वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५
मुलुकको बदलिँदो परिवेश, धरातल तथा आवश्यक यर्थाथपरक सोचाइ र भोगाइको अवधारणालाई छिट्टै नै नेपाली जनता र दलले महत्वपूर्ण निर्णयका साथ आउँदो समयमा प्रष्ट पार्दै विवेकशील साझा पार्टीलाई परिवर्तनको संबाहकको रूपमा अगाडि सार्ने छ भन्ने स्पष्ट धारणका साथ राजनीतिमा संलग्न प्रखर युवानेता मिलन पाण्डेसँग मुलुक टाइम्सका लागि संजीव सिंह र आर. डी. श्रेष्ठ ले गरेको समय सापेक्ष सान्दर्भिक सवाल जवाफको सम्पादित अंशहरूः–
तपाईं युवा नेता, के देख्नुहुन्छ देश सही दिशामा गइरहेको छ ?
देशले सही दिशा लिएको छ कि छैन भन्दा पनि देशले अहिले कुनै दिशा नै लिन सकेको अवस्था छैन । देश कुन दिशामा जाँदैछ र कता जाँदैछ भन्ने स्पष्ट छैन । समग्र देश र राजनीति नै निरुद्देश्य जस्तै भएको छ । देश चलाउने नेताको देशप्रतिको जिम्मेवारी लक्ष्य र उद्देश्य केही भन्नेमा उनीहरू स्वएं नै स्पष्ट देखिदैनन् । कुनै नेताले देश र जनताका लागि केही काम गर्न नै सकेका छैनन। अहिले देश हाँक्नुपर्ने, देशलाई एउटा निश्चित गन्तव्यमा पुर्याउनु पर्ने अधिकांस नेताहरू महासमिति र स्थायी समितिमा दौडादौड गरिरहेका छन् तर केका लागि र किन भन्ने नेताहरूलाई नै थाहा छैन। उनीहरू देश चलाउन भन्दा आफू र आफ्नो पार्टी कसरी चलाउने भन्ने परिधिवाट मुक्त हुन सकेका छैनन् । अनी देशले कसरी दिशा पाउने ।
मुलुकको यस्तो अवस्था हुनुको कारण के हो त ?
मुलुक हाँक्ने नेता सही भइदिएको भए आज देश कहा पुगी सकेको हुन्थ्यो होला । तर हाम्रा नेता कस्ता छन भने जनतालाई काम गरेर देखाउनुको सट्टा जनतालाई निराशा वनाउने, सपना देखाउने, आवाज दवाउने, झुक्याउने जस्ता काम गर्छन् । पोष्टर टास्ने र उप्काउने जस्ता सानो मानसिकतामा सरकार र संयन्त्र प्रयोग हुन्छ । पानी जहाज चलाउने, घरघरमा ग्यास पुर्याउने, चन्द्रमामा पुग्ने जस्ता भ्रामक भाषण र झुक्याइमा सरकार र नेतृत्व रमाउने गर्दछ । जनताको चेतना कहाँ पुगिसकेको छ भन्ने हेक्का राख्न सकेका छैनन् । नेता भए पछि जनता समक्ष कुन स्तरमा प्रयोग हुने र कसरी मूल्याङ्गन गर्ने, जनताको वौद्धिकताको स्तर कसरी मापन गर्ने भन्ने सम्ममा पनि संवेदनशील हुन सकेनन् नेताहरू । ठुला भाषण र सपना देखाउनु भन्दा सुशासनका दुइवटा राम्रा काम मात्र गरेपनि जनता धेरै खुशी हुनेछन् । सरकारले त्यो पनि गर्न सकेको छैन । नेता सही दिशामा लाग्ने भएमात्र देशले सही दिशा पाउने हो । त्यो अवस्था अहिले सरकार र नेतृत्वले केही दिन सकेको छैन ।
नेता समक्ष नहुनुमा कारण के देख्नु हुन्छ ?
कुसंस्कृति राजनीति यस्को कारण हुन सक्छ ? किनकि नेपालमा अधिकांस पार्टीको राजनीति तीन कुरामा आधारित देखिन्छ – पैसा, पावर र सम्बन्ध । यो तीन विना राजनीति संभव हुँदैन र म त्यहाँ पुग्न सक्दिन भन्ने मानसिकता र सोचले गर्दा त्यसको सेरोफेरोमा नेताहरू अल्झिरहेको हामी देख्न सक्छौँ । नेता उत्पादन प्रक्रिया नै गलत किसिमको हुनाले देश बनाउने चाहना बोकेका व्यक्ति पनि नेता बन्ने प्रक्रियाका कारण उस्ले आफ्नो समूह बनाउने, आर्थिक संचय गर्न र शक्ति संचय गर्न तिर लाग्नु पर्ने कुसंस्कारबाट मुक्त हुन नसक्नु नै नेता समक्ष हुन नसकेको कारण देख्छु, म । तपाईं हामी देख्न सक्छौँ नेताहरू प्रायः वालुवाटार र वुढानीलकण्ठ कै सेरोफेरोमा दौडिरहेका हुन्छन् त्यो भनेको नै पावर, पैसा र सम्बन्धको प्राथमिकता हो ।
धेरै परिवर्तन भइसकेको मुलुकले के सोचेकै परिणाममुखी परिवर्तन पाएको छ त ?
छैन, परिवर्तनले समग्र देश र जनताले परिवर्तनको आभाश पाउनु पथ्र्यो, जनतामा परिवर्तनको खुसी छाउन पथ्र्यो, सतहमा भन्दा गहिराइमा महसुस हुनुपथ्र्यो, त्यो हुनै नसको छैन । यो हुन नसक्नुमा म फेरि पनि भन्छु कि कुसंस्कृत राजनीति हो । जबसम्म एउटा व्यक्ति देशहित गर्छु, जनताको काममा लाग्छु, देशलाई उज्जवल र समृद्ध वनाउछु भनेर नेता वन्न चाहन्छ र नेता बन्नका लागि अरुले जुन प्रक्रिया अपनाउनु पर्ने हुन्छ त्यसले गर्दा उसलाई त्यो इमान्दारिताबाट बंचित गराइदिन्छ । राजनीतिको तल्लो निकाय देखि माथिल्लो नेता बन्नलाई वालुवाटार र बुढानीलकण्ठ जस्ता ठाउँमा चक्कर लगाउनु पर्ने संरचना, कुसंस्कार र प्रक्रिया रहुन्जेल उसले निस्वार्थ राष्ट्रसेवा गर्नै सक्दैन र परिवर्तनको महसुसपनि जनताले गर्न सक्दैनन् ।
तपाईंको विवेकशील साझा पार्टी फरक चाहीँ के मा छ त ?
हामी अलि फरक ढङ्कमै गइरहेका छौँ । पहिलो कुरा त यो विवेकशील युवाहरूको समूह हो । नेपालको आधा जनसंख्या २२ वर्ष मूनीका छन् । त्यसैले देशको नेतृत्व अव विवेकशील युवाहरूको काँधमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हरेक संरचना र संगठनमा युवाहरूको नेतृत्व र दह्रो उपस्थिति हुनुपर्छ भन्ने छ । अर्को महत्वपूर्ण कुरा भनेको यो साझा पार्टी सवैको साझा हो । यहाँ कसैले कसैको चाकडी गर्नु पर्दैन । सक्षम युवाहरूको सहज प्रवेश र नेतृत्वदायी भूभिकाका लागि स्वतन्त्र छन् । नेतृत्वका लागि सदस्यता अनिवार्य भन्ने छैन । सक्षम व्यक्तिले यस पार्टीको नामवाट आ–आÇनो ठाउँमा उम्मेद्वारी दिन र नेतृत्व लिन स्वतन्त्र छन् । भनौँ नेता उत्पादन प्रक्रियामा नै हामीले परिवर्तन गरेका छौँ ।
अर्को फरक कुरा भन्नुपर्दा विवेकशील साझा पार्टीले राजनीतिलाई पुनः परिभाषित गर्न खोजेको छ। समाजसेवा परोपकारी र कल्याणकारी वेगर राजनीति हुँदैन । यस्ले नागरिकलाई जिम्मेवार, समाजलाई उद्यमी र उत्पादनशील बनाउन अभिप्रेरित गरी सक्षम वनाउनु पर्छ भन्ने हाम्रो राजनीतिक मान्यता र प्रयास हो । राजनीतिक पार्टी वन्नलाई सडक हडताल गर्नै पर्ने, रेलिङ भाँच्नै पर्ने, ढुङ्कामुढा गर्नै पर्ने भन्ने जुन सोच व्याप्त छ, त्यसलाई चिरेर समाजप्रति, नागरिकप्रति र देशप्रति बढी भन्दा बढी उत्तरदायी बनाउने र भाषण भन्दा कामले जनतासँग नजिक भइ देश विकास गर्ने परिपाटी वनाउन हामीले खोजेका छौ । जनतासँग प्रत्यक्ष सहभागी बनी उनीहरूसँग दोहोरो सम्वादमा रहने र जनतावाटै सही नेतृत्वको पहिचान गरी राजनीति प्रतिको जनताको वितृष्णामा परिमार्जन गर्ने विवेकशील साझा पार्टीको रणनीति हो ।
आम जनता माझ नेतृत्व दिएर फरक रूपमा प्रस्तुत हुन विवेकशील पार्टीले के गर्दैछ त ?
पहिलो कुरा नेतृत्व लिएर सही परिणाम दिनका लागि स्वयं आन्तरिक रूपमा सक्षम हुनै पर्छ । जनता माझ गएर चुनाव जित्न र परिणाम दिनका लागि पार्टीको संगठन विस्तार निकै आवश्यक हुन्छ । त्यसैले अहिले हामी १÷२ वर्ष संगठन विस्तारको काम गछौं । त्यस्तै पार्टी भित्र विचार माझ्ने काम गर्दैछौ । ७ प्रदेशमा हामी संगठन विस्तारका क्रममा छौं । भोली चुनाव जितेर हामीले गर्ने के, कसरी गर्ने र फरक के दिने भन्ने विषयमा गहन छलफल पनि गरिरहेका छौं । आजका दिन केपी ओली, शेरवहादुर देउवा, पुष्पकमल दाहाल लगायतले किन केही गर्न सकेनन्, किन जनता चिंढिएका छन्, किन नतिजा दिन सकिरहेका छैनन, कमजोरी कहाँ छन, परिवर्तनको खाँचो कहाँ छ त्यस सम्बन्धमा हामी गहन अध्ययन र विश्लेषण गर्दैछौं । किनकि जनता सचेत भइसकेका छन्, राम्रा भाषण र ठुला कुराले जनता चिढिन्छन् भन्ने कुरा नेताहरूले बुझ्न नसक्दा र जनतावीचको वौद्धिकस्तरको मूल्याङ्गकन गर्न नसक्दा अहिले सरकार र नेतृत्व प्रति जनताको वितृष्णा बढ्दो छ। त्यो कुरा बुझ्न जरुरी छ । हामी त्यस तर्फ पनि सचेत छौँ ।
भोलिका दिनमा तपाईं र तपाईको पार्टीले सही दिशा लिन्छ र दिन्छ भनेर विश्वास गर्ने आधार के त ?
यस्को प्रमुख आधार भनेको पार्टीको संरचना, नीति र मूल्य मान्यता हो । सिद्धान्त सवैमा राम्रा नै हुन्छन् । व्यवहारमा कस्तो रह्यो भन्ने महत्वपूर्ण हो । परम्परा राम्रो भाषण गर्नु, जनतालाई सपना वाँडनु र पूरा गर्न नसक्ने प्रतिवद्धता व्यक्त गर्नु रहेको छ । जनतालाई भाषण होइन, काम चाहिएको छ । गर्न नसकिने कुरा ठूला मान्छे भएर वोल्नु हुन्न । पार्टीमा नेता बन्न र चुनाव जित्नका लागि जसरी मूल्य, मान्यता र नीति विर्सनुपर्ने हुन्छ त्यो परिपाटी हाम्रो पार्टीमा छैन र हुँदैन । यस पार्टीमा नराम्रा र दुषित भावका मान्छे टिक्नै सक्दैन । यहाँ कसैले कसैको चाकडी गर्नुपर्ने अवस्था छैन, न त वालुवाटार र बुढानिलकण्ठ धाउनु पर्ने अवस्था नै छ । यस्ले सही काम गर्नेलाई कहिँ कतैवाट छेकवार वा वन्देज हुँदेन, उसलाई पार्टीको पूर्ण समर्थन र साथ रहन्छ । जसले गर्दा राम्रो कामको लागि एउटा व्यक्ति पनि पूर्ण रूपमा स्वतन्त्र छ ।अर्को कुरा कसैले पार्टीको, जनताको हित विपरित काम गर्छ भने त्यसलाई सच्चाउनका लागि पार्टी भित्र न्याय तथा सुशासन आयोेग बनाएको छौ जो पूर्णत स्वायत्त छ । यसले गलत काम हुनै दिँदैन । त्यस्तै यहाँ केही पाउँ भन्दा पनि केही गरौं भन्ने भावना वोकेका युवाहरूको ठूलो जमात छ ।
वास्तवमा नेपाली जनताले सोचे भन्दा र चाहेभन्दा छिटो र धेरै कुरा पाएका र ल्याएका छन् । तर सही नेतृत्व र सुझवुझ पूर्ण शासन हुन नसक्दा त्यो परिणामको सदुपयोग र उपलब्धी जनताले महसुस गर्न सकेका छैनन् । अब जनताले स्पष्ट र इमान्दार नेतृत्व चाहेका छन् । प्रतिवद्ध, इमान्दार र पारदर्शी नेताहरू जनताका चाहना र आवस्यकता हुन्, हामी त्यसका लागि प्रतिवद्धताका साथ लागिरहेका छौं । समर्पित, जुझारु, विवेकशील युवाहरूले यो सामुहिक पार्टीले सोचेभन्दा छिटो परिणाम दिन सक्नेमा हामी विश्वस्त छौ । हामी जनता माझ, जनतासँगै सहकार्य गरी सही नेतृत्व दिने कुरामा ढुक्क छौँ ।