वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५
नगर प्रमुखहरूको विश्व संसद सदस्यमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् । विश्व संसदको संयुक्त राज्य बेलायतको ब्रिष्टोल शहरमा यही अक्टोबर २१ देखि २३ गतेसम्म भएको नगरप्रमुखहरूको सम्मेलनले नगर प्रमुख न्यौपाने सदस्यमा निर्वाचित भएका हुन् । उक्त सम्मेलनले ८ सदस्यीय कार्यकारी सदस्यहरूलाई निर्वाचित गरेको छ ।
नयाँ निर्वाचित कार्य समितिमा जर्मनीका मेनहम नगरपालिकाका प्रमुख पिटर कुर्ज, संयुक्त राज्य बेलायतको व्रिष्टोल नगरपालिकाका प्रमुख मार्भिन रिज, इटालीको पालेर्मो नगरपालिकाका प्रमुख लियो लुका ओर्लाण्डो, युगाण्डाको होइमा नगरपालिकाका प्रमुख गे्रस मेगी मुगासा, नर्भेको स्टेभेगर नगरपालिकाका प्रमुख क्रिष्टिन सेगन हेल्गो, संयुक्त राज्य अमेरिकाको कोलम्बीय नगरपालिकाका प्रमुख स्टेफेन के बेनजामिन, लाइबेरियाका मोनेरिभिया नगरपालिकाका प्रमुख जेफर्सन टम्वा कोइजी र नेपालको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने रहेका छन् ।
नगर प्रमुखहरूको सम्मेलनबाट शहरी बसाइसराइलाई मानवीय ढंगले व्यवस्थित गर्ने शहरी सुरक्षा र स्वास्थ्य क्षेत्रमा सम्वन्धित संगठन र क्षेत्रीय संगठनहरूसँग समन्वय गरी कार्य गर्ने प्रतिवद्धता गर्दै घोषणापत्रसमेत जारी गरिएको छ । प्राविधिक कारणले व्यास नगरपालिकाका प्रमुख न्यौपाने उक्त सम्मेलनमा उपस्थित हुन नसके पनि कार्यकारिणी सदस्यका लागि दिएको उमेद्वारीलाई सम्मेलनले निर्वाचित गरेको हो । निर्वाचित भएपछि नगर प्रमुुख न्यौपानेसँग मुलुक टाइम्सका लागि तनहुँबाट उपेन्द्र खनाले गरेको सिधा संवादको संक्षिप्त अंशहरू :
नगरपालिकाहरूको अन्तर्रास्ट्रिय संसदको सदस्यमा निर्वाचित भएपछि नेपाललाई कसरी विश्व सामु प्रस्तुत गर्नुहुन्छ ?
विभिन्न देशका नगरपालिकाहरूमध्ये इच्छुक नगरपालिकाहरूको अन्तर्रास्ट्रिय मञ्च (जिपिएम) हो । यस संस्थामा व्यास नगरपालिका पनि यसै वर्षदेखि सदस्य भएको छ । उक्त संस्थाको संयुक्त राज्य ( यूके ) को व्रिस्टोल शहरमा भएको सम्मेलनमा व्यास नगरपालिकाको नगर प्रमुखको नाताले कार्यकारिणी सदस्यसमेत हुने अवसर मलाई प्राप्त भएको छ । नगरपालिकाको समस्याहरू समाधान गर्न र कतिपय नगरपालिकाहरूमा भएका उदाहरणीय कार्यको अनुभव आदानप्रदान गरी नगरको विकासमा विशेष योगदान दिन सकिने मैले विश्वास लिएको छु ।
काम कर्तव्य र अधिकार के के हुन् ?
हरेक देश र हरेक नगरपालिकाका आ–आफ्नै मौलिक चरित्र हुन्छन् । आ–आफ्नै समस्याहरू हुन्छन् । विश्व व्यापीकरणले एक देश र स्थानमा भएका घटनाहरूले
विविध असरहरू परिरहेका हुन्छन्, त्यसलाई न्यूनीकरण गर्ने काम नै मुख्य हुनेछ ।
कार्यकारी सदस्यलाई राज्यले के सुबिधा दिन्छ ?
राज्यले कुनै सुबिधा दिदैन । विभिन्न नगरपालिकाहरूमा आवतजावत गर्नका लागि अनुमति प्रदान गर्दछ ।
काङ्ग्रेसले टिकट दिएर नगरपालिकाको नगर प्रमुख हुनु भयो, केन्द्र र प्रदेशमा दुई तिहाईको सरकार छ, तपाईं निर्वाचित भएपछि के भूमिका रहन्छ ?
व्यास नगरपालिकामा विकास अभियान संचालन गर्न नगर कार्यपालिका सदस्यहरूवीच कुनै बिबाद छैन । संघ तथा प्रदेश बाट प्राप्त बजेट र आन्तरिक आयलाई व्यवस्थापन गरेर विकास अभियान संचालन गरेका हौं । न्एः को सदस्य भएर नेपालको आन्तरिक राजनीतिमा कुनै असर पर्ने, पार्ने अवस्था रहँदैन ।
नगरपालिकाहरूको अन्तर्रास्ट्रिय संसदको सदस्यमा निर्वाचित भएपछि नेपाललाई कसरी विश्व सामु प्रस्तुत गर्नुहुन्छ ?
विभिन्न देशका नगरपालिकाहरूमध्ये इच्छुक नगरपालिकाहरूको अन्तर्रास्ट्रिय मञ्च (जिपिएम) हो । यस संस्थामा व्यास नगरपालिका पनि यसै वर्षदेखि सदस्य भएको छ । उक्त संस्थाको संयुक्त राज्य (यूके) को ब्रिस्टोल शहरमा भएको सम्मेलनमा व्यास नगरपालिकाको नगर प्रमुखको नाताले कार्यकारिणी सदस्यसमेत हुने अवसर मलाई प्राप्त भएको छ । नगरपालिकाको समस्याहरू समाधान गर्न र कतिपय नगरपालिकाहरूमा भएका उदाहरणीय कार्यको अनुभव आदानप्रदान गरी नगरको विकासमा विशेष योगदान दिन सकिने मैले विश्वास लिएको छु ।
काम कर्तव्य र अधिकार के के हुन् ?
हरेक देश र हरेक नगरपालिकाका आ–आफ्नै मौलिक चरित्र हुन्छन् । आ आफ्नै समस्याहरू हुन्छन् । विश्व व्यापीकरणले एक देश र स्थानमा भएका घटनाहरूले विविध असरहरू परिरहेका हुन्छन्, त्यसलाई न्यूनीकरण गर्ने काम नै मुख्य हुनेछ । कार्यकारी सदस्यलाई राज्यले के सुबिधा दिन्छ ।राज्यले कुनै सुबिधा दिदैन । विभिन्न नगरपालिकाहरूमा आवतजावत गर्नका लागि अनुमति प्रदान गर्दछ ।
काङ्ग्रेसले टिकट दिएर नगरपालिकाको नगर प्रमुख हुनु भयो, केन्द्र र प्रदेशमा दुई तिहाईको सरकार छ, तपाईं निर्वाचित भएपछि के भूमिका रहन्छ ?
व्यास नगरपालिकामा विकास अभियान संचालन गर्न नगर कार्यपालिका सदस्यहरूबीच कुनै बिबाद छैन । संघ तथा प्रदेशबाट प्राप्त बजेट र आन्तरिक आयलाई व्यवस्थापन गरेर विकास अभियान संचालन गरेका हौं । यस्को सदस्य भएर नेपालको आन्तरिक राजनीतिमा कुनै असर पर्ने, पार्ने अवस्था रहँदैन ।
विश्व स्तरीय सदस्य भएर नेपाल चिनाउनु भएको छ अब कस्तो विकास निर्माणको अबधारणा ल्याउनु हुन्छ ?
अहिले संसारमा मुख्य समस्याका रूपमा रहेका बसाइँसराइ, शहरी सुरक्षा, विस्वसनीय स्वास्थ्य सेवा हुन् । यस्ता समस्याहरू समाधान गर्न हाम्रा साधन श्रोतको अधिकतम परिचालन गरी स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्दै मानवीय समाधानका उपायहरू अबलम्बन गर्नुपर्दछ । त्यसैमा संस्थाको प्रतिबद्धता छ र मेरो ध्यान त्यसरी नै केन्द्रित हुनेछ ।
सदस्य भएपछि गरिब मुलुकको समन्वय कसरी गर्नुहुन्छ ?
यो संस्था नगरबासीहरूसँगै प्रत्यक्ष सरोकार राख्ने नगरपालिकाहरू नै सदस्य रहेको संस्था हो । यसले आर्थिक संकलन र वितरणको कार्य गर्दैन । आ आफ्ना उदाहरणीय अनुभबहरू आदानप्रदान गरी विभिन्न नगरबासीहरूबीच नागरिक स्तरको सम्बन्ध स्थापित गर्ने संस्था हो । सबै नगरपालिकाहरूको समान हैसियत र मर्यादा हुने हुँदा गरिब धनीको सबाल आउदैन । (जिपिएम) को सदस्य नहुने नगरपालिकासँग यसको खासै सम्बन्ध हुँदैन ।
प्रदेश र संघीय सरकारबीचको बढ्दो दुरी कम गर्न कस्तो बाताबरण र कार्यको जरुरी छ ?
बैचारिक हिसाबले २ नम्बर प्रदेशबाहेक अन्य ६ वटा प्रदेशहरूमा बामपंथी धारकै सरकार भएको बिदितै छ । संघीय सरकार र प्राय सबै प्रदेश सरकार एउटै बैचारिक धारको भएता पनि कर्मचारीको व्यवस्थापनमा कठिनाइ, विभिन्न संरचनाहरूको संक्रमणको अवस्था हुँदा सबै सरकारहरू अलमलमा परेका छन् । संघीय सरकारमा नेतृत्व गर्ने पार्टी आफ्नै एकीकरण प्रक्रियामा बढी समय लगाईरहेको छ । गणितको हिसाबले संघ र प्रदेश सरकार बलियो देखियता पनि राजनैतिक व्यवस्थापन कमजोर हुँदा जनतामा निराशा बढ्दै गएको छ । नागरिकमा आएको निरासालाई, आशा र भरोसामा बदल्न सकिएन भने लोकतन्त्रले जगाएको उत्साह घटेर जान्छ । आज दक्षिण एसियामा भएका राजनीतिक घटनाक्रमहरूले नेपाललाई पनि अछुतो राख्दैन । श्रीलंकामा भएको सरकार परिवर्तन, माल्दिभ्स, भुटान पाकिस्तानमा भएका निर्वाचनबाट नयाँ सरकारहरूको आगमनमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभावहरू देखिएका छन् । आगामी वर्ष भारतमा निर्वाचन हुन गइरहेको छ, यस घडीमा राजनैतिक व्यवस्थापन गर्न नेपालका नेताहरू चुके भने अन्तर्राष्ट्रिय दलदलको शिकार नेपाल पनि हुन सक्दछ । यतातर्फ दुईतिहाइको दाबी लिने सरकारले ध्यान दिन जरुरी छ । नेपालका आवश्यकता राजनैतिक स्थिरता हो, अस्थिरता बढाउनाले कसैको हित हुँदैन ।