आर. डी. श्रेष्ठ,
वर्षः ०१ । अङ्कः ०३ । कार्तिक २०७५
राजनीतिका माहिर खेलाडी र अनेकौं परिवर्तनका साक्षी तथा पटक पटक सत्ताको केन्द्रमा रहेका माले महासचिव चन्द्र प्रकाश मैनलीसँग अतित र वर्तमान राजनीतिक परिपे्रक्ष्यमा रहेर मुलुक टाइम्सका लागि आर. डी. श्रेष्ठ ले गरेको रोचक र सान्दर्भिक सवाल जवाफको सम्पादित अंशहारूः–
प्रश्नः मुलुक कुन दिशामा जाँदै छ ?
उत्तरः मुलुकको हालको स्थितिलाई नियाल्ने हो भने यो सही दिशामा जाँदैछ भन्न मिल्ने अवस्था छैन । संघियताको अवस्था होस्, चाहे शान्ति सुरक्षाको होस्, चाहे त्यो विकास निर्माण कै होस् या शासन शैलीकै कुरा होस्, यसले के देखाउँछ भने देशमा संख्याले सशक्त सरकार भएतापनि लाचार र शक्तिहीन सरकार र त्यसको प्रभाव प्रचुर मात्रामा देख्न सकिन्छ । देशमा आन्तरिक भन्दा बाह्य शक्तिको प्रभाव बढ्दो छ । जनताले दिएको मत को शासन भन्दा बाहिरी हस्तक्षेप र स्वार्थले प्रेरित शासनको प्रत्याभूत भइरहेको छ । समग्रमा भन्नु पर्दा जनताले आन्दोलन र क्रान्ति मार्फत चाहेको भन्दा फरक किसिमले मुलुक अघि बढ्दै छ । मुलुक सही दिशातर्फ जाँदै छ भन्नेमा विश्वास गर्न नसकिने अवस्था छ ।
प्रश्नः मुलुकको यस्तो दिशा र दशा किन ?
उत्तरः स्पष्ट नै छ, नेताहरूमा व्याप्त सत्ता लिप्तता र शक्तिशाली बनिरहने चाहना, जनतालाई दिएको विश्वास, प्रतिबद्धता, घोषणा आदि सबै बिर्सेर जब सत्ता र शक्तिको पछि नेताहरू लाग्ने गर्छन् तब देश सही दिशामा जान सक्ने कुरै भएन । त्यसमाथि जनताले त्याग, बलिदान र संघर्षले ल्याएको परिवर्तनलाई आÇनो सामथ्र्यको रूपमा बुझ्ने जनताको अभिमतलाई सत्तामा पुग्ने भ¥याङ्को रूपमा मात्र लिने र आफूलाई शक्ति र सत्तामा पु¥याउने शक्तिलाई सर्वोपरी ठान्ने प्रवृत्ति नेतामा बढेपछि कुनै पनि देश सही दिशातर्फ अगाडी जानै सक्दैन । नेपालमा पनि २००७ सालदेखि ठूला ठूला परिवर्तनहरू भए, जनताले प्राणको आहुति दिएर क्रान्ति गरे, व्यवस्था परिवर्तन भए तर जनता अभैmपनि निराशा र दुखित छन् । किनभने उनीहरूले चाहेजस्तो परिवर्तन हुनै सकेन । नेताहरू सत्तामा पुगेपछि जनताको इच्छा भन्दा बाह्यशक्तिको इच्छामा दब्न पुगे जसका कारण नेताहरूमा लाचारिता देखिन थाले । जनताको ऋण भन्दा बाह्यशक्तिको ऋण भारी हुन थाले नेताहरूलाई ।
प्रश्नः बाह्य शक्तिको ऋण भनेको कस्तो ऋण हो ?
उत्तरः नेपालमा जतिपनि परिवर्तनहरू भए त्यसमा बाह्य शक्तिको प्रभाव गहिरो रूपमा पर्ने गरेको छ । २००७, २०४६÷०४७ र २०६२÷०६३ सालदेखि कै किन नहोस्, परिवर्तनमा घनिभूत रूपमै त्यसको प्रभाव देखियो । २०४७ सालमा भएको आन्दोलन आन्तरिक थियो तर त्यतिबेला भएको लामो नाकावन्दीले त्यो आन्दोलनलाई प्रभावित पारेको थियो । त्यस्तै २०६२ सालमा माओवादीलाई भारतमा शरण दिने देखि १२ बुँदे सहमति सम्मको यात्रामा भएको प्रत्यक्ष सहभागिता र सहयोग एक प्रकारको ऋणको रूपमा थियो । नेतृत्वलाई जुन ऋणमा चुकाउन जरुरी पनि थियो उनीहरूलाई २०४७ साल र ६३ सालको ऋणको भारले गर्दा सत्तामा पुगेका नेताहरूमा जनताप्रति भन्दा त्यो ऋण प्रति बढी झुक्न थाले र ऋण चुक्ता गर्न तिर लागे र लाग्दै छन् ।
जब १२ बुँदे सहमति बन्यो त्यति बेला अन्तराष्ट्रिय रूपमै सन्देश जाने गरी माओवादी आतंककारी होइनन् भन्ने पैरवी भयो । भारतीय जमिनमै बसेर आन्दोलनका कार्यक्रम बनाउन आन्दोलनलाई क्रियाशिल बनाउन बातावरणमा सत्तासम्म पु¥याउने काममा ठूलै सघाउ मिल्यो । यो एउटा ठूलै ऋणको रूपमा थियो जसलाई सत्तामा पुग्ने नेताहरूले तिर्दै आइरहेका छन् । २०४७ सालमा भारतीय केही नेताहरू नेपाली भूमिमा आइ परिवर्तनका लागि आवाज उठाइदिए । जसका कारण ४७ पछि त्यसको ऋण तिर्न थालेका थिए । सत्ताधारीहरूले अहिले ६२÷६३ को ऋण तिरिरहेका छन् । यसरी जनताले, जनताका लागि भनेर ल्याएको परिवर्तनले जनतालाई प्रतिफल दिन सकेनन् दल र दलका नेताहरूले । परिवर्तनको प्रतिफल जनताले सन्तोषजनक रूपमा महसुस नै गर्न सकेनन् ।
प्रश्नः परिवर्तन बाह्य शक्तिको स्वार्थ अनुसार भएका हुन् त ?
उत्तरः परिवर्तन जनताले जनताकै लागि ल्याएका हुन् । कुनै पनि देशमा परिवर्तन जनता सहभागी नभइ भएका छैनन् । साथ र सहयोग सबैको लिनुपर्ने हुन्छ । तर स्वार्थ देश र जनताको सर्वोपरी हुनुपर्छ । त्यस्तो भने हुन सकेको देखिएन । परिवर्तनपछि जनताको भूमिकालाई गौण रूपमा हेर्ने र आफूलाई सत्ता र शक्तिमा पु¥याउनेहरू पनि नतमस्तक हुने, झुकाव बढाउने, उनीहरूको स्वार्थलाई महत्व दिने किसिमका प्रवृत्ति भने अहिले बढ्दो रूपमा देखिएको छ । जनताको त्याग, तपस्या, बलिदान र साहसलाई नेतृत्वले बुझ्न नसकेको देखियो । जसले गर्दा नेतृत्वले परिवर्तनलाई सार्थक रूप दिन सकेन । नेतृत्वले जनतामा आकांक्षा अनुसार काम गर्न सकेन ।
प्रश्नः नेतृत्वले काम गर्न नसकेका या नगरेका ?
उत्तरः यदि जनताको मत र विश्वासलाई कदर गर्न र बुझ्न सकेको भए नेतृत्वले जनताका लागि काम गर्न र जनताको आकांक्षा पूरा गर्न नसक्ने भन्ने हुँदैन । नेताहरूमा जनता प्रतिको उत्तरदायित्व बोध नभएर आÇनो घोषणा पत्र प्रति प्रतिबद्ध नभएर जनताका आधारभूत आवश्यकता प्रति संवेदनशील नभएर, सत्ता, शक्ति र स्वार्थ प्रति मात्र केन्द्रित हुने प्रवृत्ति रहेकाले जनताको आकांक्षा अनुसार काम गर्न नसकेका हुन् । जनतालाई सत्तासम्म पु¥याउने भ¥याङ्को रूपमा मात्र प्रयोग गर्ने, आस्वासन मात्र बाँड्ने, मिठा भाषण गर्ने, झुक्याउने, लोभ्याउने जस्ता काम धेरै हुन थाले । वास्तवमै जनता र जनताको शक्ति प्रति नेतृत्व संवेदनशील हुनै सकेको देखिएन । आ–आनो स्वार्थपूर्ति र शक्तिलाई निरन्तरता दिन मै नेताहरू केन्द्रित हुन थालेको अहिलेको अवस्था छ ।
वास्तवमा परिवर्तनपछि राष्ट्रियताका मुद्दा, राजनीतिक मुद्दा, बहुदलीय प्रजातन्त्रले जनतालाई दिएको अधिकार, पहिचान दिने कुरा, समावेशिताका कुरा, विकास निर्माणका कुराहरू जनता समक्ष लानुपर्ने थियो तर त्यस्तो ६२÷६३ अघिको आन्दोलन अघि पनि हुन सकेन र त्यसपछि पनि÷जनतालाई सक्षम बनाउने तिर भन्दा भोटको राजनीतिमा जनतालाई प्रयोग गर्ने प्रवृत्ति बढ्न थाल्यो जसले गर्दा जनताको स्वार्थ भन्दा दल र नेतृत्वको स्वार्थ हावी हुन थाल्यो । त्यही भएर पनि हो नेतृत्वले जनताको इच्छा अनुसार काम गर्न नसकेको÷जनताकै मतले सरकार बन्छ तर जनतालाई सरकार आÇनो हो भन्ने महसुस नै हुन सक्दैन र सकेको छैन ।
प्रश्नः अहिलेको दुई तिहाइको सरकारले के गरिरहे जस्तो लाग्छ ?
उत्तरः छर्लङ्क छ । शान्ति सुरक्षाको अवस्था होस् चाहे त्यो कानुनी व्यवस्थाको अवस्था होस् । संघीयता कार्यान्वयनको सवालमा होस् या भ्रष्टाचारका क्षेत्रमा होस् सबैतिर अस्तव्यस्त छ । सरकार कुरा ठूलठूला गर्ने गर्छ तर जनतामा सानो कुराको पनि भरोसा छैन ।
भुकम्प पछिको पुननिर्माण प्रक्रिया कहाँ रोकिएको छ, भ्रष्टाचार न्यूनिकरणको नाममा सानासाना माछा समातेर दङ्क परेको छ, जथाभावी कर लगाएर जनतालाई अप्ठ्यारो बनाएको छ, कानुनी राज्यको खिल्लि उडीरहेको छ तर सरकार निरिह तमासे बनिरहेको छ । यो कस्तो सरकार र शासन हो । जनता यही सोधिरहेका छन् अहिले । एनजीओ र आइएनजीओ लाई पारदर्शी बनाउने भनियो । सिन्डिकेट हटाउने भनियो, भ्रष्टाचार हटाउने भनियो, ठूलठूला सपना बाँड्ने काम भयो तर सुन काण्ड कहाँ पुग्यो, ठेक्काहरू कस्ता व्यक्तिलाई दिइदै छ ? निर्मला बलात्कार र हत्या काण्ड कुन गर्भमा लुक्दैछ ? हरेक दिन बलात्कार र हत्याका घटना घटिरहेका छन् । कानुन र न्याय कता छ ? यसले पनि देखाउँछ अहिलेको सरकार के गरिरहेको छ भनेर । दुई तिहाइको संख्याले मात्र देश चल्ने होइन । जनताको इच्छा आकांक्षा र आवश्यकतालाई गौण बनाएर सत्ता र शक्ति कै मात्र राजनीति गरेर हुँदैन । जनताले हेरिरहेका छन्, बुझिरहेका छन्, नेता र नेतृत्व जनता केन्द्रित छन् कि सत्ता केन्द्रित भनेर ।
प्रश्नः नेताहरू बाह्य शक्तिका सामु नतमस्तक भएकै हुन् त ?
उत्तरः तपाइ हेर्नुहोस्, सत्तामा पुग्नु भन्दा अघि र सत्ताभरि हुँदा देखिने नेताहरूको प्रस्तुतीमा कत्तिको फरक आउँछ । चाहे त्यो मित्र राष्ट्र भारतसँगको सम्बन्धमा होस् या चीनसँगको सम्बन्धमा होस् । द¥होसँग नेपालका कुरा राख्ने हिम्मत नै गर्न सक्दैनन् । सत्तामा पुग्नका लागि गरेको सहयोगका अगाडि झझुकेर उसले उनीहरूकै स्वार्थलाई महत्वमा राखिराखेका हुन्छन् । तराई र पहाडबीच फाटो ल्याउने काम भएन कि ? नागरिकताका सवालमा विवाद भएन कि ? विभिन्न किसिमका नाकाबन्दी गर्ने जस्ता काम भएनन् कि ? समस्या देखिएन कि ? सुरक्षाकर्मीको प्रवेश सम्बन्धी काम भएन कि ? तर खै यसबारे सरकारले आÇनो दृष्टिकोण राखेको । स्वतन्त्र र सार्वभौम राष्ट्रको प्रतिनिधिका हैसियतले नेपालको दृष्टिकोण सटीक र द¥होसँग राख्न किन सक्दैनन् नेताहरूले । किन, ती कुराहरूलाई भाषण मै मात्र सिमित राख्छन् । देशभक्तिको हाँक लगाउने नेतृत्वले राष्ट्रिय सवालमा मात्र नभएर सीमा सम्बन्धी समस्या, पारवहन जस्ता कुरामा स्पष्ट कुरा राख्न नसक्नु, क्रान्तिकारी भाषण गर्दै सत्ता सम्म पुग्नु र सत्तामा पुगेपछि मौनता साध्नु भनेको एक हिसाबले त्यस्ता शक्तिप्रति आफू कमजोर हुनु र राष्ट्रकै कमजोरी देखाउनु हो ।
प्रश्नः जनता एकपटक फेरि उठुनु पर्ने भएको हो त ?
उत्तरः जनताले सबै हेरिरहेका छन्, बुझिरहेका छन् । नेताहरू, घोषणा, भाषण, आस्वासन र सपना देखाउने मात्र काम गरिरहेका र उनीहरूमा जनताप्रति प्रतिवद्धताहरू र घोषणा प्रति प्रतिवद्ध नहुँदै गएको जनताले महसुस गर्न थालेका छन् । ठूला ठूला परिवर्तन जनतामुखी हुन नसकेको र जनताको अभिलाषा र अवाश्यकता अधुरै रहेको, जनताका आधारभूत आवश्यकता भन्दा नेताको स्वार्थले प्राथमिकता पाउँदै गएको यो अवस्था जनताका लागि निराशापूर्ण बन्न पुगेको छ । नेतृत्व तह जनताप्रति इमान्दार हुन सकेनन भने जसरी जनताले शक्तिशाली बनाउने हो त्यसरी नै ढाल्न पनि सक्छन् । यो कुरालाई मनन् गर्नुपर्ने हुन्छ । जित्नु र मत धेरै ल्याउनु मात्र सबै आधार होइन । जनता र राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न सक्नु पर्छ । नतमस्तक अन्य शक्तितिर होइन जनताप्रति हुन सक्नु पर्छ । विकृति यसरी नै बढ्दै जाने र नेतृत्व गम्भीर नहुने हो भने जनता फेरि उठ्न बाध्य हुन सक्छ ।