्ने गरिन्थ्यो भने अहिले त्यो अवस्था छैन । यो हुनुमा सर्वसाधारणमा आएको सचेतना पनि हो । तर यो पुगेको भने छैन । क्यान्सर सम्बन्धी जानकारी र जनचेतना ठाउँ ठाउँमा पुग्नुपर्छ, पुर्याउनै पर्ने हुन्छ । अहिले क्यान्सरलाई क्रोनिक डिजिजको रूपमा लिएर उपचार गर्ने गरिन्छ । त्यो भनेको यो रोग निको नै नहुने होइन कि निको हुन सक्छ भन्ने हो।
निको नै नहुने अवस्था चाहिं कस्तो हो त ?
क्यान्सर रोगका पनि विभिन्न चरणहरू हुन्छन्। तेस्रो र चौथो चरणमा पुगेको अवस्थामा त्यसलाई निको पार्न निकै गा¥हो हुन्छ । पहिलो र दोस्रो चरण सम्म पुगेको अवस्थामा क्यान्सर पत्ता लागे त्यसको उपचार र रोग वढन नदिन संभव हुन्छ। तर प्राय विरामी तेस्रो चरणमा पुगेपछि मात्र उपचारका लागि आउने गरेको पाइन्छ। यसो हुनुमा सुरुको चरणमा सही नहुँदा र धेरै चासो नदिंदा रोग वल्झिन गएको हुन्छ । त्यसो त क्यान्सर रोग लागेको छ भनेर किटान गर्न पनि त्यति सजिलो चाहिँ छैन पनि। तोस्रो र चौथो चरणमा पुगेको क्यान्सरको अवस्था निकै जटिल हुन्छ। करिव ७५ प्रतिशत विरामी तेस्रो चरणमा पुगपछि मात्र के भएको हो भनेर आउने गरेको देखिन्छ। त्यसले गर्दा ती विरामीहरूको उपचार ज्यादै कठिन हुने अवस्थामा रहन्छ ।
त्यस्तो हुनुको कारण के हो त ?
जनचेतनाको कमी । क्यान्सर रोगका वारेमा सर्वसाधारणले जानकारी पाउने किसिमको कार्यक्रम नै ल्याउन सकेको छैन । क्यान्सर रोगीका लागि भनेर सरकारले केही राहतको व्यवस्थात गरेको छ तर त्यो केही पनि होइन । हात्तीको मुखमा जिरा भने जस्तो मात्रै भएको छ । नीतिमा व्यवस्था गरेर र ठूला ठूला नारा दिएर अथवा ठूला होटलमा कार्यक्रम गरेर मात्र पुग्दैन त्यसका लागि गाउँ गाउँ र कुनाकुनामा पुगेर साधारण नेपाली सम्म सचेतना अभियान नै चलाउनु पर्छ । अर्को कारण भनेको अशिक्षा पनि हो । गाउँ गाउँमा शिक्षाको कमीले गर्दा पनि रोग सम्वन्धी जानकारी नहुनु र अन्धविश्वास रहीरहनुको अवस्था रहेको छ ।
जनचेतना वढाउन कस्ले के गर्नु पर्ला त ?
हामीले यस विषयमा सरकारसँग पटक पटक कुरा गरेका छौँ । हाम्रो क्यान्सर रिलिफ सोशाइटी छ, त्यस्तै SAARC FEDERATION \ On\ On\COLOGIQm\ संस्था छ जस्ले सार्क क्षेत्रमै क्यान्सरका लागि काम गर्ने गर्छ, त्यो संस्था मार्फत जनचेतना अभिवृद्धि र क्यान्सरको उपचारमा सहज पहुँच पु¥याउन सरकार र सम्बन्धित निकायसँग पटक पटक कुरा गरेका छौ तर हामीले के पाएका छौँ भने यो विषयमा सरकार त्यति गंभीर हुन सकेको छैन । सरकारले केही राहत दिएर मात्र पुग्दैन । क्यान्सर रोगको सुरुवाती चरण देखि जानकारी पाउने गरी जनचेतना मुकल कार्यक्रमहरू संचालित गर्नेु पर्ने र पाठयक्रममै पनि यसको व्यवस्था गर्नु पर्ने भनेर हामीले दवाव दिइरहेका छौं । कक्षा ८,९,१०,११, र १२ को पाठ्यक्रममै क्यान्सर सम्वन्धी जानकारी मुलक विषय राख्न हामीले सम्वन्धित निकायलाई भनी रहेका छौं । यो जरुरी पनि छ ।
क्यान्सर सम्बन्धी जनचेतना फैलाउन र क्यान्सर हुन नदिनका लागि अरुले के के गर्न सकिन्छ ?
क्यान्सर रोगको एउटा प्रमुख कारण भनेको धुम्रपान पनि हो । यसले फोक्सोमा क्यान्सर गर्न सक्छ। फोक्सोमा क्यान्सर भएर नेपालमा पनि हजारौं मानिसको अकालमा मृत्यु भइरहेको छ। नजिकैको छिमेकी मुलुक वंगलादेश धुम्रपान हुक्त देश भएको छ, त्यहाँ पूर्ण रूपमा धुम्रपान वन्देज छ । हाम्रो यहाँ किन हुन सक्दैन । धुम्रपानले कसैलाई फाइदा पुर्याउनँदैन । तर सरकार धुम्रपान विक्रीवाट आउने करमा खुशी छ । धुम्रपान रोक्नु पर्नेमा सरकार आफैं धुम्रपान (चुरोट, विडी, खैनी, तम्माकु) उत्पादपनमा प्रोत्साहन गर्छ, प्रायोजनमा साथ दिन्छ, यो विडम्वना नेपालमा छ। सरकारले यस्ता धुम्रपान, मद्यपान जस्ता वस्तुमा प्रोत्साहन दिने नभएर वन्द गर्ने तिर लाग्नु पर्छ। यसले क्यान्सर रोग लाग्नुवाट धेरै हदसम्म वचाउन सकिन्छ । सरकार स्थिर नभएर र सरकारमा वस्ने प्रधानमन्त्री, मन्त्री आदिले सरकार चलाउने र वचाउने परिधि भन्दा माथि उठ्न नसकेको कारणले पनि यस्ता गंभिर विषयमा सरकारको ध्यान जानै सकेको छैन । एउटा नीति बनाइदिएर मात्र पुग्दैन त्यसको परिचालन र कार्यान्वयनको व्यवस्था पनि गर्न पर्ने हुन्छ त्यसतर्फ सरकार निकै उदासिन छ ।
क्यान्सरको उपचारको सहज उपलब्धता र जनचेतनाका लागि कसले के गर्नुपर्छ ?
सवैभन्दा पहिले त क्यान्सर निको हुने रोग हो, यो पाप, अभिशाप र मृत्यु होइन भन्ने सन्देश गाउँ गाउँ सम्म पर्याप्त मात्रमा पुर्याउनु पर्छ त्यसका लागि सरकार सबैभन्दा वढी संवेदनशील हुनुपर्छ र स्वास्थ्य क्षेत्रका संघसंस्था, सरकारी निकाय, स्थानीय र स्वास्थ्य विज्ञको समूह वनाइ संयुक्त प्रयास गर्नु पर्छ । सामान्य नेपालीले उपचारका लागि विदेश जानु पर्दैन, गहना, घरखेत वेच्नु पर्दैन भन्ने वनाउन सरकारमा रहेकाहरूको लागि पनि यहीं उपचार संभव छ भनेर अग्रसरता देखाउनुपर्छ। यसले स्वदेशमै गुणात्मक सेवा दिन सकिन्छ भने करोडौं रुपिया वाहिर जानवाट पनि रोकिन्छ। यो सही हो कि नेपालमा क्यान्सरको उपचार निशुल्क गर्न संभव छैन । यो आफैंमा मंहगो उपचार हो तर सरकारले राष्ट्रिय वीमा इन्स्योरेन्स पोलिसी बनाएर लाने हो भने भुटान र वंगलादेशमा जस्तै निशुल्क सेवा उपलब्ध गराउन सकिन्छ।
नेपालमा स्वास्थ्य क्षेत्रको अरवौं रुपिया फ्रिज हुने गर्छ तर जनताले स्वास्थ्य सेवा पाउन सकिरहेका हुँदैनन् । किड्नी प्रत्यारोपण, कलेजो प्रत्यारोपण नेपालमै संभव भए जस्तै क्यान्सर रोगको उपचारवाट क्यान्सर रोग समयमै सजकता अपनाउन सके धेरै निको हुने कुरा जनता सम्म पु¥याउन र मृत्युको मुखबाट क्यान्सरका रोगीलाई वचाउन सकिने अवस्था सिर्जना गर्न सरकार तत्पर हुनुपर्छ, हामी त्यसका लागि साथ दिन तयार छौ।