राजेश्वर डी. श्रेष्ठ,

वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५

मृत्यूको मुखमा पुगेका बलराम नागी, जसको कलेजो पूर्ण रूपमा खराब भई जीवन समाप्तिको संघारमा थियो, कलेजो प्रत्यारोपणको सफलताले पुनर्जीवन प्राप्त गर्न पुगे । लामो उपचार र प्रयासबाट निराश भई मृत्युको प्रतिक्षामा रहेकालाई आफ्नै देशमा भएको कलेजोको सफल प्रत्यारोपण अपूर्व बरदान सावित हुन पुग्यो । धान्नै नसकिने उपचार खर्च, जटिल एवम् जोखिमपूर्ण कलेजो प्रत्यारोपण उनको बसको कुरा थिएन । त्यसअघि कानुन पनि बनी नसकेको अवस्थामा नेपालमा त्यो सम्भव पनि थिएन ।

२०७३ साल मंसिर २२ गतेको त्यो दिन नेपालकै चिकित्सकीय इतिहासमा एउटा फडको मार्ने खालको घटना स्थापित हुन पुग्यो । तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको विभागीय सक्रियता र मानवअंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको रातदिनको मिहिनेतले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपणको सफल शल्यक्रिया सम्पन्न भयो ।

इतिहासमा पहिलोपटक सन् १९६३ मा कलेजो प्रत्योरोपण सफल भएको थियो । तत्पश्चात भएका ४ पटकको प्रत्यारोण भने सफल हुन सकेन् । पहिलो ५ वटा प्रत्यारोपणमा २३ दिनभन्दा बढी कुनै विरामी बाँचेका थिएनन् । सन् १९६७ मा गरिएको कलेजो प्रत्यारोपण भने सफलताका साथ सम्पन्न भयो । Dr. Thomas Stars को नेतृत्व भई भएको उक्त प्रत्यारोपण रूपमा अंकित हुन पुग्यो । कलेजो प्रत्यारोपण सफल भएको १० वर्षमा करिब २०० भन्दा बढी सफल प्रत्यारोपण भएको देखिन्छ । कलेजो प्रत्यारोपणकै क्रममा सन् १९९२ मा एक प्रकारको बा“दरको कलेजो मानिसमा प्रत्यारोपण पनि गरिएको थियो । जसमध्ये एक बिरामी ७० दिन र दोस्रो बिरामी २५ दिन बा“च्न सफल भएका थिए । पूर्ण रूपमा कलेजो खराब भई काम नलाग्ने भएका व्यक्तिलाई बा“दरको कलेजो प्रत्यारोपण गरिएको थियो ।

विश्वमै कलेजो प्रत्यारोपणले सफलता पाएको ५० वर्षमा नेपालले उक्त प्रत्यारोपण कार्यमा ऐतिहासिक सफलता प्राप्त गरेको हो । जटील, जोखिमपूर्ण र ज्यादै खर्चिलो कलेजो प्रत्यारोपण जस्तो पुनर्जीवन दिने शल्यक्रिया सफलताका साथ सम्पन्न हुनु ज्यादै गर्विलो कुरा भएको मान्छन् चिकित्सकहरू । यस कार्यका लागि चाहिने कानुनी प्रावधान, प्राविधिक दक्षता, दाता अनि लाग्ने ठूलो धनराशी आफै“मा ठूलो चुनौती बन्ने उनीहरू बताउ“छन् । जुन सामान्य नेपालीका लागि असंभव जस्तै हुन्छ । तर अब कलेजो प्रत्यारोपण जस्तो जटील र जोखिमपूर्ण शल्यक्रिया स्वदेशमै हुने मात्र नभएर धेरै कम खर्चमा सम्भव हुने पनि भएको छ । मानव अंग प्रत्यारोपण ऐन र नियमावलीको व्यवस्था भएपछि कानुनी रूपमा अंग प्रत्यारोपण गर्न सहज भएको छ भने दाता अंग, दाताको दायरा फराकिलो बनाइ“दा मृगौला, कलेजो जस्तो महत्वपूर्ण अंग खराब भई मृत्युको मुखमा पुगेका व्यक्तिलाई पुनर्जीवनको सम्भावना बढाइएको छ ।

कलेजोको सफल प्रत्यारोपण
पहिलो – २०७३ मंसिर २२ गते
दोस्रो – २०७४ असार १८ गते
तेस्रो – २०७५ असार १० गते
(स्थान–मानव अङ्क प्रत्यारोपण केन्द्र, दुधपाटी, भक्तपुर)

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मानव अंग प्रत्यारोपण ऐन भएपनि नियमावलीको अभावमा प्रत्यारोपण गर्न सम्भव भइरहेको थिएन । त्यसका लागि पहल भइरहेको भए तापनि नियमावली अभावका कारण कतिपय कलेजो प्रत्यारोपण नै गर्नुपर्ने विरामीहरू मृत्युको मुखमा पुग्ने गरेको थिए । विदेशमा गई मह“गो उपचार गर्न सम्भव नभए पनि स्वदेशमै प्रत्यारोपण गर्न सकिने अवस्था पनि थिएन । निकै समयको दौडधुप, मिहिनेत सक्रियताका कारण अन्तमा मानव अंग प्रत्यारोपण नियमावली २०७३ पारित भयो र कलेजो प्रत्यारोपण सम्पन्न पनि भयो । मन्त्री थापाको सक्रिय पहलमा मिति २०७३ साल मंसिर १६ गते नियमावली संसदबाट पारित भई त्यसको पर्सिपल्ट स्वास्थ्य मन्त्रालयबाट नियमावली सार्वजनिक भई लागू भए लगतै त्यसपछि मानव अंग प्रत्यारोपण केन्द्रमा ऐतिहासिक रूपमा कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको थियो । पूर्णरूपमा कलेजो काम नलाग्ने भई काटेर फाल्नुपर्ने अवस्थमा पुगेको बलराम नागीलाई उनकै दिदी सानुमैयाले आफ्नो कलेजो काटेर दिने साहसिक निर्णय गरेपछि उक्त शल्यक्रिया सम्भव भएको हो ।

ऐतिहासिक सफलता प्राप्त गरेको कलेजो प्रत्यारोपण कार्यलाई सफलता बनाउन दक्षिण कोरियाका विशेषज्ञ चिकित्सक Dr. Jaewon Joh / Dr. Choon Hyuk David Kwon सहितको ४ जना र नेपालका डा. पुकार चन्द्र श्रेष्ठसहतिको ९ जना चिकित्सक टोलीको निरन्तर १० घण्टाको कठीन परिश्रम परेको थियो । निक्कै मह“गो पर्ने उक्त प्रत्यारोपण नेपाल सरकार र मानव अंग प्रत्यारोपण केन्द्रले निशुल्क रूपमा गरेको थियो ।

विदेशमा गई कलेजो प्रत्यारोपण गर्दा १ देखि डेढ करोडसम्म खर्च लाग्ने गर्छ भने नेपालमै १० देखि १५ लाखसम्ममा गर्न सकिने डा. पुकार चन्द्र श्रेष्ठ बताउ“छन् । अब कलेजो प्रत्यारोपण गर्नुपर्ने भएका बिरामीका लागि न्यूनतम खर्चमा मानव अंग प्रत्यारोष्ण केन्द्र सेवा उपलब्ध गराउने उनी बताउँछन् । हालसम्म ३ वटा सफल प्रत्यारोपण कार्य सम्पन्न गरिसकेको केन्द्रले आवश्यकतालाई ध्यानमा राखेर सेवा विस्तारका लागि प्रयास गरिरहेको छ । कलेजो प्रत्यारोपण मात्र नभएर मृगौला प्रत्यारोपण पनि नेपालले अमेरिका, जापान, कोरिया वा भारतमा जस्तै गुणस्तरीय सेवा दिन सक्ने दावी डा. पुकार गर्छन ।